आज बाजि मार्ने दाउमा नेपाल,युएईविरूद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो
काठमाडाैं १४,भदाै । मलेसियामा जारी एसीसी एशिया कप छनोट क्रिकेटमा नेपालले आज आज युएईसँग प्रतिस्पर्धा गर्दैछ।
मलेसियाको किनरारा एकेडेमी ओभल मैदानमा टस जितेको नेपालले पहिले युएईलाई ब्याटिङको निम्तो दिएको छ। सवा सात बजेदेखि सुरू हुने खेलमा नेपालले जितको खोजी गर्नेछ।
पहिलो खेलमा सिंगापुरमाथि फराकिलो जित निकालेको युएईसँग पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएको नेपाल दवावमा छ ।
एसिया कपको छनोटलाई जिवीतै राख्न आज युएईलाई हराउनै पर्ने बाध्यता नेपाललाई छ। तर, युएईविरुद्ध नेपाललाई जित निकाल्न सहज हुनेछैन । पहिलो खेलमा सिंगापुरलाई २१५ रनले हराएको युएई उच्च मनोबलका साथ मैदान उत्रनेछ । यस्तै युएईका खेलाडीको उच्च लय नेपालको लागि घातक बन्न सक्छ ।

ओमानबिरुद्ध नेपालको मध्यक्रमले उत्कृष्ट ब्याटिङ गरेको थियो। जहाँ सागर पुनको ८३ रनको इनिङ उल्लेखनीय रह्यो। एक वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका सागरले पहिलो खेलमै शानदार प्रदर्शन गरेका हुन्। उनीबाहेक ज्ञानेन्द्र मल्ल र आरिफ शेखले पनि उत्कृष्ट खेले।
तर, हिजोको खेलमा नेपालको बलिङ प्रदर्शन सन्तोषजनक रहेन। नेपालको बलियो पक्ष मानिएको बलिङ नै लडखडाएपछि नेपालले सुरुआती हार व्यहोर्नुपरेको हो।
आजको खेलमा ब्याटिङ र बलिङको सन्तुलन मिलाउनु आवश्यक छ।
युएई नेपालका लागि चिर परिचित प्रतिद्वन्द्वी हो। पछिल्लो २० वर्षयता नेपाल र युएई १४ पटक आमने सामने भएका छन्।
जसमा १० पटक नेपाल पराजित भएको छ। ३ खेलमा मात्र विजयी हुँदा एक खेल बराबर भएको थियो। तर, नेपाल आज युएईविरुद्धको हारको यात्रा टुंग्याउन चाहन्छ।
यस्तै नेपाल र युएईबीचको खेल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतासहित हुनेछ।
नेपाल र युएईले आईसिसीको एकदिवसीय राष्ट्रको मान्यता पाएकाले दुई टोलीबीचको खेल एकदिवसीय मान्यता प्राप्त हुनेछ।
यस्तो छ नेपाल भर्सेस युएई
खेलः १४
- युएईको जितः १०
- नेपालको जितः ३
- बराबरी १
- सन् १९९८ (एसीसी ट्रफी) : युएई ९४ रनले विजयी
- सन् २००० (एसीसी ट्रफी) : युएई १ विकेटले विजयी
- सन् २००२ (एसीसी ट्रफी) : युएई ६ विकेटले विजयी (समूह चरण)
- सन् २००२ (एसीसी ट्रफी) : युएई ६ विकेटले विजयी (फाइनल)
- सन् २००६ (एसीसी ट्रफी) : युएई ९ विकेटले विजयी
- सन् २००८ (एसीसी एलिट ट्रफी) : युएई ६ विकेटले विजयी
- सन् २०१२ (एसीसी एलिट ट्रफी) : नेपाल ४ विकेटले विजयी (समूह चरण)
- सन् २०१२ (एसीसी एलिट ट्रफी) : फाइनल खेल बराबर (संयुक्त उपाधि)
- सन् २०१४ विश्वकप छनोट : युएई १०२ रनले विजयी
- सन् २०१४ एसीसी प्रिमियर लिग : नेपाल ४ विकेटले विजयी
- सन् २०१७ विश्व क्रिकेट लिग च्याम्पियनसिप : युएई ७ विकेटले विजयी
- सन् २०१७ विश्व क्रिकेट लिग च्याम्पियनसिप : युएई ६३ रनले विजयी
- सन् २०१८ विश्व क्रिकेट लिग डिभिजन-२ : नेपाल ४ विकेटले विजयी (समूह चरण)
- सन् २०१८ विश्व क्रिकेट लिग डिभिजन-२ : युएई ७ रनले विजयी (फाइनल)
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












