आज बाजि मार्ने दाउमा नेपाल,युएईविरूद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो
काठमाडाैं १४,भदाै । मलेसियामा जारी एसीसी एशिया कप छनोट क्रिकेटमा नेपालले आज आज युएईसँग प्रतिस्पर्धा गर्दैछ।
मलेसियाको किनरारा एकेडेमी ओभल मैदानमा टस जितेको नेपालले पहिले युएईलाई ब्याटिङको निम्तो दिएको छ। सवा सात बजेदेखि सुरू हुने खेलमा नेपालले जितको खोजी गर्नेछ।
पहिलो खेलमा सिंगापुरमाथि फराकिलो जित निकालेको युएईसँग पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएको नेपाल दवावमा छ ।
एसिया कपको छनोटलाई जिवीतै राख्न आज युएईलाई हराउनै पर्ने बाध्यता नेपाललाई छ। तर, युएईविरुद्ध नेपाललाई जित निकाल्न सहज हुनेछैन । पहिलो खेलमा सिंगापुरलाई २१५ रनले हराएको युएई उच्च मनोबलका साथ मैदान उत्रनेछ । यस्तै युएईका खेलाडीको उच्च लय नेपालको लागि घातक बन्न सक्छ ।

ओमानबिरुद्ध नेपालको मध्यक्रमले उत्कृष्ट ब्याटिङ गरेको थियो। जहाँ सागर पुनको ८३ रनको इनिङ उल्लेखनीय रह्यो। एक वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका सागरले पहिलो खेलमै शानदार प्रदर्शन गरेका हुन्। उनीबाहेक ज्ञानेन्द्र मल्ल र आरिफ शेखले पनि उत्कृष्ट खेले।
तर, हिजोको खेलमा नेपालको बलिङ प्रदर्शन सन्तोषजनक रहेन। नेपालको बलियो पक्ष मानिएको बलिङ नै लडखडाएपछि नेपालले सुरुआती हार व्यहोर्नुपरेको हो।
आजको खेलमा ब्याटिङ र बलिङको सन्तुलन मिलाउनु आवश्यक छ।
युएई नेपालका लागि चिर परिचित प्रतिद्वन्द्वी हो। पछिल्लो २० वर्षयता नेपाल र युएई १४ पटक आमने सामने भएका छन्।
जसमा १० पटक नेपाल पराजित भएको छ। ३ खेलमा मात्र विजयी हुँदा एक खेल बराबर भएको थियो। तर, नेपाल आज युएईविरुद्धको हारको यात्रा टुंग्याउन चाहन्छ।
यस्तै नेपाल र युएईबीचको खेल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतासहित हुनेछ।
नेपाल र युएईले आईसिसीको एकदिवसीय राष्ट्रको मान्यता पाएकाले दुई टोलीबीचको खेल एकदिवसीय मान्यता प्राप्त हुनेछ।
यस्तो छ नेपाल भर्सेस युएई
खेलः १४
- युएईको जितः १०
- नेपालको जितः ३
- बराबरी १
- सन् १९९८ (एसीसी ट्रफी) : युएई ९४ रनले विजयी
- सन् २००० (एसीसी ट्रफी) : युएई १ विकेटले विजयी
- सन् २००२ (एसीसी ट्रफी) : युएई ६ विकेटले विजयी (समूह चरण)
- सन् २००२ (एसीसी ट्रफी) : युएई ६ विकेटले विजयी (फाइनल)
- सन् २००६ (एसीसी ट्रफी) : युएई ९ विकेटले विजयी
- सन् २००८ (एसीसी एलिट ट्रफी) : युएई ६ विकेटले विजयी
- सन् २०१२ (एसीसी एलिट ट्रफी) : नेपाल ४ विकेटले विजयी (समूह चरण)
- सन् २०१२ (एसीसी एलिट ट्रफी) : फाइनल खेल बराबर (संयुक्त उपाधि)
- सन् २०१४ विश्वकप छनोट : युएई १०२ रनले विजयी
- सन् २०१४ एसीसी प्रिमियर लिग : नेपाल ४ विकेटले विजयी
- सन् २०१७ विश्व क्रिकेट लिग च्याम्पियनसिप : युएई ७ विकेटले विजयी
- सन् २०१७ विश्व क्रिकेट लिग च्याम्पियनसिप : युएई ६३ रनले विजयी
- सन् २०१८ विश्व क्रिकेट लिग डिभिजन-२ : नेपाल ४ विकेटले विजयी (समूह चरण)
- सन् २०१८ विश्व क्रिकेट लिग डिभिजन-२ : युएई ७ रनले विजयी (फाइनल)
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












