वार्षिक वित्तीय विवरण सार्वजनिक गर्न राष्ट्र बैंकको स्वीकृति चाहिने
काठमाडाैँ १५,भदाै । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई आफ्नो स्वीकृति लिएर मात्रै वार्षिक वित्तीय विवरण प्रकाशन गर्न निर्देशन दिएको छ । भुक्तानी सम्बन्धी कार्य गर्न राष्ट्र बैंकबाट अनुमति लिएका संस्थाहरुलाई चालु आर्थिक वर्षदेखि लागू हुने गरी यस्तो निर्देशन दिइएको हो ।
राष्ट्र बैंक ऐन, २०५८ को दफा १०३ मा भएको व्यवस्था अनुसार विभिन्न मापदण्ड पूरा गरेर पेश गर्नुपर्ने र स्वीकृति प्रदान भएपछि मात्रै वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने राष्ट्र बैंकले निर्देशन दिएको छ ।
भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक (बैंक तथा वित्तीय संस्थाहरु बाहेक) संघ/संस्थाहरुले सञ्चालक समितिबाट वार्षिक आर्थिक कारोबारको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ती गरी सोको जानकारी समेत अनिवार्य रुपमा आफूलाई दिनुपर्ने राष्ट्र बैंकले बताएको छ ।
यसैगरी आर्थिक वर्ष समाप्त भएको ४ महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्नसमेत राष्ट्र बैंकले निर्देशन दिएको छ । उक्त लेखापरीक्षण सञ्चालक समितिबाट निर्णय गरी १ महिनाभित्र राष्ट्र बैंकमा बुझाउनु पर्नेछ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












