वार्षिक वित्तीय विवरण सार्वजनिक गर्न राष्ट्र बैंकको स्वीकृति चाहिने
काठमाडाैँ १५,भदाै । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई आफ्नो स्वीकृति लिएर मात्रै वार्षिक वित्तीय विवरण प्रकाशन गर्न निर्देशन दिएको छ । भुक्तानी सम्बन्धी कार्य गर्न राष्ट्र बैंकबाट अनुमति लिएका संस्थाहरुलाई चालु आर्थिक वर्षदेखि लागू हुने गरी यस्तो निर्देशन दिइएको हो ।
राष्ट्र बैंक ऐन, २०५८ को दफा १०३ मा भएको व्यवस्था अनुसार विभिन्न मापदण्ड पूरा गरेर पेश गर्नुपर्ने र स्वीकृति प्रदान भएपछि मात्रै वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने राष्ट्र बैंकले निर्देशन दिएको छ ।
भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायक (बैंक तथा वित्तीय संस्थाहरु बाहेक) संघ/संस्थाहरुले सञ्चालक समितिबाट वार्षिक आर्थिक कारोबारको लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ती गरी सोको जानकारी समेत अनिवार्य रुपमा आफूलाई दिनुपर्ने राष्ट्र बैंकले बताएको छ ।
यसैगरी आर्थिक वर्ष समाप्त भएको ४ महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्नसमेत राष्ट्र बैंकले निर्देशन दिएको छ । उक्त लेखापरीक्षण सञ्चालक समितिबाट निर्णय गरी १ महिनाभित्र राष्ट्र बैंकमा बुझाउनु पर्नेछ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












