महासमितिमा देउवाको रणनीति– गच्छदारलाई देखाएर बार्गेनिङ !
काठमाडाैँ १६,भदाै। नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी मंसिरमा बोलाइएको पार्टीको महासमिति बैठकलाई आफू अनुकुल उपयोग गर्ने रणनीति बनाएको छ । तर नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला भने देउवाको त्यो रणनीति रोक्ने अर्कै रणनीतिमा लागेका छन् ।
आशन्न १४ औं महाधिवेशनमा आफ्नो पकड बलियो बनाउनकै लागि संस्थापन पक्षले भदौका लागि तय गरिएको महासमिति बैठकलाई मंसिरसम्मका पछाडि धकेलेको पौडेल र सिटौला पक्षको आरोप छ ।
त्यसले देउवा नै झनै कमजोर हुने आकलन उनीहरुको छ ।
गत असार पहिलो साता मकवानपुरको हेटौँडामा आयोजित जिल्ला सभापतिहरुको भेलाका क्रममा सभापति शेरबहादुर देउवाका विश्वाश पात्र मानिने एक केन्द्रीय सदस्यले भनेका थिए, ‘‘चुनावपछि उठेका आवाजहरुलाई मत्थर पार्न महासमिति बैठक र महाधिवेशनलाई जति सक्दो पछाडि धकेल्ने, त्यो बीचमा आवश्यक गृहकार्य गर्ने र फेरि पनि चुनाव जित्ने नै हाम्रो रणनीति हो ।’’
पटक–पटक विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका ती केन्द्रीय सदस्यले हेटौंडामा भनेको रणनीतिलाई सभापति देउवाका पछिल्ला क्रियाकलापले थप पुष्टि गर्दै गएको छ । गत वैशाख १६ गते सम्पन्न केन्द्रीय समितिको चुनावी समीक्षा बैठकले भदौ महिनाभित्रै महासमिति बैठक बोलाएर पार्टीको विधान परिवर्तन गरेर पार्टीको संगठनलाई संघीय संरचनाअनुरुप बिस्तार गर्ने निर्णय गरेको थियो ।
तर सभापति देउवाले विधान संशोधनका लागि आवश्यक समिति भदौ ७ गतेमात्रै गठन गरेका थिए । संस्थापन इतर पक्षले महासमिति बैठक पछाडि धकेल्नकै लागि सभापति देउवाले मस्यौदा समिति गठनमा ढिलाई गरेको त्यसअघि नै दाबी गर्दै आएको थियो ।
सभापति देउवाले महासमिति बैठकबाट पदाधिकारी र संरचनाहरुको संख्या बढाएर १४ औं महाधिवेशन आफू अनुकुल बनाउने चाहना राखेका छन् । जसका लागि उनले नेपाल लोकतान्त्रिक फोरमलाई विलय गराएर कांग्रेसमा फर्किएका नेता विजयकुमार गच्छदारलाई उपयोग गर्ने रणनीति बनाएका छन् ।
पार्टीमा पदाधिकारी र सदस्यहरु मनोनित गर्न बाँकी रहेका बेला गच्छदारका बारेमा कुनै कुरा नउठाएका सभापति देउवाको उक्त रणनीतिलाई पछिल्लो समयमा पार्टीभित्र गच्छदारको समूहलाई व्यवस्थापनका लागि उठाइरहेको कुराबाट सहजै अनुमान लगाउन सकिने एक केन्द्रीय सदस्यको भनाई छ ।
सभापति देउवाले गच्छदार र उनको समूहलाई व्यवस्थापन गर्नका लागि पदाधिकारीको संख्या थप गरेर आफू झनै बलियो बन्न चाहेको ती केन्द्रीय सदस्यको आरोप छ ।
‘‘गच्छदार आउँदा पार्टीमा पदाधिकारी मनोनित नै भएको थिएन । केन्द्रीय कार्यसमितिमा ७–८ जना सदस्य पद खाली थियो । यदि गच्छदारलाई राम्रो हैसियत दिन खोज्नुभएको हो भने उहाँले पदाधिकारी मनोनित हुन बाँकी रहेकै बेला एउटा हैसियत दिनुहुन्थ्यो,’’ एकजना केन्द्रीय सदस्यले भने ।
सभापति देउवाले आफूले मनोनित गर्ने सिट बाँकी रहँदासम्म गच्छदारलाई पार्टीमा ल्याउने कुराको कुनै चर्चा नगरेको र आफूले मनोनित गर्ने सबै पदहरु सकिएपछि उनको व्यवस्थापनका लागि अन्य नेताहरुलाई सोध्नुका पछाडि संस्थापन पक्षको स्वार्थ लुकेको उनको दाबी छ ।
‘‘गच्छदारलाई पार्टीमा राम्रो हैसियत दिनका लागि सबै नेताहरुले बाधा अड्काउ फुकाईदिन तयार हुने अवस्था थियो । तर पदाधिकारी मनोनयन बाँकी हुँदासम्म सभापतिले कुनै चासो देखाउनुभएन,’’ ती नेताले भने, ‘‘मनोनयन गर्ने सिटहरु सकिएपछि अहिले आएर गच्छदारलाई के गर्ने भनेर सोधिरहनुभएको छ । त्यो उहाँले गच्छदारलाई माया गरेर भनेको होइन् । उहाँलाई ल्याउने नाममा पद बढाउने स्थिति निर्माण गरेर, आफ्ना मान्छेहरुलाई त्यसमा व्यवस्थापन गर्न खोज्नुभएको छ ।’’
गच्छदारलाई देखाएर पदाधिकारीको संख्या बढाउन सकेमा आगामी महाधिवेशनमा आफूलाई सहज हुने अनुमान देउवाको छ ।
सभापति देउवाले मंसिर ५ गतेबाट बोलाइएको महासमितिको बैठकमा गच्छदारलाई देखाएर केन्द्रीय समितिमा पदाधिकारी र सदस्यको संख्या बढाउने प्रस्ताव पास गर्न चाहेका छन् । उनले पार्टीभित्र रहेका साना–साना ‘पावर सेन्टर’ हरु आफूसँग जोडिराख्ने र १४ औं महाधिवेशनमा उठेर फेरि जित्ने चाहना राखेका छन् ।
‘‘देउवाले आफू निकटका कसैलाई पनि विद्रोह गर्न नदिने, आफूसँग इन्ट्क्याट राख्ने, सकेसम्म अर्को समूहका मान्छेहरु ल्याएर आफूसँग जोडेर अझ थप बलियो हुने प्रयास गरिरहनुभएको छ,’’ एक केन्द्रीय सदस्यले भने । संस्थापन पक्षले थप तयारीका लागि महासमिति बैठक पछाडि धकेलेपनि संस्थापनइतर समूहभित्र महासमिति लम्बिँदा आफूहरुलाई नै फाइदा पुगेको चर्चा चलेको छ ।
‘‘महासमिति लम्ब्याएर देउवालाई नै बेफाइदा भएको छ । भदौ मसान्तमा गरेको भए हतार–हतारमा लटर–पटर भैहाल्थ्यो । अब उहाँले महासमिति समयमा गरेन भन्ने त भयो नै । त्यो भएपछि उहाँलाई नै घाटा लाग्ने हो,’’ निर्वाचन लगत्तै युवाहरुको समूह बनाएर देउवाविरुद्ध मोर्चाबन्दीमा लगेका एक केन्द्रीय सदस्यले भने ।
सभापति देउवा १४ औं महाधिवेशन निर्धारित समयमा नगरेर एक वर्ष म्याद थप्ने मनस्थितिमा रहेको दाबी गर्दै ती केन्द्रीय सदस्यले म्याद थप्दा देउवा नै थप कमजोर हुने जिकिर गरे ।
‘‘यो दुई–साढे दुईवर्षमा देशमा धेरै कुरा बिग्रनेवाला छ, कांग्रेसको धेरै कुरा बिग्रनेवाला छ,’’ उनले भने,“त्यसैले अहिलेको नेतृत्वबाट पार्टी अघि बढ्नै सक्दैन । अर्लि महाधिवेशन हुन सकेन भने पनि नियमित महाधिवेशन गरेर नेतृत्व परिवर्तन नगरेसम्म कांग्रेस अघि बढ्ने देखिँदैन ।”
यसैबीच कांग्रेसको विधान मस्यौदा संशोधन समितिले असोज १५ गतेसम्म ड्राफ्ट तयार गर्नेगरी काम अघि बढाएको समितिले जनाएको छ । समितिको बैठक आज पनि १ बजे बोलाइएको छ । “उपसमिति बनाएर संशोधनका विषयहरुको विभाजन गरेर मस्यौदाको ड्राफ्ट हुन्छ,” समितिका सदस्य सचिव केशव रिजालले भने, “त्यो ड्राफ्ट समितिको पूर्ण बैठकमा पेस हुन्छ र थप छलफल गर्छौं ।” उनका अनुसार समितिको बैठकमा विधान संशोधनका मुलभूत सिद्धान्तहरुका बारेमा छलफल भइसकेको छ ।
Comments
अरु समाचार
-
नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलको आपत्ति, रेकर्डबाट हटाउन माग
काठमाडौं । सांसदहरूले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को एक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् । आइतबार (जेठ १७) प्रतिनिधिसभा...
-
३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुने अपेक्षा नगर्नुहोस् : प्रधानमन्त्री शाह
काठमाडौं: प्रधानमन्त्री बालेन शाहले काठमाडौंका नदी किनारका उच्च जोखिमयुक्त बस्तीहरूलाई शहरी सुरक्षा उपायअन्तर्गत स्थानान्तरण गरिएको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा...
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...












