महासमितिमा देउवाको रणनीति– गच्छदारलाई देखाएर बार्गेनिङ !
काठमाडाैँ १६,भदाै। नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी मंसिरमा बोलाइएको पार्टीको महासमिति बैठकलाई आफू अनुकुल उपयोग गर्ने रणनीति बनाएको छ । तर नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला भने देउवाको त्यो रणनीति रोक्ने अर्कै रणनीतिमा लागेका छन् ।
आशन्न १४ औं महाधिवेशनमा आफ्नो पकड बलियो बनाउनकै लागि संस्थापन पक्षले भदौका लागि तय गरिएको महासमिति बैठकलाई मंसिरसम्मका पछाडि धकेलेको पौडेल र सिटौला पक्षको आरोप छ ।
त्यसले देउवा नै झनै कमजोर हुने आकलन उनीहरुको छ ।
गत असार पहिलो साता मकवानपुरको हेटौँडामा आयोजित जिल्ला सभापतिहरुको भेलाका क्रममा सभापति शेरबहादुर देउवाका विश्वाश पात्र मानिने एक केन्द्रीय सदस्यले भनेका थिए, ‘‘चुनावपछि उठेका आवाजहरुलाई मत्थर पार्न महासमिति बैठक र महाधिवेशनलाई जति सक्दो पछाडि धकेल्ने, त्यो बीचमा आवश्यक गृहकार्य गर्ने र फेरि पनि चुनाव जित्ने नै हाम्रो रणनीति हो ।’’
पटक–पटक विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालेका ती केन्द्रीय सदस्यले हेटौंडामा भनेको रणनीतिलाई सभापति देउवाका पछिल्ला क्रियाकलापले थप पुष्टि गर्दै गएको छ । गत वैशाख १६ गते सम्पन्न केन्द्रीय समितिको चुनावी समीक्षा बैठकले भदौ महिनाभित्रै महासमिति बैठक बोलाएर पार्टीको विधान परिवर्तन गरेर पार्टीको संगठनलाई संघीय संरचनाअनुरुप बिस्तार गर्ने निर्णय गरेको थियो ।
तर सभापति देउवाले विधान संशोधनका लागि आवश्यक समिति भदौ ७ गतेमात्रै गठन गरेका थिए । संस्थापन इतर पक्षले महासमिति बैठक पछाडि धकेल्नकै लागि सभापति देउवाले मस्यौदा समिति गठनमा ढिलाई गरेको त्यसअघि नै दाबी गर्दै आएको थियो ।
सभापति देउवाले महासमिति बैठकबाट पदाधिकारी र संरचनाहरुको संख्या बढाएर १४ औं महाधिवेशन आफू अनुकुल बनाउने चाहना राखेका छन् । जसका लागि उनले नेपाल लोकतान्त्रिक फोरमलाई विलय गराएर कांग्रेसमा फर्किएका नेता विजयकुमार गच्छदारलाई उपयोग गर्ने रणनीति बनाएका छन् ।
पार्टीमा पदाधिकारी र सदस्यहरु मनोनित गर्न बाँकी रहेका बेला गच्छदारका बारेमा कुनै कुरा नउठाएका सभापति देउवाको उक्त रणनीतिलाई पछिल्लो समयमा पार्टीभित्र गच्छदारको समूहलाई व्यवस्थापनका लागि उठाइरहेको कुराबाट सहजै अनुमान लगाउन सकिने एक केन्द्रीय सदस्यको भनाई छ ।
सभापति देउवाले गच्छदार र उनको समूहलाई व्यवस्थापन गर्नका लागि पदाधिकारीको संख्या थप गरेर आफू झनै बलियो बन्न चाहेको ती केन्द्रीय सदस्यको आरोप छ ।
‘‘गच्छदार आउँदा पार्टीमा पदाधिकारी मनोनित नै भएको थिएन । केन्द्रीय कार्यसमितिमा ७–८ जना सदस्य पद खाली थियो । यदि गच्छदारलाई राम्रो हैसियत दिन खोज्नुभएको हो भने उहाँले पदाधिकारी मनोनित हुन बाँकी रहेकै बेला एउटा हैसियत दिनुहुन्थ्यो,’’ एकजना केन्द्रीय सदस्यले भने ।
सभापति देउवाले आफूले मनोनित गर्ने सिट बाँकी रहँदासम्म गच्छदारलाई पार्टीमा ल्याउने कुराको कुनै चर्चा नगरेको र आफूले मनोनित गर्ने सबै पदहरु सकिएपछि उनको व्यवस्थापनका लागि अन्य नेताहरुलाई सोध्नुका पछाडि संस्थापन पक्षको स्वार्थ लुकेको उनको दाबी छ ।
‘‘गच्छदारलाई पार्टीमा राम्रो हैसियत दिनका लागि सबै नेताहरुले बाधा अड्काउ फुकाईदिन तयार हुने अवस्था थियो । तर पदाधिकारी मनोनयन बाँकी हुँदासम्म सभापतिले कुनै चासो देखाउनुभएन,’’ ती नेताले भने, ‘‘मनोनयन गर्ने सिटहरु सकिएपछि अहिले आएर गच्छदारलाई के गर्ने भनेर सोधिरहनुभएको छ । त्यो उहाँले गच्छदारलाई माया गरेर भनेको होइन् । उहाँलाई ल्याउने नाममा पद बढाउने स्थिति निर्माण गरेर, आफ्ना मान्छेहरुलाई त्यसमा व्यवस्थापन गर्न खोज्नुभएको छ ।’’
गच्छदारलाई देखाएर पदाधिकारीको संख्या बढाउन सकेमा आगामी महाधिवेशनमा आफूलाई सहज हुने अनुमान देउवाको छ ।
सभापति देउवाले मंसिर ५ गतेबाट बोलाइएको महासमितिको बैठकमा गच्छदारलाई देखाएर केन्द्रीय समितिमा पदाधिकारी र सदस्यको संख्या बढाउने प्रस्ताव पास गर्न चाहेका छन् । उनले पार्टीभित्र रहेका साना–साना ‘पावर सेन्टर’ हरु आफूसँग जोडिराख्ने र १४ औं महाधिवेशनमा उठेर फेरि जित्ने चाहना राखेका छन् ।
‘‘देउवाले आफू निकटका कसैलाई पनि विद्रोह गर्न नदिने, आफूसँग इन्ट्क्याट राख्ने, सकेसम्म अर्को समूहका मान्छेहरु ल्याएर आफूसँग जोडेर अझ थप बलियो हुने प्रयास गरिरहनुभएको छ,’’ एक केन्द्रीय सदस्यले भने । संस्थापन पक्षले थप तयारीका लागि महासमिति बैठक पछाडि धकेलेपनि संस्थापनइतर समूहभित्र महासमिति लम्बिँदा आफूहरुलाई नै फाइदा पुगेको चर्चा चलेको छ ।
‘‘महासमिति लम्ब्याएर देउवालाई नै बेफाइदा भएको छ । भदौ मसान्तमा गरेको भए हतार–हतारमा लटर–पटर भैहाल्थ्यो । अब उहाँले महासमिति समयमा गरेन भन्ने त भयो नै । त्यो भएपछि उहाँलाई नै घाटा लाग्ने हो,’’ निर्वाचन लगत्तै युवाहरुको समूह बनाएर देउवाविरुद्ध मोर्चाबन्दीमा लगेका एक केन्द्रीय सदस्यले भने ।
सभापति देउवा १४ औं महाधिवेशन निर्धारित समयमा नगरेर एक वर्ष म्याद थप्ने मनस्थितिमा रहेको दाबी गर्दै ती केन्द्रीय सदस्यले म्याद थप्दा देउवा नै थप कमजोर हुने जिकिर गरे ।
‘‘यो दुई–साढे दुईवर्षमा देशमा धेरै कुरा बिग्रनेवाला छ, कांग्रेसको धेरै कुरा बिग्रनेवाला छ,’’ उनले भने,“त्यसैले अहिलेको नेतृत्वबाट पार्टी अघि बढ्नै सक्दैन । अर्लि महाधिवेशन हुन सकेन भने पनि नियमित महाधिवेशन गरेर नेतृत्व परिवर्तन नगरेसम्म कांग्रेस अघि बढ्ने देखिँदैन ।”
यसैबीच कांग्रेसको विधान मस्यौदा संशोधन समितिले असोज १५ गतेसम्म ड्राफ्ट तयार गर्नेगरी काम अघि बढाएको समितिले जनाएको छ । समितिको बैठक आज पनि १ बजे बोलाइएको छ । “उपसमिति बनाएर संशोधनका विषयहरुको विभाजन गरेर मस्यौदाको ड्राफ्ट हुन्छ,” समितिका सदस्य सचिव केशव रिजालले भने, “त्यो ड्राफ्ट समितिको पूर्ण बैठकमा पेस हुन्छ र थप छलफल गर्छौं ।” उनका अनुसार समितिको बैठकमा विधान संशोधनका मुलभूत सिद्धान्तहरुका बारेमा छलफल भइसकेको छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












