मुलुक बाहिर बसेर बुन्दैन् विप्लवले रणनिति, भारतीय कम्युनिष्ठ पार्टिद्वारा विप्लवका सेनालाई तालिम दिदै गरेको खुलासा……..
काठमाडाैँ २१,भदाै । नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्वको नेकपाले ग्रामिण भेगका विभिन्न क्षेत्रमा प्रतिरोध कार्यक्रम चलाउने भन्दै सरकारका विरुद्ध निर्णायक युद्ध छेड्ने तयारी थालेको नेकपा उच्च स्रोतले जनाएको छ ।
पार्टीका कार्यकर्ता तथा उच्च तहका नेताहरु सरकारले धमाधम समात्न थालेदेखि विप्लवले, युद्धको रणनीति र योजना मुलुक बाहिर बसेर बनाइरहेको स्रोतले जनाएको छ । सरकार चरम फासिवादी चरित्रले भरिपूर्ण बन्दै गएको र जनताको शीर ठाडो नहुने गरि अवैज्ञानिक करको दायरा बढाएर पार्टी पंक्ति र आफ्ना एजेन्डालाई मलजल पुगेको भन्दै जनतालाई यसको बारेमा सुचना दिन थालिएको खवर छ ।
अहिले सरकारले विप्लवले सैन्य संरचनाको विकास गर्न लागेको शंका गर्दै समातेका नेताहरु कहिले छुट्छन भन्ने कुरा यकिन नभएपनि जनताले एकपटक बलिदान गर्नु पर्ने बताउदै आएका विप्लवले अन्तराष्ट्रिय तयारी स्वरुप विदेशी शक्तिलाई सहयोगको गोप्य अपिल समेत पठाइसकेका छन् ।
विप्लवले नेपालका केहि जिल्लामा सैन्य तालिम दिएर अहिलेको युग सुहाउदो तालिम लिनका लागि भारतीय कम्युनिष्ट पार्टीको सम्पर्कमा केहि सेनाका कमाण्डरलाई त्यसतर्फ पठाइसकेका छन् ।
चन्दा अशुली गरेको भन्ने सरकारका केहि मन्त्री समेत नियमित चन्दा दाता रहेको स्रोतले जनाएको छ । सरकारका कर्मचारी, सेना प्रहरीका उच्च पदस्थहरुे समेत विप्लवलाई आर्थीक सहयोग गरेको नेकपाका एक नेताले जनाए ।
सरकार तपाईहरु प्रति कठोर बन्दै गएको छ । के गर्नुहुन्छ भन्ने नेपालपानाको जिज्ञासामा ती नेताले भने सरकारको रवैयाले नयाँ युगको नयाँ क्रन्तिको विकल्प छैन भन्नेमा पार्टी पंक्ति पुगेको छ । हेरम केहि समयमै यसको नतिजा बाहिर आउला ।
ती नेताका अनुसार नेपालमा हिंसा भड्किने कुरालाई नकार्न सकिन्न तर सरकारको तयारी र रणनीतिले भने केहि काम गर्ला की । त्यो भने आशाको कुरा हो ।
सरकारको काम कारवाहीबाट आजित जनताको मनोविज्ञान बुझ्दै गएर निर्णायक क्रान्ति छेड्ने बताउने ती नेताका अनुसार क्रान्तिको मोडालिटि भने खुलाउन चाहेनन् । समयले सिकाउदै जाने कुरा हो । जनताको आवाजलाई दवाउन खोज्दा राणा, राजाको हालत देखेकै कुरा हो भनेर सांकेतिक प्रहार मात्र गरे ।
केहि नेपाली संचार माध्यमले विप्लव भारतमा लुकेर बसेको भने पनि उनी भारतमा नरहेको पुष्ठि भएको छ । नेकपाका नेताका अनुसार विप्लवको वसाइ स्वदेश तथा विदेशमा त्यत्तिकै हुने गरेपनि भारतीय भुमिको प्रयोगमा पार्टी सचेत रहेको जनाए । उनले हाम्रा छिमेकी र हाम्रो विचारलाई समर्थन गर्ने अरुपनि मुलुक छन् । अहिले यत्ति हो महासचिव कमरेड भारतमा हुनुहुन्न । उनले भने ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












