मुलुक बाहिर बसेर बुन्दैन् विप्लवले रणनिति, भारतीय कम्युनिष्ठ पार्टिद्वारा विप्लवका सेनालाई तालिम दिदै गरेको खुलासा……..
काठमाडाैँ २१,भदाै । नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्वको नेकपाले ग्रामिण भेगका विभिन्न क्षेत्रमा प्रतिरोध कार्यक्रम चलाउने भन्दै सरकारका विरुद्ध निर्णायक युद्ध छेड्ने तयारी थालेको नेकपा उच्च स्रोतले जनाएको छ ।
पार्टीका कार्यकर्ता तथा उच्च तहका नेताहरु सरकारले धमाधम समात्न थालेदेखि विप्लवले, युद्धको रणनीति र योजना मुलुक बाहिर बसेर बनाइरहेको स्रोतले जनाएको छ । सरकार चरम फासिवादी चरित्रले भरिपूर्ण बन्दै गएको र जनताको शीर ठाडो नहुने गरि अवैज्ञानिक करको दायरा बढाएर पार्टी पंक्ति र आफ्ना एजेन्डालाई मलजल पुगेको भन्दै जनतालाई यसको बारेमा सुचना दिन थालिएको खवर छ ।
अहिले सरकारले विप्लवले सैन्य संरचनाको विकास गर्न लागेको शंका गर्दै समातेका नेताहरु कहिले छुट्छन भन्ने कुरा यकिन नभएपनि जनताले एकपटक बलिदान गर्नु पर्ने बताउदै आएका विप्लवले अन्तराष्ट्रिय तयारी स्वरुप विदेशी शक्तिलाई सहयोगको गोप्य अपिल समेत पठाइसकेका छन् ।
विप्लवले नेपालका केहि जिल्लामा सैन्य तालिम दिएर अहिलेको युग सुहाउदो तालिम लिनका लागि भारतीय कम्युनिष्ट पार्टीको सम्पर्कमा केहि सेनाका कमाण्डरलाई त्यसतर्फ पठाइसकेका छन् ।
चन्दा अशुली गरेको भन्ने सरकारका केहि मन्त्री समेत नियमित चन्दा दाता रहेको स्रोतले जनाएको छ । सरकारका कर्मचारी, सेना प्रहरीका उच्च पदस्थहरुे समेत विप्लवलाई आर्थीक सहयोग गरेको नेकपाका एक नेताले जनाए ।
सरकार तपाईहरु प्रति कठोर बन्दै गएको छ । के गर्नुहुन्छ भन्ने नेपालपानाको जिज्ञासामा ती नेताले भने सरकारको रवैयाले नयाँ युगको नयाँ क्रन्तिको विकल्प छैन भन्नेमा पार्टी पंक्ति पुगेको छ । हेरम केहि समयमै यसको नतिजा बाहिर आउला ।
ती नेताका अनुसार नेपालमा हिंसा भड्किने कुरालाई नकार्न सकिन्न तर सरकारको तयारी र रणनीतिले भने केहि काम गर्ला की । त्यो भने आशाको कुरा हो ।
सरकारको काम कारवाहीबाट आजित जनताको मनोविज्ञान बुझ्दै गएर निर्णायक क्रान्ति छेड्ने बताउने ती नेताका अनुसार क्रान्तिको मोडालिटि भने खुलाउन चाहेनन् । समयले सिकाउदै जाने कुरा हो । जनताको आवाजलाई दवाउन खोज्दा राणा, राजाको हालत देखेकै कुरा हो भनेर सांकेतिक प्रहार मात्र गरे ।
केहि नेपाली संचार माध्यमले विप्लव भारतमा लुकेर बसेको भने पनि उनी भारतमा नरहेको पुष्ठि भएको छ । नेकपाका नेताका अनुसार विप्लवको वसाइ स्वदेश तथा विदेशमा त्यत्तिकै हुने गरेपनि भारतीय भुमिको प्रयोगमा पार्टी सचेत रहेको जनाए । उनले हाम्रा छिमेकी र हाम्रो विचारलाई समर्थन गर्ने अरुपनि मुलुक छन् । अहिले यत्ति हो महासचिव कमरेड भारतमा हुनुहुन्न । उनले भने ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












