सहुलियत पसल असोज दोस्रो सातादेखि
काठमाडाैँ २६भदाैँ । सरकारले दशैंलाई लक्षित गरेर गरेर असोज दोस्रो सातादेखि सहुलियत पसल सञ्चालन गर्ने तयारी गरेको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि असोज दोस्रो सातादेखि दशैं बजार सञ्चालन गर्ने तयारी गरिएको हो ।
नेपालीको महान चाडपर्वका रुपमा रहेका दशैं, तिहार र छठलाई लक्षित गरेर सहुलियत पसल सञ्चालन गर्न लागिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ्ग कर्पाेरेशन र दुग्ध विकास संस्थानमार्फत् सहुलियत पसल सञ्चालन गर्न लागेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टले उपभोक्तालाई राहत दिनका लागि असोज दोस्रो सातादेखि सहुलियत पसल सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए ।
“चाडपर्वमा वस्तु तथा सेवाको खपत धेरै हुने भएकाले पनि उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गर्न लागिएको छ,” उनले भने, “यो वर्ष सहुलियत पसल अर्थपूर्ण र प्रभावकारी हुने गरि सञ्चालन गरिने छ ।” सहुलियत पसलमा उपभोक्ताको गुनासो नआउने गरी बजारमा हुने कालाबजारी र कृत्रिम अभाव नियन्त्रण हुने गरी सुपथ पसल सञ्चालन गरिने उनको भनाइ छ ।
कुन वस्तुमा कति छुट दिने र कति गतेदेखि सञ्चालन गर्ने भनेर मंगलबार बस्ने सरोकारवाला निकायको बैठकले निर्णय गर्ने छ । विभिन्न संस्थानमार्फत् उपत्यकासँगै उपत्यका बाहिर सहुलियत पसल सञ्चालन गर्ने तयारी गरिएको छ । साथै सहकारीमार्फत् समेत सुपथ पसल सञ्चालन गरिने छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि यो वर्ष सरकारले बजेटमै रकमको व्यवस्था गरेको छ । सहुलियत पसलमार्फत् चिनी, नुन, घिउ, चामल, गेडागुडीसँगै अन्य खाद्यान्नमा छुट दिइने छ ।
खाद्य संस्थानले सिमी, फापर र बासमति चामलमा प्रतिकेजी १० रुपैयाँ छुट दिनका लागि प्रस्ताव गरेको छ । यस्तै जिरा, सोना, मकवानपुर चामलमा प्रतिकेजी पाँच रुपैयाँ छुट दिने प्रस्ताव गरेको छ । यस्तै साल्ट ट्रेडिङ्ग कर्पाेरेशनले चिनी प्रतिकेजीमा पाँच रुपैयाँ र अन्य खाद्यान्नमा आवश्यकताअनुसार छुट दिनका लागि प्रस्ताव गरेको छ । चाडपर्वको समयमा बजारमा वस्तु तथा सेवाको खरिद बिक्री बढी भई निजी व्यवसायीले कालोबजारी गर्न सक्ने हुँदा त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले प्रत्येक वर्ष दशैं, तिहार र छठलाई लक्षित गरेर सहुलियत पसल सञ्चालन गर्दै आएको छ ।
Comments
अरु समाचार
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











