सहुलियत पसल असोज दोस्रो सातादेखि
काठमाडाैँ २६भदाैँ । सरकारले दशैंलाई लक्षित गरेर गरेर असोज दोस्रो सातादेखि सहुलियत पसल सञ्चालन गर्ने तयारी गरेको छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि असोज दोस्रो सातादेखि दशैं बजार सञ्चालन गर्ने तयारी गरिएको हो ।
नेपालीको महान चाडपर्वका रुपमा रहेका दशैं, तिहार र छठलाई लक्षित गरेर सहुलियत पसल सञ्चालन गर्न लागिएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ्ग कर्पाेरेशन र दुग्ध विकास संस्थानमार्फत् सहुलियत पसल सञ्चालन गर्न लागेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टले उपभोक्तालाई राहत दिनका लागि असोज दोस्रो सातादेखि सहुलियत पसल सञ्चालन गर्ने तयारी गरिएको जानकारी दिए ।
“चाडपर्वमा वस्तु तथा सेवाको खपत धेरै हुने भएकाले पनि उपभोक्तालाई राहत दिन सुपथ पसल सञ्चालन गर्न लागिएको छ,” उनले भने, “यो वर्ष सहुलियत पसल अर्थपूर्ण र प्रभावकारी हुने गरि सञ्चालन गरिने छ ।” सहुलियत पसलमा उपभोक्ताको गुनासो नआउने गरी बजारमा हुने कालाबजारी र कृत्रिम अभाव नियन्त्रण हुने गरी सुपथ पसल सञ्चालन गरिने उनको भनाइ छ ।
कुन वस्तुमा कति छुट दिने र कति गतेदेखि सञ्चालन गर्ने भनेर मंगलबार बस्ने सरोकारवाला निकायको बैठकले निर्णय गर्ने छ । विभिन्न संस्थानमार्फत् उपत्यकासँगै उपत्यका बाहिर सहुलियत पसल सञ्चालन गर्ने तयारी गरिएको छ । साथै सहकारीमार्फत् समेत सुपथ पसल सञ्चालन गरिने छ । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि यो वर्ष सरकारले बजेटमै रकमको व्यवस्था गरेको छ । सहुलियत पसलमार्फत् चिनी, नुन, घिउ, चामल, गेडागुडीसँगै अन्य खाद्यान्नमा छुट दिइने छ ।
खाद्य संस्थानले सिमी, फापर र बासमति चामलमा प्रतिकेजी १० रुपैयाँ छुट दिनका लागि प्रस्ताव गरेको छ । यस्तै जिरा, सोना, मकवानपुर चामलमा प्रतिकेजी पाँच रुपैयाँ छुट दिने प्रस्ताव गरेको छ । यस्तै साल्ट ट्रेडिङ्ग कर्पाेरेशनले चिनी प्रतिकेजीमा पाँच रुपैयाँ र अन्य खाद्यान्नमा आवश्यकताअनुसार छुट दिनका लागि प्रस्ताव गरेको छ । चाडपर्वको समयमा बजारमा वस्तु तथा सेवाको खरिद बिक्री बढी भई निजी व्यवसायीले कालोबजारी गर्न सक्ने हुँदा त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले प्रत्येक वर्ष दशैं, तिहार र छठलाई लक्षित गरेर सहुलियत पसल सञ्चालन गर्दै आएको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












