निजगढ विमानस्थलको ग्लोबल टेन्डर ४ महिनामा
काठमाडाैँ २९,भदाै । सरकारले प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि आशयपत्र आह्वानको तयारी गर्ने जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई दिएको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्न लागिएको उक्त विमानस्थलका लागि दुई साताभित्रै आवश्यक आशयपत्र तयार गर्न प्राधिकरणलाई जिम्मेवारी दिइएको हो । प्राधिकरणबाट शर्तसहितको आवश्यक आह्वानपत्र तयार गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले टेन्डर प्रक्रिया थाल्ने भएको छ ।
मन्त्रालयले ग्लोबल टेन्डरमार्फत आशयपत्र माग्नका लागि प्राधिकरणमा पत्र पठाएको हो । “आशयपत्र माग्ने काम अबको ४ महिनाभित्र सम्पन्न गर्दै निर्माण प्रक्रिया अगाडि बढाउने तयारी गरेका छौ,” संस्कृति ,पर्र्यटन तथा नागरिक उडुडयन मन्त्री रवीन्द्र अधिकारीले भने ।
सरकारले दुई साता अघिमात्रै मोडालिटी टुंग्याउँदै आशयपत्र माग्ने निर्णय गरेको थियो । जसमा अर्थ मन्त्रालय, योजना आयोग र लगानीबोर्डसमेतले सहमति दिइसकेका छन् । आशयपत्र माग्ने निर्णयसँगै आधा दर्जनभन्दा बढी मुलुकका कम्पनीहरूले चासो दिएकोले निजगढ विमानस्थल निर्माणले गति लिने मन्त्री अधिकारीले दावी गरे ।
२ लाख रुखमात्र काटिने
निजगढ विमानस्थलका लागि बारामा १ लाख ९५ हजार मात्रै रुख काट्ने योजना छ । अहिले प्रचार गरिएजस्तो २४ लाख रुख काट्ने कुनै योजना नभएको मन्त्री अधिकारीले स्पष्ट पारेका छन् । “आवश्यकताबमोजिम रुख काटिने हो र काटिएपछि रोप्ने विषयमा समेत छलफल भइरहेको छ,” मन्त्री अधिकारीले भने । एसियाकै हव विमानस्थलको रुपमा निर्माण गर्न लागिएको विमानस्थल १ हजार ८ सय हेक्टरमा फैलने छ । “८ हजार हेक्टर भनेको विमानस्थलको एरिया हो, १ हजार ८ सय हेक्टरको मात्रै रुख काटिने हो,” मन्त्री अधिकारीले भने ।
८० प्रतिशत भूभाग जंगल
विमानस्थल निर्माणपश्चात हाल रहेको जंगलसमेत ८० प्रतिशत बाँकी रहने छ । विमानस्थलका लागि आवश्यक ११ हजार ७ सय ७५ विघा जग्गामध्ये ७ सय ५० बिघा जग्गामा १ हजार ४ सय घरधुरी भने सुकुम्बासी वस्ती छ भने १ सय १० बिघा क्षेत्रफल व्यक्तिको जग्गा हो । बाँकी १० हजार ९ सय १५ बिघामा भने घना जंगल छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












