निजगढ विमानस्थलको ग्लोबल टेन्डर ४ महिनामा
काठमाडाैँ २९,भदाै । सरकारले प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि आशयपत्र आह्वानको तयारी गर्ने जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई दिएको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्न लागिएको उक्त विमानस्थलका लागि दुई साताभित्रै आवश्यक आशयपत्र तयार गर्न प्राधिकरणलाई जिम्मेवारी दिइएको हो । प्राधिकरणबाट शर्तसहितको आवश्यक आह्वानपत्र तयार गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले टेन्डर प्रक्रिया थाल्ने भएको छ ।
मन्त्रालयले ग्लोबल टेन्डरमार्फत आशयपत्र माग्नका लागि प्राधिकरणमा पत्र पठाएको हो । “आशयपत्र माग्ने काम अबको ४ महिनाभित्र सम्पन्न गर्दै निर्माण प्रक्रिया अगाडि बढाउने तयारी गरेका छौ,” संस्कृति ,पर्र्यटन तथा नागरिक उडुडयन मन्त्री रवीन्द्र अधिकारीले भने ।
सरकारले दुई साता अघिमात्रै मोडालिटी टुंग्याउँदै आशयपत्र माग्ने निर्णय गरेको थियो । जसमा अर्थ मन्त्रालय, योजना आयोग र लगानीबोर्डसमेतले सहमति दिइसकेका छन् । आशयपत्र माग्ने निर्णयसँगै आधा दर्जनभन्दा बढी मुलुकका कम्पनीहरूले चासो दिएकोले निजगढ विमानस्थल निर्माणले गति लिने मन्त्री अधिकारीले दावी गरे ।
२ लाख रुखमात्र काटिने
निजगढ विमानस्थलका लागि बारामा १ लाख ९५ हजार मात्रै रुख काट्ने योजना छ । अहिले प्रचार गरिएजस्तो २४ लाख रुख काट्ने कुनै योजना नभएको मन्त्री अधिकारीले स्पष्ट पारेका छन् । “आवश्यकताबमोजिम रुख काटिने हो र काटिएपछि रोप्ने विषयमा समेत छलफल भइरहेको छ,” मन्त्री अधिकारीले भने । एसियाकै हव विमानस्थलको रुपमा निर्माण गर्न लागिएको विमानस्थल १ हजार ८ सय हेक्टरमा फैलने छ । “८ हजार हेक्टर भनेको विमानस्थलको एरिया हो, १ हजार ८ सय हेक्टरको मात्रै रुख काटिने हो,” मन्त्री अधिकारीले भने ।
८० प्रतिशत भूभाग जंगल
विमानस्थल निर्माणपश्चात हाल रहेको जंगलसमेत ८० प्रतिशत बाँकी रहने छ । विमानस्थलका लागि आवश्यक ११ हजार ७ सय ७५ विघा जग्गामध्ये ७ सय ५० बिघा जग्गामा १ हजार ४ सय घरधुरी भने सुकुम्बासी वस्ती छ भने १ सय १० बिघा क्षेत्रफल व्यक्तिको जग्गा हो । बाँकी १० हजार ९ सय १५ बिघामा भने घना जंगल छ ।
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...












