नेपाललाई चिनियाँ सहयोग महङ्गो सावित हुनेछः भारतीय सेना प्रमुख
काठमाडाैं १,असोज । भारतीय सेना प्रमुख बीपिन रावतले चिनियाँ आर्थिक सहयोग नेपाल लगायत अन्य मुलुकलाई महङ्गो पर्ने भन्दै चेतावनी दिएका छन् ।
भारतको महाराष्ट्रस्थित पुणेमा आयोजीत ‘पहिलो बिमस्टेक सैन्य अभ्यास’को समापन कार्यक्रममा बोल्दै सेना प्रमुख रावतले नेपाल र भूटानको चीनसँगको सम्बन्धलाई लिएर यस्तो टिप्पणी गरेका हुन् ।
चीसंगको सहयोग नेपाल, भुटान र पाकिस्तान लगायतका देशलाई सित्तैमा केहि पनि पाइदैन भन्ने कुरा विस्तारै थाहा हुने भन्दै उनीहरुको सम्बन्ध अस्थाई भएको टिप्पणी समेत गरेका हुन् ।
उनले भुटान र नेपाल जस्ता मुलुकहरु भौगोलीक बाध्यताका कारण पनि भारतसँगको सम्बन्धलाई तोड्न नसक्ने बताएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । पछिल्लो समय नेपाल र चीनबीच बढिरहेको व्यापारिक सम्बन्धका विषयमा बोल्दै रावतले भौगोलीक अवस्थाले पनि नेपाललाई चीनसँगको सम्बन्ध स्थाई रहन नसक्ने बताएका छन् ।
‘नेपाल भारतबाट टाढा जान सक्दैन । नेपाल र भुटानजस्ता मुलुकहरुले भौगोलकि बाध्यताले पनि स्वाभाविक रुपमा भारतर्फ झुकाव राख्नुपर्छ ।’ पाकिस्तान र अमेरिकाबीचको सम्बन्धको उदाहरण दिँदै उनले भने ‘हाम्रो नेतृत्वले लिएको छिमेकीलाई प्राथमिकतामा राख्ने नीति अन्तर्गत बिमस्टेक पनि पर्छ । त्यसैले हामीहरु छिमेकीसँगको सम्बन्ध सुदृढ पार्न प्रयासरत छौं ।’
बिमस्टेकको काठमाडौँमा उद्घाटन भएपछि साताव्यापी सञ्चालनमा आएको उक्त सैन्य अभ्यासमा नेपाल र थाइल्याण्डले औपचारिक रुपमा सहभागी नभएर पर्यवेक्षकका रुपमा मात्रै सहभागिता जनाएका थिए ।
तर, प्रधानमन्त्री केपी शर्मा आेलीले मुलुकमा संयुक्त सैन्य अभ्यासमा भएको विवादलाई मत्थर पार्न भन्दै स्थगन गरेका थिए । भारतले भने आेलीले चालेको कदमलाई गम्भीर रहेको भन्दै टिप्पणी समेत गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनमा प्रस्ताव गरेको संयुक्त सैन्य अभ्यास नेपालले अन्तिम समयमा भाग नलिने निर्णय गरेको थियो ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












