नेपाललाई चिनियाँ सहयोग महङ्गो सावित हुनेछः भारतीय सेना प्रमुख
काठमाडाैं १,असोज । भारतीय सेना प्रमुख बीपिन रावतले चिनियाँ आर्थिक सहयोग नेपाल लगायत अन्य मुलुकलाई महङ्गो पर्ने भन्दै चेतावनी दिएका छन् ।
भारतको महाराष्ट्रस्थित पुणेमा आयोजीत ‘पहिलो बिमस्टेक सैन्य अभ्यास’को समापन कार्यक्रममा बोल्दै सेना प्रमुख रावतले नेपाल र भूटानको चीनसँगको सम्बन्धलाई लिएर यस्तो टिप्पणी गरेका हुन् ।
चीसंगको सहयोग नेपाल, भुटान र पाकिस्तान लगायतका देशलाई सित्तैमा केहि पनि पाइदैन भन्ने कुरा विस्तारै थाहा हुने भन्दै उनीहरुको सम्बन्ध अस्थाई भएको टिप्पणी समेत गरेका हुन् ।
उनले भुटान र नेपाल जस्ता मुलुकहरु भौगोलीक बाध्यताका कारण पनि भारतसँगको सम्बन्धलाई तोड्न नसक्ने बताएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । पछिल्लो समय नेपाल र चीनबीच बढिरहेको व्यापारिक सम्बन्धका विषयमा बोल्दै रावतले भौगोलीक अवस्थाले पनि नेपाललाई चीनसँगको सम्बन्ध स्थाई रहन नसक्ने बताएका छन् ।
‘नेपाल भारतबाट टाढा जान सक्दैन । नेपाल र भुटानजस्ता मुलुकहरुले भौगोलकि बाध्यताले पनि स्वाभाविक रुपमा भारतर्फ झुकाव राख्नुपर्छ ।’ पाकिस्तान र अमेरिकाबीचको सम्बन्धको उदाहरण दिँदै उनले भने ‘हाम्रो नेतृत्वले लिएको छिमेकीलाई प्राथमिकतामा राख्ने नीति अन्तर्गत बिमस्टेक पनि पर्छ । त्यसैले हामीहरु छिमेकीसँगको सम्बन्ध सुदृढ पार्न प्रयासरत छौं ।’
बिमस्टेकको काठमाडौँमा उद्घाटन भएपछि साताव्यापी सञ्चालनमा आएको उक्त सैन्य अभ्यासमा नेपाल र थाइल्याण्डले औपचारिक रुपमा सहभागी नभएर पर्यवेक्षकका रुपमा मात्रै सहभागिता जनाएका थिए ।
तर, प्रधानमन्त्री केपी शर्मा आेलीले मुलुकमा संयुक्त सैन्य अभ्यासमा भएको विवादलाई मत्थर पार्न भन्दै स्थगन गरेका थिए । भारतले भने आेलीले चालेको कदमलाई गम्भीर रहेको भन्दै टिप्पणी समेत गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनमा प्रस्ताव गरेको संयुक्त सैन्य अभ्यास नेपालले अन्तिम समयमा भाग नलिने निर्णय गरेको थियो ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












