अमेरिकाको चीनसँगको व्यापार युद्ध चर्कियोः चीनियाँ उत्पादनमा दुई सय अर्ब डलरको नयाँ ट्यारिफ
एजेन्सि । चीनसँगको व्यापार युद्धलाई एक कदम अघि बढाउँदै अमेरिकाले चीनियाँ उत्पादनमा पुनः दुई सय अर्ब डलरको नयाँ ट्यारिफ लगाएको छ ।
यो आयात शुल्क पाँच हजारबढी वस्तुमा लागु हुनेछ । अमेरिकाले यसअघि पनि चीनियाँ सामानमा आयात शुल्क लगाइसकेको छ तर एकैपटक अत्यधिक शुल्क लगाइएको यो पहिलो घटना हो ।
यसमा ह्यान्डब्याग, चामल र कपडा समावेश गरिएका छन् तर केही वस्तु जस्तै घडी, प्ले पेनलगायतलाई यसमा समावेश गरिएको छैन । यद्यपी, यी वस्तुमा पनि चाँडै नै शुल्क लगाइने सम्भावना छ ।
सुरुमा अमेरिकाले काठबाट बनेको फर्निचरमा आयात शुल्क लगाएको थिएन तर यसपटक भने यसमा पनि शुल्क लगाइएको छ । यसले चीनका साथै अमेरिकाको फर्निचर बजारमा असर पुर्याउने बताइएको छ ।
यता चीनले अमेरिकाले यदि आयात शुल्क लगाए आफूहरुले जवाफी कारवाही गर्ने चेतावनी दिइसकेको छ ।
यसअघि चीनका विदेश मन्त्रालयका प्रवक्ता गेन्ग शुआंगे यदि अमेरिकाले नयाँ आयात शुल्क लगाए चीन पनि आफ्नो हितको रक्षा गर्नका लागि बाध्य हुने बताएका थिए ।
उनले भनेका थिए, ‘यो व्यापार युद्धले कसैलाई पनि फाइदा हुनेछैन । हामीले सधैं व्यापारका मुद्धालाई कुराकानीमार्फत सुल्झाउनु ठिक भएको बताउँदै आएका छौं त्यो पनि एक–अर्कामाथि विश्वास गरेर मान–सम्मानका साथ ।’
चीनलाई दिइयो मौकाः अमेरिका
नयाँ आयात शुल्क सेप्टेम्बर २४ तारिखदेखि लागु हुनेछ जसलाई सुरुवातमा १० प्रतिशत शुल्क लगाइने भने अर्को वर्षको सुरुवातमा त्यो बढेर २५ प्रतिशत हुनेछ ।
राष्ट्रपति डोनल्ड ट्रम्पले यो नयाँ ट्यारिफ चीनको व्यापार गर्ने अनुचित तरिकाको जवाफमा भएको बताएका छन् ।
ट्रम्पका अनुसार अमेरिका परिवतर्न गर्नका लागि स्पष्ट छ र चीनलाई अमेरिकासँग उचित तरिकाले व्यापार गर्ने हरेक मौका दिएको छ ।
उनी भन्छन्, ‘तर अहिलेसम्म चीनले आफ्नो व्यापार नीति परिवर्तन गर्न इच्छा देखाएको छैन ।’
दुबै देशले पहिले नै एक–अर्कामाथि पाँच सय अर्ब डलरको सामानमाथि शुल्क लगाइसकेको छ । यसले अन्तर्राष्ट्रिय बजारमा समेत असर पुर्याउने छ ।
ट्रम्पले यदि चीनले यसको जवाफमा कुनै कदम उठाए आफूहरु अर्को चरणको आयात शुल्क लगाउने दिशामा अघि बढ्ने र दुई सय ६७ अर्ब डलरको चीनियाँ उत्पादनमा शुल्क लगाउने चेतावनी दिएका छन् ।
दुई सय ६७ अर्ब डलरको चीनियाँ उत्पादमाथि शुल्कको अर्थ चीनबाट आयात गरिने लगभग सबै उत्पादन यो दायरामा आउनेछन् ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












