अमेरिकाको चीनसँगको व्यापार युद्ध चर्कियोः चीनियाँ उत्पादनमा दुई सय अर्ब डलरको नयाँ ट्यारिफ
एजेन्सि । चीनसँगको व्यापार युद्धलाई एक कदम अघि बढाउँदै अमेरिकाले चीनियाँ उत्पादनमा पुनः दुई सय अर्ब डलरको नयाँ ट्यारिफ लगाएको छ ।
यो आयात शुल्क पाँच हजारबढी वस्तुमा लागु हुनेछ । अमेरिकाले यसअघि पनि चीनियाँ सामानमा आयात शुल्क लगाइसकेको छ तर एकैपटक अत्यधिक शुल्क लगाइएको यो पहिलो घटना हो ।
यसमा ह्यान्डब्याग, चामल र कपडा समावेश गरिएका छन् तर केही वस्तु जस्तै घडी, प्ले पेनलगायतलाई यसमा समावेश गरिएको छैन । यद्यपी, यी वस्तुमा पनि चाँडै नै शुल्क लगाइने सम्भावना छ ।
सुरुमा अमेरिकाले काठबाट बनेको फर्निचरमा आयात शुल्क लगाएको थिएन तर यसपटक भने यसमा पनि शुल्क लगाइएको छ । यसले चीनका साथै अमेरिकाको फर्निचर बजारमा असर पुर्याउने बताइएको छ ।
यता चीनले अमेरिकाले यदि आयात शुल्क लगाए आफूहरुले जवाफी कारवाही गर्ने चेतावनी दिइसकेको छ ।
यसअघि चीनका विदेश मन्त्रालयका प्रवक्ता गेन्ग शुआंगे यदि अमेरिकाले नयाँ आयात शुल्क लगाए चीन पनि आफ्नो हितको रक्षा गर्नका लागि बाध्य हुने बताएका थिए ।
उनले भनेका थिए, ‘यो व्यापार युद्धले कसैलाई पनि फाइदा हुनेछैन । हामीले सधैं व्यापारका मुद्धालाई कुराकानीमार्फत सुल्झाउनु ठिक भएको बताउँदै आएका छौं त्यो पनि एक–अर्कामाथि विश्वास गरेर मान–सम्मानका साथ ।’
चीनलाई दिइयो मौकाः अमेरिका
नयाँ आयात शुल्क सेप्टेम्बर २४ तारिखदेखि लागु हुनेछ जसलाई सुरुवातमा १० प्रतिशत शुल्क लगाइने भने अर्को वर्षको सुरुवातमा त्यो बढेर २५ प्रतिशत हुनेछ ।
राष्ट्रपति डोनल्ड ट्रम्पले यो नयाँ ट्यारिफ चीनको व्यापार गर्ने अनुचित तरिकाको जवाफमा भएको बताएका छन् ।
ट्रम्पका अनुसार अमेरिका परिवतर्न गर्नका लागि स्पष्ट छ र चीनलाई अमेरिकासँग उचित तरिकाले व्यापार गर्ने हरेक मौका दिएको छ ।
उनी भन्छन्, ‘तर अहिलेसम्म चीनले आफ्नो व्यापार नीति परिवर्तन गर्न इच्छा देखाएको छैन ।’
दुबै देशले पहिले नै एक–अर्कामाथि पाँच सय अर्ब डलरको सामानमाथि शुल्क लगाइसकेको छ । यसले अन्तर्राष्ट्रिय बजारमा समेत असर पुर्याउने छ ।
ट्रम्पले यदि चीनले यसको जवाफमा कुनै कदम उठाए आफूहरु अर्को चरणको आयात शुल्क लगाउने दिशामा अघि बढ्ने र दुई सय ६७ अर्ब डलरको चीनियाँ उत्पादनमा शुल्क लगाउने चेतावनी दिएका छन् ।
दुई सय ६७ अर्ब डलरको चीनियाँ उत्पादमाथि शुल्कको अर्थ चीनबाट आयात गरिने लगभग सबै उत्पादन यो दायरामा आउनेछन् ।
Comments
अरु समाचार
-
भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा गरे प्रदर्शन
बुटवल । बुटवलमा भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासीले बुटवलमा प्रदर्शन गरेका छन् । नेपाल भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोवासी संघर्ष...
-
समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार, बुधबार...
-
काँकरभिट्टा नाकाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात
भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट रु १६ अर्ब ८१ करोड ३६ लाख ३०...
-
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण
काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा सहायक नदी किनारमा रहेका जोखिमयुक्त बस्ती स्थानान्तरण गर्ने भएको छ...
-
काठमाडौंस्थित नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम शुरु
काठमाडौं । काठमाण्डौका नदी किनारका जोखिमयुक्त र अतिक्रमित थप बस्ती हटाउने क्रम आज आज (शुक्रबार) देखि शुरु भएको छ ।...
-
आयोगलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिन गर्ने बाटो खुल्यो
काठमाडौं । सम्पति छानबिन आयोगले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि निजी सचिवसम्मको सम्पति छानबिनको काम अघि बढाउने बाटो खुलेको छ । गत...
-
ढुक्क हुनुस्, सुकुम्बासीलाई चाँडै जग्गा वितरण गर्छौं : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले वास्तविक सुकुम्बासी बस्तीका समस्या आफू नेतृत्वको सरकारले नै समाधान गर्ने भन्दै ढुक्क रहन आश्वासन दिएका...
-
नेप्से झन्डै दुई अंकले बढ्दा पाँच अर्ब २७ करोडको सेयर किनबेच
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार नेप्सेमा झिनो अंकले सुधार आएको छ । अघिल्लो दिन १७ दशमलव शुन्य...
-
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
बागमती । लामो समयदेखि आर्थिक सङ्कट व्यहोर्दै आएको हेटौँडा सिमेन्ट उद्योग कच्चा पदार्थ अभावमा बन्द भएको छ । गत महिना...












