पदाधिकारीलाई पदमुक्त गराएसँगै असन्तुष्टि चुलियो राप्रपामा ,असन्तुष्ट समूहद्वारा बैठक वहिस्कार
काठमाडाैँ २,असोज । कमल थापा नेतृत्वको राप्रपाभित्रकाे असन्तुष्टि फेरि सतहमा आएको छ ।
व्यक्तिगत टकरावले एकपछि अर्को गर्दै क्षति व्यहोर्दैै आएको राप्रपाभित्र पछिल्लो पटक गरिएको पदाधिकारी विघटनले विवाद निम्तिएको हो ।
राप्रपाको गत भदौ ४ मा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीका सबै केन्द्रीय पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।
अध्यक्ष कमल थापाले आफूबाहेक सबै पदाधिकारीलाई पदमुक्त गराएसँगै असन्तुष्टि चुलिएको नेताहरु बताउँछन् ।
भदौ ४ को बैठकले पार्टीको नयाँ विधान लागू गरेको जनाउ दिँदै सबै केन्द्रीय पदाधिकारीलाई पदमुक्त गरेको थियो । भदौ ४ मा पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा ‘राप्रपाको संशोधित विधानको भावनाअनुरुप पार्टीलाई अघि बढाउन र केन्द्रीय पदाधिकारीहरु नयाँ ढंगबाट पुनर्गठन गर्ने प्रयोजनका लागि हाल कायम रहेका पार्टीका सबै केन्द्रीय पदाधिकारीहरुलाई पदमुक्त’ गरिएको उल्लेख छ ।
तर, पुनर्गठन गर्ने प्रयोजनका लागि भनेर नेतृत्वले मनोमानी गरेको असन्तुष्ट समूहको भनाई छ । महाधिवेशनको लागि पनि अग्रसरता नदेखाउने र नयाँ विधानको बहाना बनाएर पद खारेज गरिनु युक्तिसंगत नभएको एक असन्तुष्ट नेताले रातोपाटीलाई जानकारी दिए ।
पार्टीले पदाधिकारीलाई पदमुक्त गरेपनि दुई जनालाई भने फेरि मनोनयन गरिएको छ । पार्टीले भदौ ५ मै महामन्त्रीमा भास्कर भद्रा र कोषाध्यक्षमा उद्धव पौडेललाई नियुक्त गरेको हो । उनीहरुको नियुक्ति गरेपनि अन्यलाई भने नियोजित रुपमा नियुक्ति नगरिएको असन्तुष्ट समूहको दाबी छ ।
यही असन्तुष्टि देखाउँदै आजदेखि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरु बुद्धिमान तामाङ, जयन्त चन्द, धवल शमशेर राणा, भीम प्रसाद गौचनलगायतका पूर्व पदाधिकारीका साथै उनीहरु निकटका केन्द्रीय सदस्यहरुले पनि बैठक बहिस्कार गरेको एक नेताले बताए ।
नेता जयन्त चन्दले आफू आजको बैठकमा व्यक्तिगत कारणले सहभागि नभएको दाबी गर्दै अरु को भए को गएनन् भन्नेबारे आफूलाई जानकारी नभएको बताए । असन्तुष्टिको विषयमा सोधिएको जिज्ञासामा उनले यसबारे आफू अहिले केही नबोल्ने प्रतिक्रिया दिए । यस्तै बुद्धिमान तामाङ भने फोन स्वीच्ड अफ गरेर बसेका छन् ।
यसो त पार्टीको सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा पनि असन्तुष्ट नेताहरुको सहभागिता रहेको थिएन ।
सो बैठकले केन्द्रीय कार्य समितिको बैठकमा प्रस्तुत हुने प्रतिवेदनलाई अनुमोदन गरेको थिए ।
आजको बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीतिक विषयमा केन्द्रीय रहेर तयार पारेको प्रतिवेदन, महामन्त्री भद्राले सचिवालयसम्बन्धी प्रतिवेदन र कोषध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन पेश गरेको नेता भुवन पाठकले जानकारी दिए ।
सो प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको जानकारी दिँदै बैठक बुधबारसम्म चल्ने जानकारी दिए ।
राजतन्त्र र हिन्दूराष्ट्रको एजेण्डा बोकेको राप्रपा एजेण्डाको कारणले भन्दा पनि व्यक्तिगत टकरावले पटक पटक विभाजित हुँदै आएको छ । पछिल्लो गत २०७४ को साउनमा पशुपति शमशेर राणाले राप्रपा फुटाएका थिए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












