पदाधिकारीलाई पदमुक्त गराएसँगै असन्तुष्टि चुलियो राप्रपामा ,असन्तुष्ट समूहद्वारा बैठक वहिस्कार
काठमाडाैँ २,असोज । कमल थापा नेतृत्वको राप्रपाभित्रकाे असन्तुष्टि फेरि सतहमा आएको छ ।
व्यक्तिगत टकरावले एकपछि अर्को गर्दै क्षति व्यहोर्दैै आएको राप्रपाभित्र पछिल्लो पटक गरिएको पदाधिकारी विघटनले विवाद निम्तिएको हो ।
राप्रपाको गत भदौ ४ मा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीका सबै केन्द्रीय पदाधिकारीलाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।
अध्यक्ष कमल थापाले आफूबाहेक सबै पदाधिकारीलाई पदमुक्त गराएसँगै असन्तुष्टि चुलिएको नेताहरु बताउँछन् ।
भदौ ४ को बैठकले पार्टीको नयाँ विधान लागू गरेको जनाउ दिँदै सबै केन्द्रीय पदाधिकारीलाई पदमुक्त गरेको थियो । भदौ ४ मा पार्टीका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जारी गरेको विज्ञप्तिमा ‘राप्रपाको संशोधित विधानको भावनाअनुरुप पार्टीलाई अघि बढाउन र केन्द्रीय पदाधिकारीहरु नयाँ ढंगबाट पुनर्गठन गर्ने प्रयोजनका लागि हाल कायम रहेका पार्टीका सबै केन्द्रीय पदाधिकारीहरुलाई पदमुक्त’ गरिएको उल्लेख छ ।
तर, पुनर्गठन गर्ने प्रयोजनका लागि भनेर नेतृत्वले मनोमानी गरेको असन्तुष्ट समूहको भनाई छ । महाधिवेशनको लागि पनि अग्रसरता नदेखाउने र नयाँ विधानको बहाना बनाएर पद खारेज गरिनु युक्तिसंगत नभएको एक असन्तुष्ट नेताले रातोपाटीलाई जानकारी दिए ।
पार्टीले पदाधिकारीलाई पदमुक्त गरेपनि दुई जनालाई भने फेरि मनोनयन गरिएको छ । पार्टीले भदौ ५ मै महामन्त्रीमा भास्कर भद्रा र कोषाध्यक्षमा उद्धव पौडेललाई नियुक्त गरेको हो । उनीहरुको नियुक्ति गरेपनि अन्यलाई भने नियोजित रुपमा नियुक्ति नगरिएको असन्तुष्ट समूहको दाबी छ ।
यही असन्तुष्टि देखाउँदै आजदेखि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरु बुद्धिमान तामाङ, जयन्त चन्द, धवल शमशेर राणा, भीम प्रसाद गौचनलगायतका पूर्व पदाधिकारीका साथै उनीहरु निकटका केन्द्रीय सदस्यहरुले पनि बैठक बहिस्कार गरेको एक नेताले बताए ।
नेता जयन्त चन्दले आफू आजको बैठकमा व्यक्तिगत कारणले सहभागि नभएको दाबी गर्दै अरु को भए को गएनन् भन्नेबारे आफूलाई जानकारी नभएको बताए । असन्तुष्टिको विषयमा सोधिएको जिज्ञासामा उनले यसबारे आफू अहिले केही नबोल्ने प्रतिक्रिया दिए । यस्तै बुद्धिमान तामाङ भने फोन स्वीच्ड अफ गरेर बसेका छन् ।
यसो त पार्टीको सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा पनि असन्तुष्ट नेताहरुको सहभागिता रहेको थिएन ।
सो बैठकले केन्द्रीय कार्य समितिको बैठकमा प्रस्तुत हुने प्रतिवेदनलाई अनुमोदन गरेको थिए ।
आजको बैठकमा अध्यक्ष कमल थापाले समसामयिक राजनीतिक विषयमा केन्द्रीय रहेर तयार पारेको प्रतिवेदन, महामन्त्री भद्राले सचिवालयसम्बन्धी प्रतिवेदन र कोषध्यक्ष उद्धव पौडेलले आर्थिक प्रतिवेदन पेश गरेको नेता भुवन पाठकले जानकारी दिए ।
सो प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी रहेको जानकारी दिँदै बैठक बुधबारसम्म चल्ने जानकारी दिए ।
राजतन्त्र र हिन्दूराष्ट्रको एजेण्डा बोकेको राप्रपा एजेण्डाको कारणले भन्दा पनि व्यक्तिगत टकरावले पटक पटक विभाजित हुँदै आएको छ । पछिल्लो गत २०७४ को साउनमा पशुपति शमशेर राणाले राप्रपा फुटाएका थिए ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












