खेल फिफा वरियतामा नेपाल एक स्थानमाथि, नेपालभन्दा अघि भारत र माल्दिभ्स
काठमाडाैँ ५,असोज । फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्जजनिक गरेको पछिल्लो वरियतामा नेपाल १६०औँ स्थानमा रहेको छ । गत महीना नेपाल १६१औँ स्थानमा थियो । बङ्गलादेशमा हालै सम्पन्न साफ च्याम्पियनसिपको प्रदर्शनका आधारमा नेपालको वरियतामा सुधार आएको हो ।
फिफाले निकालेको नयाँ वरियतामा नेपाल दक्षिण एशियाली राष्ट्रमा तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत र माल्दिभ्स क्रमशः ९७औ र १५१औँ स्थानमा रहेका छन् । भूटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान क्रमशः १८८ १९३, १९९ र १९९औँ स्थानमा छन् ।
नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम र फ्रान्स संयुक्तरुपमा पहिलो स्थानमा छन् । दुवै टोलीको १७२९ नम्बर रहेको छ । तेस्रोमा ब्राजिल, चौथोमा क्रोएशिया र पाँचौँ स्थानमा उरुग्वे रहेको छ ।
यस्तै इङ्ग्ल्याण्ड छैटौंँ, पोर्चुगल सातौँ, स्विट्जरल्याण्ड आठौँ, स्पेन नवौँ र डेनमार्क दशौँ स्थानमा रहेका छन् । विभिन्न अन्तर्राष्ट्रिय तथा घरेलु प्रतियोगिताका आधारमा फिफाले प्रत्येक महीना वरियता सार्वजनिक गर्दै आएको छ ।
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












