अर्थमन्त्रीले स्थानीय तहलाई भने कर बढाउन हतार नगरौं
काठमाडाैँ ५,असोज अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानिय तहलाई कर बढाउन हतार नगर्न आग्रह गरेका छन् ।
पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा खतिवडाले सरकारलाई तिरेको करको सदुपयोग हुन्छ र विकास सुनिश्चितता हुन्छ भन्ने विश्वास आम जनतालाई दिलाएपछि मात्रै कर बढाउन आग्रह गरे । स्थानिय तहका जनप्रतिनिधिहरुलाई आग्रह गर्दै उनले भने, ‘कर बढाउन हतार नगरौं, पहिले तिरेको करको सदुपयोग हुन्छ, विकासको सुनिश्चितता हुन्छ भन्ने विश्वास दिलाऔं अनिमात्र आगामी वर्षदेखी कर बढाउँला ।’
कर लगाउँदैमा बिरोध नगर्नसमेत आम नागरिकलाई आग्रह गरे । उनले भने, ‘सडक बनाउनु पर्यो, ढल बनाउनु पर्यो, पानी, वत्ति लगायतका सुविधा दिनुपर्यो । सुरक्षा दिनुपर्यो, यसो गर्दा सम्पत्तिको मूल्य सयौं गुणा बढ्छ, बढेको मूल्यको १ प्रतिशत सरकारले माग्छ भने त्यो जायज नै हो, त्यसको विरोध नगरौं ।’
विकासोन्मुख पालिकाहरुमा कर कार्यालय स्थापना गर्ने सरकारको तयारी रहेको उनले सुनाए । कर सरलीकरण गर्न, करदातालाई उत्साहित बनाउन चाँडै अभियान थाल्ने उनको भनाइ छ । उनले सरकारले कर लिने ठाउँमा एक रुपैयाँ पनि नछोड्ने र लिन नपर्ने ठाउँमा एक रुपैयाँ पनि नलिने स्पष्ट पारे ।
अर्थमन्त्री खतिवडाले उज्यालोमा कर तिर्न आग्रह गरे । कुलमान घिसिङको नेतृत्वमा नेपालमा उज्यालो आएकाले अब अँध्यारोमा कर तिर्ने बानी सुधार्न आग्रह गरे । उनले भने, ‘उज्यालो भएपछि उज्यालोमै कर तिर्नुपर्यो, अँध्यारोमा कारोबार गर्नु भएन । अँध्यारोमा टेबल मुनि छामछाम छुमछुम पार्नु भएन, यसो भयो भनेमात्रै सबैतिर उज्यालो छाउँछ, विकास र समृद्धि आउँछ ।
अर्थमन्त्री डा. खतिवडाले सरकार निजी क्षेत्रको प्रतिष्पर्धी हो भन्ने नठान्न आग्रह गरे । नीजि क्षेत्रलाई सरकारले सहजीकरण गरेर अगाडि बढाउने बताउँदै उनले भने, ‘निजी क्षेत्रले सरकारलाई प्रतिष्पर्धी ठान्नु भएन, निजी क्षेत्र नआउञ्जेल सरकारले लगानी गरेर थालनी गर्ने हो । निजी क्षेत्र आउने वित्तिकै सरकारले हात झिक्छ । सरकारले बाटो देखाइदिने सहजीकरण गरिदिने हो ।’
कार्यक्रममा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेढिङका समस्या भन्दा पनि विद्युत खपत बढाउने चुनौती मुख्य भएको बताए । विद्युत आपूर्तिमा आएको प्राविधिक समस्याका कारण वत्ति गएपनि लोडसेडिङ नभएको भन्दै उनले यो समस्या पनि केहि समयपछि समाधान हुने बताए । त्यसका लागि फिडर परिवर्तन, सब स्टेसन निर्माणलगायतका काम भइरहेको उनको भनाइ छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












