अर्थमन्त्रीले स्थानीय तहलाई भने कर बढाउन हतार नगरौं
काठमाडाैँ ५,असोज अर्थमन्त्री डा. युवराज खतिवडाले स्थानिय तहलाई कर बढाउन हतार नगर्न आग्रह गरेका छन् ।
पोखरा उद्योग वाणिज्य संघको ३२ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा खतिवडाले सरकारलाई तिरेको करको सदुपयोग हुन्छ र विकास सुनिश्चितता हुन्छ भन्ने विश्वास आम जनतालाई दिलाएपछि मात्रै कर बढाउन आग्रह गरे । स्थानिय तहका जनप्रतिनिधिहरुलाई आग्रह गर्दै उनले भने, ‘कर बढाउन हतार नगरौं, पहिले तिरेको करको सदुपयोग हुन्छ, विकासको सुनिश्चितता हुन्छ भन्ने विश्वास दिलाऔं अनिमात्र आगामी वर्षदेखी कर बढाउँला ।’
कर लगाउँदैमा बिरोध नगर्नसमेत आम नागरिकलाई आग्रह गरे । उनले भने, ‘सडक बनाउनु पर्यो, ढल बनाउनु पर्यो, पानी, वत्ति लगायतका सुविधा दिनुपर्यो । सुरक्षा दिनुपर्यो, यसो गर्दा सम्पत्तिको मूल्य सयौं गुणा बढ्छ, बढेको मूल्यको १ प्रतिशत सरकारले माग्छ भने त्यो जायज नै हो, त्यसको विरोध नगरौं ।’
विकासोन्मुख पालिकाहरुमा कर कार्यालय स्थापना गर्ने सरकारको तयारी रहेको उनले सुनाए । कर सरलीकरण गर्न, करदातालाई उत्साहित बनाउन चाँडै अभियान थाल्ने उनको भनाइ छ । उनले सरकारले कर लिने ठाउँमा एक रुपैयाँ पनि नछोड्ने र लिन नपर्ने ठाउँमा एक रुपैयाँ पनि नलिने स्पष्ट पारे ।
अर्थमन्त्री खतिवडाले उज्यालोमा कर तिर्न आग्रह गरे । कुलमान घिसिङको नेतृत्वमा नेपालमा उज्यालो आएकाले अब अँध्यारोमा कर तिर्ने बानी सुधार्न आग्रह गरे । उनले भने, ‘उज्यालो भएपछि उज्यालोमै कर तिर्नुपर्यो, अँध्यारोमा कारोबार गर्नु भएन । अँध्यारोमा टेबल मुनि छामछाम छुमछुम पार्नु भएन, यसो भयो भनेमात्रै सबैतिर उज्यालो छाउँछ, विकास र समृद्धि आउँछ ।
अर्थमन्त्री डा. खतिवडाले सरकार निजी क्षेत्रको प्रतिष्पर्धी हो भन्ने नठान्न आग्रह गरे । नीजि क्षेत्रलाई सरकारले सहजीकरण गरेर अगाडि बढाउने बताउँदै उनले भने, ‘निजी क्षेत्रले सरकारलाई प्रतिष्पर्धी ठान्नु भएन, निजी क्षेत्र नआउञ्जेल सरकारले लगानी गरेर थालनी गर्ने हो । निजी क्षेत्र आउने वित्तिकै सरकारले हात झिक्छ । सरकारले बाटो देखाइदिने सहजीकरण गरिदिने हो ।’
कार्यक्रममा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेढिङका समस्या भन्दा पनि विद्युत खपत बढाउने चुनौती मुख्य भएको बताए । विद्युत आपूर्तिमा आएको प्राविधिक समस्याका कारण वत्ति गएपनि लोडसेडिङ नभएको भन्दै उनले यो समस्या पनि केहि समयपछि समाधान हुने बताए । त्यसका लागि फिडर परिवर्तन, सब स्टेसन निर्माणलगायतका काम भइरहेको उनको भनाइ छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












