ज्योतिले हाम्रो विकास बैक किन्ने, शेयर संरचना परिवर्तन, २९ गते साधारणसभा
काठमाडाैँ ८,असोज । ज्योति विकास बैंकले हाम्रो विकास बैंकलार्इ बराबरी हैसियतमा प्राप्ति गर्ने टुङ्गो लागेको छ। बैंकले सम्पूर्ण सम्पति तथा दायित्व (डिडिए) प्रतिवेदन अनुसारको स्वाप रेसियो एक बराबर एकलार्इ आगामी साधारणसभाबाट पारित गर्ने भएको छ। बैंकले असोज २९ गते ११औं वार्षिक साधारणसभा डाकेको छ।
हाम्रो विकास बैंकलार्इ प्राप्ति गर्ने संझौतालार्इ साधारणसभाले अनुमोद गरेसँगै आवश्यक प्रकृया अगाडि बढ्ने जनाएको छ। बैंकको चुक्ता पूँजी ४९ करोड २२ लाख रुपैयाँ रहेको छ। प्राप्तिसँगै ज्योति विकास बैंकको चुक्ता पूँजी तीन अर्ब ८ करोड रुपैयाँ पुग्नेछ। यससँगै विकास बैंकहरुमध्ये सबैभन्दा धेरै पूँजी भएको बैंक ज्योति बन्नेछ।
साधारणसभामा बैंकले हाल कायम संस्थापक शेयरधनीको ६०.४५ प्रतिशतको होल्डिङलार्इ ५१ प्रतिशतमा झार्ने विशेष प्रस्ताव अगाडि सारेको छ। बैंकले संस्थापक शेयरधनीको स्वामित्वलार्इ ५१ प्रतिशतमा झार्ने क्रममा २४ लाख ५० हजार ९६० कित्ता शेयर सर्वसाधारण समुहमा परिणत हुनेछ।
गत भदौ २४ गते बसेको संचालक समितिको बैंठकले चुक्ता पूँजीको ८.४० प्रतिशत नगद लाभांस दिने घोषणा गरेको थियो। यसलार्इ पनि साधारणसभाबाट पारित गर्नेछ। साधारणसभा प्रयोजनको लागि असोज १५ गतेदेखि ३० गतेसम्म बुक क्लोज हुने भएको छ। असोज १४ गतेसम्म कायम शेयधनीले नगद लाभांस प्राप्त गर्न सक्नेछन्।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












