ज्योतिले हाम्रो विकास बैक किन्ने, शेयर संरचना परिवर्तन, २९ गते साधारणसभा
काठमाडाैँ ८,असोज । ज्योति विकास बैंकले हाम्रो विकास बैंकलार्इ बराबरी हैसियतमा प्राप्ति गर्ने टुङ्गो लागेको छ। बैंकले सम्पूर्ण सम्पति तथा दायित्व (डिडिए) प्रतिवेदन अनुसारको स्वाप रेसियो एक बराबर एकलार्इ आगामी साधारणसभाबाट पारित गर्ने भएको छ। बैंकले असोज २९ गते ११औं वार्षिक साधारणसभा डाकेको छ।
हाम्रो विकास बैंकलार्इ प्राप्ति गर्ने संझौतालार्इ साधारणसभाले अनुमोद गरेसँगै आवश्यक प्रकृया अगाडि बढ्ने जनाएको छ। बैंकको चुक्ता पूँजी ४९ करोड २२ लाख रुपैयाँ रहेको छ। प्राप्तिसँगै ज्योति विकास बैंकको चुक्ता पूँजी तीन अर्ब ८ करोड रुपैयाँ पुग्नेछ। यससँगै विकास बैंकहरुमध्ये सबैभन्दा धेरै पूँजी भएको बैंक ज्योति बन्नेछ।
साधारणसभामा बैंकले हाल कायम संस्थापक शेयरधनीको ६०.४५ प्रतिशतको होल्डिङलार्इ ५१ प्रतिशतमा झार्ने विशेष प्रस्ताव अगाडि सारेको छ। बैंकले संस्थापक शेयरधनीको स्वामित्वलार्इ ५१ प्रतिशतमा झार्ने क्रममा २४ लाख ५० हजार ९६० कित्ता शेयर सर्वसाधारण समुहमा परिणत हुनेछ।
गत भदौ २४ गते बसेको संचालक समितिको बैंठकले चुक्ता पूँजीको ८.४० प्रतिशत नगद लाभांस दिने घोषणा गरेको थियो। यसलार्इ पनि साधारणसभाबाट पारित गर्नेछ। साधारणसभा प्रयोजनको लागि असोज १५ गतेदेखि ३० गतेसम्म बुक क्लोज हुने भएको छ। असोज १४ गतेसम्म कायम शेयधनीले नगद लाभांस प्राप्त गर्न सक्नेछन्।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












