दशैँ तिहारमा सहुलियत पसलमा खाद्यान्नमा उपभोक्तालार्इ वम्पर छुट
काठमाडौं ८,असोज ।सरकारले संचालन गर्ने सुपथ मूल्य पसलमा आयातित खाने तेलमा प्रति लिटर ३० रुपैयाँ छुट दिने भएको छ।
दशैं तिहार र छठ पर्वलाई लक्षित गरि सञ्चालनमा ल्याउन लागेको सुपथ मूल्य पसलमा सरकारी संस्थानका अलवा निजी क्षेत्रलाई पनि सहभागी गराउँदै यो छुट दिने निर्णय भएको हो।
नेपालमै उत्पादन हुने तेल र घिउ उद्योगले भने प्रति लिटर ३0 रुपैयाँ मात्रै छुट दिनु सहमत भएका छन्। निजी क्षेत्रका दाल, चामल उद्योग र तीनका थोक तथा खुद्रा विक्रेताले पनि दाल र चामलमा प्रति किलो ३ रुपैयाँ छुट दिने आपूर्ति मन्त्रालयले जनाएको छ। चिनी उद्योगले पनि दशै तिहारको लागि मूल्य अभिवृद्धि कर बाहेक ५७ रुपैयाँ प्रतिकेजीमा चिनी दिन सहमत भएको छ।
सहकारी उद्योगले उत्पादन गर्ने मसलामा १० रुपैयाँ छुट दिने निर्णय भएको छ।नेपाल खाद्य संस्थानले भने सानो मन्सुली चामल ४० रुपैयाँ प्रति किलोमा उपलब्ध गराउने भएको छ। जीरा मसिनो चामल ५५ रुपैयाँ, वास्मती चामल ८१ रुपैयाँ, गोरखनाथ चामल ३८ रुपैयाँ, जापानीज चामल ७० र ७५ रुपैयाँ प्रतिकिलोमा उपलब्ध गराउने निर्णय गरेको छ।
जुम्ली सिमी १२० रुपैयाँ, जुम्ली फापर ७० रुपैयाँ र खसीबोकामा मूल्य निर्धारणपछि प्रति किलो १० रुपैयाँ छुट हुनेछ।साल्ट ट्रेडिङ कर्पोरेशनले नुन प्रति किलो १८ रुपैयाँ र चिनी प्रतिकिलो मूल्य निर्धारण नगरि ५ रुपैयाँ छुट दिने निर्णय गरिएको छ।दुग्ध विकास संस्थानले घिउ प्रति किलो ८५० रुपैयाँ र पनिर प्रति किलो ६१० रुपैयाँमा विक्री गर्ने निर्णय गरेको छ।
सहकारी पसलहरुले पनि सरकार र निजी क्षेत्रले उपलब्ध गराएको छुट मूल्यमा उपलब्ध गराउने पनि निर्णय गरिएको छ।सरकारले असोज १२ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको छ।उपत्यकामा १२ र उपत्यका बाहिर २४ स्थान गरि ३६ स्थानबाट सुपथ मूल्य पसल सञ्चालनका ल्याउने निर्णय गरिएको छ।
Comments
अरु समाचार
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...
-
पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो
काठमाडाैँ । मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५...
-
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय...
-
चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले...
-
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध
काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ ।...
-
चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ को संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन २०७९ को संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । शुक्रबार...












