दशैँ तिहारमा सहुलियत पसलमा खाद्यान्नमा उपभोक्तालार्इ वम्पर छुट
काठमाडौं ८,असोज ।सरकारले संचालन गर्ने सुपथ मूल्य पसलमा आयातित खाने तेलमा प्रति लिटर ३० रुपैयाँ छुट दिने भएको छ।
दशैं तिहार र छठ पर्वलाई लक्षित गरि सञ्चालनमा ल्याउन लागेको सुपथ मूल्य पसलमा सरकारी संस्थानका अलवा निजी क्षेत्रलाई पनि सहभागी गराउँदै यो छुट दिने निर्णय भएको हो।
नेपालमै उत्पादन हुने तेल र घिउ उद्योगले भने प्रति लिटर ३0 रुपैयाँ मात्रै छुट दिनु सहमत भएका छन्। निजी क्षेत्रका दाल, चामल उद्योग र तीनका थोक तथा खुद्रा विक्रेताले पनि दाल र चामलमा प्रति किलो ३ रुपैयाँ छुट दिने आपूर्ति मन्त्रालयले जनाएको छ। चिनी उद्योगले पनि दशै तिहारको लागि मूल्य अभिवृद्धि कर बाहेक ५७ रुपैयाँ प्रतिकेजीमा चिनी दिन सहमत भएको छ।
सहकारी उद्योगले उत्पादन गर्ने मसलामा १० रुपैयाँ छुट दिने निर्णय भएको छ।नेपाल खाद्य संस्थानले भने सानो मन्सुली चामल ४० रुपैयाँ प्रति किलोमा उपलब्ध गराउने भएको छ। जीरा मसिनो चामल ५५ रुपैयाँ, वास्मती चामल ८१ रुपैयाँ, गोरखनाथ चामल ३८ रुपैयाँ, जापानीज चामल ७० र ७५ रुपैयाँ प्रतिकिलोमा उपलब्ध गराउने निर्णय गरेको छ।
जुम्ली सिमी १२० रुपैयाँ, जुम्ली फापर ७० रुपैयाँ र खसीबोकामा मूल्य निर्धारणपछि प्रति किलो १० रुपैयाँ छुट हुनेछ।साल्ट ट्रेडिङ कर्पोरेशनले नुन प्रति किलो १८ रुपैयाँ र चिनी प्रतिकिलो मूल्य निर्धारण नगरि ५ रुपैयाँ छुट दिने निर्णय गरिएको छ।दुग्ध विकास संस्थानले घिउ प्रति किलो ८५० रुपैयाँ र पनिर प्रति किलो ६१० रुपैयाँमा विक्री गर्ने निर्णय गरेको छ।
सहकारी पसलहरुले पनि सरकार र निजी क्षेत्रले उपलब्ध गराएको छुट मूल्यमा उपलब्ध गराउने पनि निर्णय गरिएको छ।सरकारले असोज १२ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको छ।उपत्यकामा १२ र उपत्यका बाहिर २४ स्थान गरि ३६ स्थानबाट सुपथ मूल्य पसल सञ्चालनका ल्याउने निर्णय गरिएको छ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












