फिफा वर्ष खेलाडी अवार्ड घोषणा आज, कसले मार्ला बाजी ?
एजेन्सी । विश्व फुटबल महासंघ (फिफा) ले प्रदान गर्ने बेष्ट प्लेयर अफ द इयर अवार्ड सोमबार (आज) लण्डनमा घोषणा गरिँदैछ । फिफाले वितरण गर्ने अवार्डको अन्तिम सूचीमा क्रिष्टियानो रोनाल्डो, लुका मोड्रिक र मोहमद सलाह रहेका छन् ।
उनीहरु मनोनयमा पर्दा लियोनल मेस्सी भने उत्कृष्ट वर्ष खेलाडीको अन्तिम तीनमा अटाएनन् । फिफाले सन् २०१८ को उत्कृष्ट पुरुष—महिला खेलाडी, पुरुष—महिला प्रशिक्षक, फ्यान, गोलकिपर, फेयर प्ले अवार्ड लगायत अवार्ड सार्वजनिक गर्दैछ ।
त्यस्तै, पुरुषतर्फ मनोनयनमा परेका खेलाडीमध्ये अन्तिम तीनमा पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डा, इजिप्टका फरवार्ड मोहमद सलाह र क्रोएसियाका कप्तान लुका मोड्रिक रहेका छन् । सन् २००६ पछि पहिलो पटक अर्जेन्टिनी कप्तान लियोनल मेस्सी फिफा वर्ष खेलाडीको अन्तिम ३ भित्र पर्न सकेका छैनन् भने मनोनयनको अन्तिम ३ मा पर्न सफल क्रिष्टियानो रोनाल्डो पनि अर्डरमा पहिलो र दोस्रो रोजाइमा पर्न नसकेको सन् २०१० पछि पहिलोपटक हो ।
मनोनित खेलाडी छनोटका लागि २५ प्रतिशत राष्ट्रिय टोलीको प्रशिक्षकबाट, २५ प्रतिशत राष्ट्रिय टोलीको कप्तानबाट, २५ प्रतिशत सेलेक्टिभ मिडियाका प्रतिनिधिबाट र २५ प्रतिशत अनलाइन भोटिङको आधारमा मूल्याङ्कन हुनेछ ।
क्रिष्टियानो रोनाल्डो–पोर्चुगल, रियल मड्रिड र युभेन्टस
विश्वचर्चित खेलाडी क्रिष्टियानो रोनाल्डो फिफा प्लेयर अफ दि अवार्डको शीर्ष ३ मा परेका छन् । ३३ वर्षीया रोनाल्डोले यसअघिका दुवै फिफा उत्कृष्ट वर्ष खेलाडीको ट्रफी जितेका थिए ।
गएको सिजनमा रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका निभाएका रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेका थिए । रोनाल्डो च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता समेत हुन् ।
त्यस्तै, रोनाल्डोले जुलाईमा सम्पन्न विश्वकप फुटबलमा पोर्चुगललाई अन्तिम १६ सम्म पुर्याउन सफल भएका थिए भने समूह चरणको पहिलो खेलमा स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए ।
लुका मोड्रिक– रियल मड्रिड, क्रोएसिया
क्रोएसियाका कप्तान तथा रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिक यो वर्षको फिफा वर्ष खेलाडी पुरुषतर्फ मनोनित भएका छन् । लुका मोड्रिक आफ्नै पूर्व सहकर्मी क्रिष्टियानो रोनाल्डोसँग प्रतिस्पर्धामा रहेका छन् ।
लुका मोड्रिकले गएको वर्षको च्याम्पियन्स लिगमा रियल मड्रिडका लागि उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै, मोड्रिकले रसियामा सम्पन्न विश्वकप फुटबलमा क्रोएसियालाई फाइनलसम्म पुर्याउन सफल भएका थिए । क्रोएसिया फाइनलमा फ्रान्ससँग पराजित भएपनि मोड्रिकले बेष्ट प्लेअरको अवार्ड जितेका थिए ।
मोहमद सलाह— लिभरपुल, इजिप्ट
यो वर्षको बेष्ट प्लेयर अफ द इयर जित्ने सम्भावना बलियो रहेका अर्का खेलाडी हुन् मोहमद सलाह । सलाहले च्याम्पियन्स लिगको अघिल्लो सिजनमा लिभरपुललाई फाइनलमा पुर्याउन महत्वपूर्ण योगदान गरेका थिए ।
जुन २०१७ मा रोमाबाट लिभरपुल पुगेका सलाहले ५२ खेलमा ४४ गोल गरेका छन् । त्यस्तै, लिभरपुलले प्रिमियर लिग जित्दा सलाहले गोल्डेन बुटसमेत जितेका थिए ।
सन् १९९० पछि पहिलो पटक इजिप्टलाई विश्वकपमा पुर्याउन सलाहले महत्वपूर्ण भूमिका रोल खेलेका थिए । रसियामा सम्पन्न विश्वकपमा चोटका कारण राम्रोसँग फिट नभएका सलाहले दुई गोल गरे ।
मनोनयनमा परेका खेलाडी र प्रशिक्षक
फिफा वर्ष पुरुष खेलाडी– क्रिस्टियानो रोनाल्डो, लुका मोड्रिक, मोहमद सलाह
फिफा वर्ष महिला खेलाडी– मार्टा, अदा हेजेरबर्ग, डीज्नीफर मारोजसान
फिफा वर्ष पुरुष प्रशिक्षक– डीडीएर डेसच्याम्प, लाट्को डालिस, जिनेदान जिदान
फिफा वर्ष महिला प्रशिक्षक– रेनाल्ड पेड्रोस, आसाको ताकाकुरा, सरिना विगम्यान
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












