फिफा वर्ष खेलाडी अवार्ड घोषणा आज, कसले मार्ला बाजी ?
एजेन्सी । विश्व फुटबल महासंघ (फिफा) ले प्रदान गर्ने बेष्ट प्लेयर अफ द इयर अवार्ड सोमबार (आज) लण्डनमा घोषणा गरिँदैछ । फिफाले वितरण गर्ने अवार्डको अन्तिम सूचीमा क्रिष्टियानो रोनाल्डो, लुका मोड्रिक र मोहमद सलाह रहेका छन् ।
उनीहरु मनोनयमा पर्दा लियोनल मेस्सी भने उत्कृष्ट वर्ष खेलाडीको अन्तिम तीनमा अटाएनन् । फिफाले सन् २०१८ को उत्कृष्ट पुरुष—महिला खेलाडी, पुरुष—महिला प्रशिक्षक, फ्यान, गोलकिपर, फेयर प्ले अवार्ड लगायत अवार्ड सार्वजनिक गर्दैछ ।
त्यस्तै, पुरुषतर्फ मनोनयनमा परेका खेलाडीमध्ये अन्तिम तीनमा पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डा, इजिप्टका फरवार्ड मोहमद सलाह र क्रोएसियाका कप्तान लुका मोड्रिक रहेका छन् । सन् २००६ पछि पहिलो पटक अर्जेन्टिनी कप्तान लियोनल मेस्सी फिफा वर्ष खेलाडीको अन्तिम ३ भित्र पर्न सकेका छैनन् भने मनोनयनको अन्तिम ३ मा पर्न सफल क्रिष्टियानो रोनाल्डो पनि अर्डरमा पहिलो र दोस्रो रोजाइमा पर्न नसकेको सन् २०१० पछि पहिलोपटक हो ।
मनोनित खेलाडी छनोटका लागि २५ प्रतिशत राष्ट्रिय टोलीको प्रशिक्षकबाट, २५ प्रतिशत राष्ट्रिय टोलीको कप्तानबाट, २५ प्रतिशत सेलेक्टिभ मिडियाका प्रतिनिधिबाट र २५ प्रतिशत अनलाइन भोटिङको आधारमा मूल्याङ्कन हुनेछ ।
क्रिष्टियानो रोनाल्डो–पोर्चुगल, रियल मड्रिड र युभेन्टस
विश्वचर्चित खेलाडी क्रिष्टियानो रोनाल्डो फिफा प्लेयर अफ दि अवार्डको शीर्ष ३ मा परेका छन् । ३३ वर्षीया रोनाल्डोले यसअघिका दुवै फिफा उत्कृष्ट वर्ष खेलाडीको ट्रफी जितेका थिए ।
गएको सिजनमा रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका निभाएका रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेका थिए । रोनाल्डो च्याम्पियन्स लिगको सर्वाधिक गोलकर्ता समेत हुन् ।
त्यस्तै, रोनाल्डोले जुलाईमा सम्पन्न विश्वकप फुटबलमा पोर्चुगललाई अन्तिम १६ सम्म पुर्याउन सफल भएका थिए भने समूह चरणको पहिलो खेलमा स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए ।
लुका मोड्रिक– रियल मड्रिड, क्रोएसिया
क्रोएसियाका कप्तान तथा रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिक यो वर्षको फिफा वर्ष खेलाडी पुरुषतर्फ मनोनित भएका छन् । लुका मोड्रिक आफ्नै पूर्व सहकर्मी क्रिष्टियानो रोनाल्डोसँग प्रतिस्पर्धामा रहेका छन् ।
लुका मोड्रिकले गएको वर्षको च्याम्पियन्स लिगमा रियल मड्रिडका लागि उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । त्यस्तै, मोड्रिकले रसियामा सम्पन्न विश्वकप फुटबलमा क्रोएसियालाई फाइनलसम्म पुर्याउन सफल भएका थिए । क्रोएसिया फाइनलमा फ्रान्ससँग पराजित भएपनि मोड्रिकले बेष्ट प्लेअरको अवार्ड जितेका थिए ।
मोहमद सलाह— लिभरपुल, इजिप्ट
यो वर्षको बेष्ट प्लेयर अफ द इयर जित्ने सम्भावना बलियो रहेका अर्का खेलाडी हुन् मोहमद सलाह । सलाहले च्याम्पियन्स लिगको अघिल्लो सिजनमा लिभरपुललाई फाइनलमा पुर्याउन महत्वपूर्ण योगदान गरेका थिए ।
जुन २०१७ मा रोमाबाट लिभरपुल पुगेका सलाहले ५२ खेलमा ४४ गोल गरेका छन् । त्यस्तै, लिभरपुलले प्रिमियर लिग जित्दा सलाहले गोल्डेन बुटसमेत जितेका थिए ।
सन् १९९० पछि पहिलो पटक इजिप्टलाई विश्वकपमा पुर्याउन सलाहले महत्वपूर्ण भूमिका रोल खेलेका थिए । रसियामा सम्पन्न विश्वकपमा चोटका कारण राम्रोसँग फिट नभएका सलाहले दुई गोल गरे ।
मनोनयनमा परेका खेलाडी र प्रशिक्षक
फिफा वर्ष पुरुष खेलाडी– क्रिस्टियानो रोनाल्डो, लुका मोड्रिक, मोहमद सलाह
फिफा वर्ष महिला खेलाडी– मार्टा, अदा हेजेरबर्ग, डीज्नीफर मारोजसान
फिफा वर्ष पुरुष प्रशिक्षक– डीडीएर डेसच्याम्प, लाट्को डालिस, जिनेदान जिदान
फिफा वर्ष महिला प्रशिक्षक– रेनाल्ड पेड्रोस, आसाको ताकाकुरा, सरिना विगम्यान
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












