तिलोत्तमा नगरपालिका-१ स्थित कक्षा १० का पढ्दै गरेका छात्र ३दिन देखि वेपत्ता
बुटवल८ ,असोज। विद्यालयमा ट्युसन पढ्न गएका १५ वर्षका छात्र तीनदेखि वेपत्ता भएका छन् । तिलोत्तमा नगरपालिका-१ स्थित दुर्गादत्त शंकरनगर माविमा कक्षा १० का पढ्दै गरेका युनिस गिरी शनिबार बिहान ७ बजे ट्युसन पढ्न गएपछि वेपत्ता भएका हुन् ।
ट्युसन पढेर सकेपछि ९ बजेतिर युनिस विद्यालयबाट घरतर्फ गएका विद्यालयले जनाएको छ । सेतोमा नीलो धर्का भएको सर्ट, जिन्स पाइन्ट र चप्पल लगाएर युनिस ट्युसन पढ्न गएका थिए । युनिस सानैदेखि तिलोत्तमा १ चपरहट्टीस्थित मामाको घरमा बसेर पढ्दै आएका थिए ।
युनिसका बुबाको केही वर्षअघि मृत्यु भइसकेको छ । आमा हेमा गिरीले पोखरामा विवाह गरेर उतै बस्दै आएकी छन् । युनिस हराएपछि वडा प्रहरी कार्यालय बुटवलमा खोजी गरिदिन निवेदन दिएको तर तेस्रो दिनसम्म कुनै अत्तोपत्तो नलागेको युनिसकी सानीआमा गीता पौडेलले बताइन् ।
पढाइमा औसत रहेका युनिस सोझो र घरबाट कहिल्यै बाहिर नजाने, धेरै साथी भाई नबनाउने स्वभावको भएका मामा केशव क्षेत्रीले बताए ।
‘घरबाट स्कुल जाने र सिधै घर आउने गर्थे, कहिल्यै कतै घुमेेको, साथीभाइकोमा गएको, नराम्रो बानी भएको थाहा थिएन’ क्षेत्रीले भने, ‘एक्कासी हराएको सुन्दा अचम्म लागेको छ ।’ प्रहरीमा निवेदन दिए पनि प्रहरीले खोजी कार्यमा त्यति वास्ता नगरेको आफूहरुलाई लागेको क्षेत्रीले गुनासो गरे ।
‘ठूला ठालूका छोराछोरी हराएको भए सिंगो फोर्स लगाएर खोज्थे होला, सर्वसाधारणका छोराछोरी हराउँदा वास्तै गर्दैनन्’-क्षेत्रीले भने-‘जो भए पनि बराबर चासो र चिन्ता राखेर प्रहरीले खोजी गरिदिनुपर्छ ।’
विद्यालयका शिक्षक चण्डी पाण्डेले युनिस पढाइमा औसत भए पनि अनुशासित र सोझो विद्यार्थी भएको बताए । वडा प्रहरी कार्यालय बुटवलका प्रमुख अमर थापा क्षेत्रीले भने इलाका प्रहरी र जिल्ला प्रहरी कार्यालयसम्म जानकारी गराइसकेको बताए । उनले खोजी भइरहेकोले नआत्तिन परिवारजनामा आग्रह गरे ।
Comments
अरु समाचार
-
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा वर्षा र हिमपात
काठमाण्डौ । देशका केही ठाउँमा गएरातिदेखि वर्षा र हिमपात शुरू भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा...
-
बाढी पहिरोले क्षति पुगेका संरचनाका पुनः निर्माण गर्न १२ अर्ब ३८ करोड लाग्ने अनुमान
काठमाडौं । बाढी पहिरोका कारण क्षति पुगेका सडकका संरचनाका पुनः निर्माण लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान...
-
धनगढीबाट काठमाडाैं हिडेको बस बनकसबासमा दुर्घटना, २२ जना घाइते
काठमाडाैं । कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका १, बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना भएको छ । दुर्घटनामा परी २२ जना घाइते...
-
प्रशासन कार्यालयले भन्याे, ‘हिमपात र भारी वर्षाको सम्भावना छ पदयात्रामा नजानु’
काठमाडौं । कास्की जिल्ला प्रशासन कार्यालयले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको...
-
अत्यावश्यक काम बाहेक शुक्रबारदेखि-सोमबारसम्म यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबारदेखि आगामी सोमबारसम्म अत्यन्त जरुरी नभएसम्म र सकेसम्म घरदेखि टाढा र...
-
विश्व पर्यटन दिवसको सन्देशः ‘नेपाल सुरक्षित, खुला र पर्यटनमैत्री गन्तव्य मुलुक’
काठमाडौं । नेपालको पर्यटन पछिल्लो जेन–जी आन्दोलनपछि सिर्जना भएको संकटपछिको रिकभरीको चरणमा पुगेको काठमाडौमा आयोजित एक कार्यक्रमका वक्ताहरुले जनाएका छन्...
-
मुख्य याममा सुनसान पर्यटकीय गन्तव्य, आन्दोलनले ‘बुकिङ’ पनि रद्द
काठमाडाैं । आज विश्व पर्यटन दिवस हो । यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ । पर्यटकीय गन्तव्यमा...
-
गोरखपुरमा हिरा किन्न भैरहवा भन्सारमा राजस्व आतंक मच्चाउने रेग्मीको होला लुट साम्राज्यको अन्त्य ?
काठमाडाैं । ‘घुस खान्छन्, तर हिसाब मिलाएर’, 'तस्करी गर्छन्, तर सेटिङ मिलाएर' – यही शैलीमा चलिरहेको भैरहवा भन्सारको रंगमञ्चमा अब...
-
जङ्गली च्याउ खाएका दम्पतीको मृत्यु
काठमाडाैं । रोल्पामा जङ्गली च्याउ खाएका एक दम्पतीको मृत्यु भएको छ । परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र...












