बूढीगण्डकीबारे प्रधानमन्त्री ज्यु श्री ३ को शैलीमा हुकुम गरिबक्सियो-गगन थापा
काठमाडाैँ १०,असोज । काँग्रेस सांसद गगन कुमार थापाले बहुचर्चित बूढीगण्डकी जलविद्युत परियोजना चिनियाँ कम्पनी गजुवालाई बनाउन दिने सरकारी निर्णयको कडा आलोचना गरेका छन् ।
बुधबार बसेको संसद बैठकमा थापाले श्री ३ को शैलीमा प्रधानमन्त्री केपी शर्मा ओलीले परियोजना चिनियाँ कम्पनीलाई जिम्मा दिने निर्णय गरेको आरोप लगाए ।
‘यही असोज ५ गतेको मन्त्रिपरिषद्को बैठकले चिनियाँ कम्पनी गेजुवालाई परियोजना निर्माण गर्न दिने निर्णय गर्यो । निर्णय भन्दा श्री ३ को शैलीमा प्रधानमन्त्रीले हुकुम गरिबक्सियो । प्रधानमन्त्रीको हुकुमलाई शिरोधार्य गर्दै तालुकवाला मन्त्रालय र मन्त्री बाध्य हुन्छ । हाम्रो पनि त्यस्तै अनुभव भयो’ थापाले संसदमा भने, ‘तर संसद पनि प्रधानमन्त्रीको हुकुमको छाया हुन सक्छ ? तत्कालिन प्रचण्ड नेतृत्वको सरकारले विरोधमा बीच यही कम्पनीलाई यसैगरी काम दिने निर्णय गरेको थियो । तर तत्कालिन कृषि तथा जलस्रोत समिति र अर्थ समितिले बूढीगण्डकी बारे सरकारले गरेको निर्णय कानूसम्मत नरहेको ठहर गरेको थियो ।’
सो निर्णयलाई वेवास्ता गर्दै हाल आएर फेरि सरकारले सोही कम्पनीलाई किन बूढीगण्डकी निर्माणको ठेक्का दियो भन्दै उनले प्रश्न गरे ।
आयोजना बनाउनेबारे अध्ययन गर्नका लागि त्यतिनै बेला बनेको एक समितिले २७० अर्बमा बनाउन सकिने निश्कर्ष निकालेको स्मरण गर्दै उनले त्यसबारे अध्ययनका लागि १ अर्ब बढी खर्च भइसकेको अवस्थामा हाल आएर सरकारले हुकुमी शैलीमा निर्णय गरेको आरोप लगाए ।
उनले एउटा तामाकोसी बनाउन सकिने बराबरको पैसा नै खान खोजिएको भन्दै आफैले बनाउन सकिने क्षमता हुँदाहुँदै सरकारले किन निरिहता प्रदर्शन गर्यो भन्दै पटक पटक प्रश्न गरे ।
हाल अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ कम्पनीलाई बूढीगण्डकी परियोजना निर्माणको जिम्मा दिनेबारे विवाद नरहेको बताएको भन्ने आफूले सुनेको बताउँदै उनले अमेरिकाबाट नेपाल फकिँदा यसबारे आफूहरुको प्रश्नको उत्तर पनि लिएर फर्किन चुनौति दिए ।
उनले प्रश्न विधि र कानूनको मात्रै नभई सरकारले संसदलाई हेप्यो भन्ने पनि रहेको उनले बताए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












