बूढीगण्डकीबारे प्रधानमन्त्री ज्यु श्री ३ को शैलीमा हुकुम गरिबक्सियो-गगन थापा
काठमाडाैँ १०,असोज । काँग्रेस सांसद गगन कुमार थापाले बहुचर्चित बूढीगण्डकी जलविद्युत परियोजना चिनियाँ कम्पनी गजुवालाई बनाउन दिने सरकारी निर्णयको कडा आलोचना गरेका छन् ।
बुधबार बसेको संसद बैठकमा थापाले श्री ३ को शैलीमा प्रधानमन्त्री केपी शर्मा ओलीले परियोजना चिनियाँ कम्पनीलाई जिम्मा दिने निर्णय गरेको आरोप लगाए ।
‘यही असोज ५ गतेको मन्त्रिपरिषद्को बैठकले चिनियाँ कम्पनी गेजुवालाई परियोजना निर्माण गर्न दिने निर्णय गर्यो । निर्णय भन्दा श्री ३ को शैलीमा प्रधानमन्त्रीले हुकुम गरिबक्सियो । प्रधानमन्त्रीको हुकुमलाई शिरोधार्य गर्दै तालुकवाला मन्त्रालय र मन्त्री बाध्य हुन्छ । हाम्रो पनि त्यस्तै अनुभव भयो’ थापाले संसदमा भने, ‘तर संसद पनि प्रधानमन्त्रीको हुकुमको छाया हुन सक्छ ? तत्कालिन प्रचण्ड नेतृत्वको सरकारले विरोधमा बीच यही कम्पनीलाई यसैगरी काम दिने निर्णय गरेको थियो । तर तत्कालिन कृषि तथा जलस्रोत समिति र अर्थ समितिले बूढीगण्डकी बारे सरकारले गरेको निर्णय कानूसम्मत नरहेको ठहर गरेको थियो ।’
सो निर्णयलाई वेवास्ता गर्दै हाल आएर फेरि सरकारले सोही कम्पनीलाई किन बूढीगण्डकी निर्माणको ठेक्का दियो भन्दै उनले प्रश्न गरे ।
आयोजना बनाउनेबारे अध्ययन गर्नका लागि त्यतिनै बेला बनेको एक समितिले २७० अर्बमा बनाउन सकिने निश्कर्ष निकालेको स्मरण गर्दै उनले त्यसबारे अध्ययनका लागि १ अर्ब बढी खर्च भइसकेको अवस्थामा हाल आएर सरकारले हुकुमी शैलीमा निर्णय गरेको आरोप लगाए ।
उनले एउटा तामाकोसी बनाउन सकिने बराबरको पैसा नै खान खोजिएको भन्दै आफैले बनाउन सकिने क्षमता हुँदाहुँदै सरकारले किन निरिहता प्रदर्शन गर्यो भन्दै पटक पटक प्रश्न गरे ।
हाल अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ कम्पनीलाई बूढीगण्डकी परियोजना निर्माणको जिम्मा दिनेबारे विवाद नरहेको बताएको भन्ने आफूले सुनेको बताउँदै उनले अमेरिकाबाट नेपाल फकिँदा यसबारे आफूहरुको प्रश्नको उत्तर पनि लिएर फर्किन चुनौति दिए ।
उनले प्रश्न विधि र कानूनको मात्रै नभई सरकारले संसदलाई हेप्यो भन्ने पनि रहेको उनले बताए ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












