कोरियाली राजदूतले भेटे ऊर्जामन्त्री पुनलाई, माथिल्लो त्रिशुली-१ जनवरीबाट सुरु गर्ने प्रतिबद्धता
काठमाडौं१०, असोज । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र दक्षिण कोरियाली राजदूत योङग सिक पार्कबीच भेटवार्ता भएको छ । भेटमा द्धिपक्षीय हितका साथै ऊर्जा क्षेत्रमा गर्ने सहकार्यका विषयमा छलफल भएको थियो ।
मन्त्री पुनले भेटमा कोरियाले नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानप्रती सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए । उने ऊर्जा क्षेत्रमा लगानीको वातावरण बनेको भन्दै कोरियाली लगानीकर्तालाई थप लगानी गर्न आव्हान समेत गरे ।
नेकपाका स्थायी समिति सदस्यसमेत रहेका मन्त्री पुनले नेपालमा राजनीतिक स्थायीत्वको युग सुरु भइसकेको भन्दै वर्तमान सरकारको प्राथमिकता शिक्षा,स्वास्थ्य र पूर्वाधार विकासमा रहेको जानकारी दिंदै त्यसका लागि कोरियाली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे ।
मन्त्री पुनले चमेलिया जलविद्युत आयोजना निर्माणमा पु¥याएको योगदानप्रति धन्यवाद व्यक्त गर्दै गुणस्तरीय कोरियाली निर्माण कम्पनी नेपालमा काम गर्न सक्ने धारणा राखे ।
हेजिङ फण्डबारे आफूले राष्ट्र बैंक र अर्थमन्त्रालयका अधिकारीहरु राखेर ऊर्जामन्त्रालयमा छलफल गरिसकेको र छिट्टै परिणाम सकरात्मक आउनेमा आफू आशावादी रहेको बताए ।
भेटमा राजदूत पार्कले कोरियाली कम्पनीले बनाउने तयारी गरिरहेको २१६ मेगावाटको माथिल्लो त्रिशुली -१ जस्ता परियोजना नेपालको विकासको लागि आवश्यक रहेको भन्दै त्यसको प्रगतिबारे मन्त्री पुनलाई जानकारी गराएका थिए । उनले हेजिङ फण्डका लागि मन्त्री पुनले पहल गरिदिएको भन्दै धन्यवाद दिए ।
भेटमा कोरियन राजदूतले ऊर्जामन्त्री पुनले मन्त्रीका रुपमा कार्यभार सम्हालेसँगै सार्वजनिक गरेको मार्गचित्रमा १० वर्षमा १५ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य राखेको भन्दै त्यसका लागिसमेत नेपाललाई वैदेशिक लगानी आवश्यक पर्ने धारणा राखेका थिए ।
‘तपाईको मार्गभित्र मैले पढेको छु, त्यो एकदमै राम्रो पनि लाग्यो, तर हेजिङ फण्ड बन्यो भने त्यसले वैदेशिक लगानी भित्रयाउन सजिलो हुन्छ र तपाईहरुको सपना पूरा हुन्छ,’ राजदूत पार्कले भेटमा भने ।
राजदूत पार्कले कोरियन कम्पनीले जिम्मा पाएको माथिल्लो त्रिशुली-१ जलविद्युत परियोजना आगामी जनवरीबाट निर्माण सुरु गर्ने जानकारीसमेत दिए ।
राजदूतसँगै सहभागी भएका उक्त कम्पनीका प्रतिनिधिले समेत परियोजना यथासम्भव र निश्चित मयभित्र पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले परियोजनाले नेपालको विकासमा ठूलो योगदान पुग्ने भन्दै त्यसका लागि ४ सय ५० मिलियन डलर ऋण लिने प्रक्रियामा कम्पनीले प्रक्रिया अघि बढाइसकेको जानकारी दिए ।
२१६ मेगावाटको माथिल्लो त्रिशुली–१ परियोजनामा कोरियन साउथ इस्ट पावर कम्पनी लिमिटेडको ५२ प्रतिशत, डेलिम कन्स्ट्रक्शन कम्पनी लिमिटेडको १६ प्रतिशत, केरुङ कन्स्ट्रक्शन कम्पनीको १० प्रतिशत, इन्टरनेशन फाइनानस कर्पको १२ प्रतिशत र नेपाली साझेदारको १० प्रतिशत शेयर संरचना रहेको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












