कोरियाली राजदूतले भेटे ऊर्जामन्त्री पुनलाई, माथिल्लो त्रिशुली-१ जनवरीबाट सुरु गर्ने प्रतिबद्धता
काठमाडौं१०, असोज । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र दक्षिण कोरियाली राजदूत योङग सिक पार्कबीच भेटवार्ता भएको छ । भेटमा द्धिपक्षीय हितका साथै ऊर्जा क्षेत्रमा गर्ने सहकार्यका विषयमा छलफल भएको थियो ।
मन्त्री पुनले भेटमा कोरियाले नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानप्रती सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरेका थिए । उने ऊर्जा क्षेत्रमा लगानीको वातावरण बनेको भन्दै कोरियाली लगानीकर्तालाई थप लगानी गर्न आव्हान समेत गरे ।
नेकपाका स्थायी समिति सदस्यसमेत रहेका मन्त्री पुनले नेपालमा राजनीतिक स्थायीत्वको युग सुरु भइसकेको भन्दै वर्तमान सरकारको प्राथमिकता शिक्षा,स्वास्थ्य र पूर्वाधार विकासमा रहेको जानकारी दिंदै त्यसका लागि कोरियाली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे ।
मन्त्री पुनले चमेलिया जलविद्युत आयोजना निर्माणमा पु¥याएको योगदानप्रति धन्यवाद व्यक्त गर्दै गुणस्तरीय कोरियाली निर्माण कम्पनी नेपालमा काम गर्न सक्ने धारणा राखे ।
हेजिङ फण्डबारे आफूले राष्ट्र बैंक र अर्थमन्त्रालयका अधिकारीहरु राखेर ऊर्जामन्त्रालयमा छलफल गरिसकेको र छिट्टै परिणाम सकरात्मक आउनेमा आफू आशावादी रहेको बताए ।
भेटमा राजदूत पार्कले कोरियाली कम्पनीले बनाउने तयारी गरिरहेको २१६ मेगावाटको माथिल्लो त्रिशुली -१ जस्ता परियोजना नेपालको विकासको लागि आवश्यक रहेको भन्दै त्यसको प्रगतिबारे मन्त्री पुनलाई जानकारी गराएका थिए । उनले हेजिङ फण्डका लागि मन्त्री पुनले पहल गरिदिएको भन्दै धन्यवाद दिए ।
भेटमा कोरियन राजदूतले ऊर्जामन्त्री पुनले मन्त्रीका रुपमा कार्यभार सम्हालेसँगै सार्वजनिक गरेको मार्गचित्रमा १० वर्षमा १५ हजार मेगावाट उत्पादन गर्ने लक्ष्य राखेको भन्दै त्यसका लागिसमेत नेपाललाई वैदेशिक लगानी आवश्यक पर्ने धारणा राखेका थिए ।
‘तपाईको मार्गभित्र मैले पढेको छु, त्यो एकदमै राम्रो पनि लाग्यो, तर हेजिङ फण्ड बन्यो भने त्यसले वैदेशिक लगानी भित्रयाउन सजिलो हुन्छ र तपाईहरुको सपना पूरा हुन्छ,’ राजदूत पार्कले भेटमा भने ।
राजदूत पार्कले कोरियन कम्पनीले जिम्मा पाएको माथिल्लो त्रिशुली-१ जलविद्युत परियोजना आगामी जनवरीबाट निर्माण सुरु गर्ने जानकारीसमेत दिए ।
राजदूतसँगै सहभागी भएका उक्त कम्पनीका प्रतिनिधिले समेत परियोजना यथासम्भव र निश्चित मयभित्र पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले परियोजनाले नेपालको विकासमा ठूलो योगदान पुग्ने भन्दै त्यसका लागि ४ सय ५० मिलियन डलर ऋण लिने प्रक्रियामा कम्पनीले प्रक्रिया अघि बढाइसकेको जानकारी दिए ।
२१६ मेगावाटको माथिल्लो त्रिशुली–१ परियोजनामा कोरियन साउथ इस्ट पावर कम्पनी लिमिटेडको ५२ प्रतिशत, डेलिम कन्स्ट्रक्शन कम्पनी लिमिटेडको १६ प्रतिशत, केरुङ कन्स्ट्रक्शन कम्पनीको १० प्रतिशत, इन्टरनेशन फाइनानस कर्पको १२ प्रतिशत र नेपाली साझेदारको १० प्रतिशत शेयर संरचना रहेको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












