पोखरा प्रिमियर लिगमा ६ टिम घोषणा, मार्की खेलाडीमा कोको ?
काठमाडाैँ ११,असोज । आगामी कात्तिक दोस्रो साता पोखरामा हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा भाग लिने ६ टिम, स्वामित्व र ६ मार्की खेलाडीको टुंगो लागेको छ।
क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा हुने प्रतियोगिता कात्तिक ९ देखि २० गतेसम्म हुने पिपिएलको टिम र खेलाडी बिहीबार घोषणा गरिएको हो।
पिपिएल पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछ। पिपिएलका लागि महत्वपूर्ण मानिएको मैदानसहित पिच निर्माण कार्य भइरहेको छ। भारतका क्युरेटरसहितको टिमले काम अघि बढाइरहेको छ। मैदानमा ४ वटा पिच निर्माण गरिनेछ।
यस्ता छन् टिम स्वामित्व र मार्की प्लेयर
चितवन राइनोज
टिम स्वामित्व– युवा व्यावसायी राहुल महरा र टिम । युवा व्यवसायीसहित एनआरन नेपालीको लगानी।
मार्की प्लेयर– पारस खड्का
विराटनगर टाइटन्स्
टिम स्वामित्व– पूर्व क्रिकेटर तथा व्यावसायी पारस लुनियासहितको टिम।
मार्की प्लेयर– सन्दीप लामिछाने
बुटवल ब्लास्टर्स
टिम स्वामित्व– नरेश गौतमसहितको व्यवसायीको युवा टिम।
मार्की प्लेयर– सोमपाल कामी।
पोखरा पल्टन
टिम स्वामित्व– व्यवसायी विनायक पोखरेलसहितको टिम।
मार्की प्लेयर– शरद भेषवाकर।
एक्पर्ट धनगढी ब्लुज
टिम स्वामित्व–तोयानाथ अार्याल । एक्पर्ट एजुकेसन एन्ड भिसा सर्भिस।
मार्की प्लेयर– दीपेन्द्रसिंह ऐरी ।
हुलास काठमाडौं रोयल्स
टिम स्वामित्व– राज्यलक्ष्मी गोल्छा।
मार्की प्लेयर– ज्ञानेन्द्र मल्ल।
टिम र मार्की प्लेयर घोषणा भएसँगै पिपिएलको अक्सन आगामी आइतबार हुनेछ। अघिल्लो दुई साता दर्ता गरेका खेलाडीबीच अक्सन गराइनेछ। पिपिएलमा सहभागी हुने खेलाडीलाई क्याप्ड सिनियर, क्याप्ड एज लेभल र अनक्याप्ड गरी तीन श्रेणीमा विभाजन गरिएको छ।
क्याप्ड सिनियरमा नेपालको सिनियर राष्ट्रिय टिमबाट प्रतिनिधित्व खेलाडीलाई राखिएको छ। क्याप्ड एज लेभलमा नेपालको उमेर समूह (यू–१५, यू–१७, यू–१९, यू–२१ र यू–२३)टिमको प्रतिनिधित्व गरेका खेलाडीलाई राखिएको छ। अनक्याप्ड श्रेणीमा नेपालको राष्ट्रिय र उमेर समूहको टिमबाट खेलेका बाहेकका खेलाडीलाई राखिएको छ।
क्याप्ड सिनियर खेलाडीको न्यूनतम मूल्य (बेस प्राइस) ५० हजार रुपैयाँ राखिएको छ भने अधिकतम मूल्य(म्याक्सिमम प्राइस) २ लाख ५० हजार रुपैयाँ राखिएको छ। क्याप्ड एज लेभलको न्यूनतम मूल्य पनि ५० हजार राखिएको छ भने अधितम मूल्य १ लाख ५० हजार निर्धारण गरिएको छ। अनक्याप्ड श्रेणीको न्यूनतम मूल्य ३० हजार र अधिकतम मूल्य १ लाख रुपैयाँ रखेको छ।
पिपिएलका लागि एक टिमले न्यूनतम १५ खेलाडी र अधिकतम १८ खेलाडी आबद्ध गर्नु पर्नेछ। अक्सनबाट न्यूनतम १० खेलाडी आवद्ध गर्नु पर्नेछ। एक टिमले १ मार्की खेलाडी, २ जना विदेशी खेलाडी र २ जना लोकल आइकन प्लेयरलाई पनि राख्नु पर्नेछ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












