मन्त्री महासेठ भन्छन,१० प्रतिशत भाडा वृद्धिको निर्णय पुनरविचार हुन्छ
काठमाडाैँ १३ असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले सार्वजनिक यातायातमा १० प्रतिशत भाडा वृद्धिको निर्णय पुनरविचार हुने दाबी गरेका छन् ।
उनले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा ४५ प्रतिशत सहुलियत दिने सहमतिलाई पूर्णरुपमा कार्यान्वयन गर्ने आश्वास समेत दिएका छन् ।
अनेरास्ववियु पशुपति क्याम्पस कमिटीको ज्ञापन पत्र बुझ्दै मन्त्री महासेठले आफू नभएको बेला १० प्रतिशत भाडा बढाइएको भन्दै त्यसलाई पुनरविचार गर्ने बताएका हुन् ।
ज्ञापन पत्र बुझाउन गएका अनेरास्ववियुका सचिव सुदेश पराजुलीले भने, ‘मन्त्रीज्यूले अहिले वृद्धि भएको १० प्रतिशत भाडा पुनर्विचार गर्ने र ४५ प्रतिशत विद्यार्थी सहुलियतको पूर्ण कार्यान्वयन गर्ने बताउनु भएको छ । हामीलाई विश्वास छ उहाँले छिटो निर्णय लिनुहुने छ ।’
यसअघि यातायात व्यवसायीहरुले देशभर यातायातका साधन ठप्प पार्दै दशैंको अगि्रम टिकट बुकिङ समेत नखुलाएपछि सरकारले १० प्रतिशत भाडा वृद्धि गर्ने सहमति गरेको थियो । भाडा बढाउने सहमतिलगत्तै टिकट बुकिङ पनि खुलेको थियो तर, बुकिङमा विद्यार्थीहरुले सहुलियत नपाएको गुनासो गर्दै आएका छन् ।
Comments
अरु समाचार
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...











