मन्त्री महासेठ भन्छन,१० प्रतिशत भाडा वृद्धिको निर्णय पुनरविचार हुन्छ
काठमाडाैँ १३ असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले सार्वजनिक यातायातमा १० प्रतिशत भाडा वृद्धिको निर्णय पुनरविचार हुने दाबी गरेका छन् ।
उनले विद्यार्थीहरुलाई सार्वजनिक यातायातमा ४५ प्रतिशत सहुलियत दिने सहमतिलाई पूर्णरुपमा कार्यान्वयन गर्ने आश्वास समेत दिएका छन् ।
अनेरास्ववियु पशुपति क्याम्पस कमिटीको ज्ञापन पत्र बुझ्दै मन्त्री महासेठले आफू नभएको बेला १० प्रतिशत भाडा बढाइएको भन्दै त्यसलाई पुनरविचार गर्ने बताएका हुन् ।
ज्ञापन पत्र बुझाउन गएका अनेरास्ववियुका सचिव सुदेश पराजुलीले भने, ‘मन्त्रीज्यूले अहिले वृद्धि भएको १० प्रतिशत भाडा पुनर्विचार गर्ने र ४५ प्रतिशत विद्यार्थी सहुलियतको पूर्ण कार्यान्वयन गर्ने बताउनु भएको छ । हामीलाई विश्वास छ उहाँले छिटो निर्णय लिनुहुने छ ।’
यसअघि यातायात व्यवसायीहरुले देशभर यातायातका साधन ठप्प पार्दै दशैंको अगि्रम टिकट बुकिङ समेत नखुलाएपछि सरकारले १० प्रतिशत भाडा वृद्धि गर्ने सहमति गरेको थियो । भाडा बढाउने सहमतिलगत्तै टिकट बुकिङ पनि खुलेको थियो तर, बुकिङमा विद्यार्थीहरुले सहुलियत नपाएको गुनासो गर्दै आएका छन् ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












