अब शून्य लागतमा मलेसिया,म्यानपावरको सेवा शुल्कसमेत रोजगारदाता कम्पनिले बेहोर्ने
काठमाडाैँ १४,असोज । रोजगारीका मलेसिया जाने कामदारसँग अब म्यानपावर कम्पनीले सेवा शुल्कसमेत लिन नपाउने गरी ‘शून्य लागत’सम्बन्धी व्यवस्था लागू हुने भएको छ । म्यानपावर कम्पनीले कामदारसँग सेवा शुल्कका नाममा बढी रकम असुलेपछि नयाँ व्यवस्था लागू हुन लागेको हो । नेपाल सरकारले यससम्बन्धमा राखेको प्रस्तावमा मलेसिया सरकार सहमत भएपछि म्यानपावरको सेवा शुल्कसहित कामदारले तिर्नुपर्ने सबै शुल्कको लागत शून्य हुने भएको हो ।
१७ वर्षदेखि रोजगारीका लागि लोकप्रिय गन्तव्यका रूपमा रहँदै आएको मलेसियामा यसअघि ‘फ्रि भिसा, फ्रि टिकट’को अवधारणा लागू भए पनि म्यानपावर व्यवसायीको अवरोध र अस्थिर राजनीतिका कारण लागू हुन सकेको थिएन । नेपाली कामदारको लागि मलेसिया र नेपालका दुवै सरकारले गरेको यो निर्णय वैदेशिक रोजगारीको क्षेत्रमै ऐतिहासिक भएको सरोकारवालाहरू बताउँछन् । अब रोजगारीका लागि मलेसिया जाने नेपाली युवाका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रियागत शुल्क रोजगारदाता कम्पनीले नै बेहोर्ने सहमति भएको छ ।
नेपाल र मलेसियाबीच कामदार आपूर्ति गर्ने विषयमा समझदारीपत्र (एमओयू) को मस्यौदामा सहमति जुटेपछि मलेसिया जाने कामदारको सबै खर्च रोजगारदाताले बेहोर्ने भएका हुन् । मलेसिया र नेपाल सरकारबीच पटकपटक अनौपचारिक छलफल गरिएपछि अन्तिम प्रस्तावित मस्यौदा लिएर मलेसिया गएको नेपाली टोलीको प्रस्तावलाई त्यहाँको सरकारले सहमति जनाएको हो र यससँगै लागत शून्य हुने भएको हो । मलेसियाका लागि नेपाली कार्यवाहक राजदूत कुमारराज खरेलले पनि मलेसिया जाने कामदारको सम्पूर्ण खर्च रोजगारदाताले बेहोर्ने गरी सहमतिपत्रको मस्यौदामा सहमति भएको पुष्टि गरे ।
“नेपाल र मलेसिया सरकारका अधिकारी बसेर छलफल गरी प्रस्तावित मस्यौदामा सहमति भएको छ,” उनले कारोबारसँग भने, “रोजगारदाताले कामदारको भिसा, आतेजाते हवाई टिकट, मेडिकल खर्च र सेवा शुल्कको रकमसमेत बेहोर्ने सहमति भएको छ ।” शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको संयोजकत्वमा गएको प्रतिनिधिमण्डलसँगको प्रस्तावित मस्यौदामा भएको छलफलपछि मलेसिया सरकार नेपालले लामो समयदेखि राख्दै आएको शून्य लागतमा नेपाली कामदार लिने प्रस्तावमा सहमति भएको छ । सहसचिवस्तरमा भएको सहमतिपछि २ देशका मन्त्रीहरूबीच हस्ताक्षर भएपछि लागू हुने मलेसियाका लागि कार्यवाहक नेपाली राजदुत खरेलले जानकारी दिए ।
छलफलपछि भएको सहमतिअनुसार ५ महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने निश्चित भएको छ । दुई पक्षले आ–आफ्नो तर्फबाट तयारी पूरा गरेपछि कुटनीतिक माध्यमबाट मस्यौदामा हस्ताक्षर गर्ने मितिको तय मन्त्रालयले गर्ने जनाएको छ । छलफलमा मलेसियाको गृह तथा मानव संशाधन मन्त्रालयका उच्च अधिकारीहरू र नेपाली टाली सहभागिता रहेको थियो । श्रमन्त्री गोकर्ण बिष्टले मलेसिया जाने कामदारलाई विभिन्न प्रक्रियाका नाम ठगी गरे जनाउँदै मलेसियामा नेपाली कामदार पठाउने प्रक्रिया ५ महिना अघि रोक्का गरेका थिए । मलेसियामा कामदार जान रोकिएपछि नेपाल र मलेसियाबीच श्रम सम्झौता गर्नेसम्बन्धी समझदारी (एमओयू) पटक पटकसम्म छलफल भएको थियो ।
कम्पनीले बेहोर्ने खर्च
-ओहोरदोहोरको हवाई खर्च
-स्वास्थ्य परीक्षण शुल्क
-भिसा शुल्क
-म्याननपावर सेवा शुल्क
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












