नेकपामा घोचपेचः योगेश भट्टराई र विष्णु रिमाल बिच यसरी चुलिदैछ लाइन संघर्ष
काठमाडाैँ १५,असोज । आन्तरिक एकीकरणको प्रक्रियामा रहेको नेपाल कम्युनिस्ट पार्टीमा पूर्व एमालेभित्र आरोपप्रत्यारोप चुलिएको छ। पार्टीको आन्तरिक एकता प्रक्रियामा असन्तुष्ट नेता माधव नेपालले संसद् बैठकमा आफ्नै पार्टीले नेतृत्व गरेको सरकारको आलोचना गरेपछि सुरु भएको घोचपेच राजनीतिमा दोस्रो तहका नेतासमेत जोडिन पुगेका छन्।
संसद् बैठकमा नेता नेपालले सरकारको काम सन्तोषजनक नभएको टिप्पणी गर्दै देश डुब्न लागेको बताएका थिए। त्यसको जवाफमा संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले भने, म केही दिनका लागि संयुक्त राष्ट्रसंघतिर आएँ, केही नेताले लौ न देश डुब्न लाग्यो, कोही त आऊ बचाऊ भनेको सुनियो । म फर्केर गइहाल्छु, त्यो समस्याको कुरा होइन ।’
घोचपेचको यही शृंखलामा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल पनि जोडिए । उनले नेता नेपाललाई लक्षित गर्दै ट्विट गरे, ‘मानिसको पतन त्यस समय सुरु हुन्छ, जब आफ्नैलाई ढाल्न पराईसँग सल्लाह लिन सुरु गरिन्छ।’ रिमालको ट्विट संसद्मा नेता नेपालले सरकारको कामलाई लिएर गरेको आलोचनातर्फ लक्षित थियो। नेता नेपालले सरकारको कामका बारेमा गरेको आलोचनालाई प्रतिपक्षीले समेत समर्थन जनाएका थिए।
रिमाल प्रधानमन्त्रीको भ्रमण टोलीमा ओलीसँग साथै छन्। रिमालको १२ असोजको ट्विटको जबाफमा नेता नेपाल निकट स्थायी समिति सदस्य योगेश भट्टराईले १३ असोजमा ट्विट गरे, ‘सत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन्। कठै दोषी चस्मा!’
नेकपाभित्र शीर्ष तहका नेताबीच घोचपेच चलिरहँदा पछिल्लो पुस्ताले त्यसलाई पछ्याउन नहुने विचार राख्ने नेताहरु पनि छन्। ओलीनिकटका केन्द्रीय सदस्य राजन भट्टराई नेतृत्व तहमा हुने यस्ता असन्तुष्टि छलफलपछि माथिल्लो तहमै टुंगिने भएकाले यस्ता विषयलाई पछिल्लो पुस्ताले पछ्याउन नहुने बताउँछन्। ‘जुन पुस्तालाई हामी सुध्रिनुपर्छ भनिरहेका छौं, त्यही पुस्ताले गरेका नकारात्मक अभ्यासलाई हामीले पछ्याउनु हुँदैन’, उनले भने।
नेतृत्व तहमा भएको घोचपेचलाई लिएर दोस्रो पुस्ता पनि आरोपप्रत्यारोपमा उत्रिएबाट पहिलो र दोस्रो पुस्ताबीच भिन्नता नै नदेखिएको उनको भनाइ छ। ‘पहिलो पुस्ताले गरिरहेका गलत अभ्यासलाई हामीले पनि पछ्यायौं भने के भिन्नता भयो र’, उनले थपे। भट्टराईले पार्टीभित्र बेलाबेलामा यस्ता असन्तुष्टि देखा पर्ने बताए । पार्टीभित्रका असन्तुष्टि पार्टीकै आधिकारिक बैठक वा फोरममा मात्र राख्नुपर्ने नियम भए पनि लोकतान्त्रिक अभ्यासअन्तर्गत कहिलेकाहीं बाहिर पनि आउने गरेको उनको भनाइ छ।
नेता नेपालनिकटका केन्द्रीय सदस्य ठाकुर गैर अहिले देखिएको विवाद कुनै व्यक्तिविशेषको भन्दा पनि समग्र पार्टीको विषय भएकाले व्यक्तिगत लाञ्छनामा उत्रिन नहुने बताउँछन्। ‘यो व्यक्तिको विषय होइन, समग्र पार्टीसँग जोडिएको विषय भएकाले यसको समाधान पनि त्यसरी नै खोजिनुपर्छ,’ गैरेले भने । हाल पार्टी स्थायी समितिको बैठक नबसेको र निर्णयहरु संस्थागत हुन नसकेको उनको भनाइ छ ।
अहिले देखिएको समस्या समाधानको एकमात्र विकल्प स्थायी समितिको बैठक भएकाले तत्काल बैठक बोलाएर समस्या समाधान गर्नुपर्ने उनले बताए। ‘शीर्ष नेताले व्यक्त गर्ने विषयले समाजलाई तरंगित गर्नु र त्यस्ता विषयमा बहस हुनु स्वाभाविक हो तर बहसमा कसरी प्रस्तुत हुने भन्ने कुरा व्यक्तिले सोच्नुपर्छ’, गैरेले भने। विधानमा व्यवस्था भएको विधिअनुसार पार्टी अघि बढेमा कुनै समस्या नआउने उनको भनाइ छ। ‘व्यक्ति होइन, विधिलाई पछ्याउने र सामूहिक नेतृत्वको अभ्यास पालना गर्दै वैधानिक निकायलाई जिम्मेवारी दिने हो भने कुनै समस्या हुँदैन,’ उनले थपे।
अर्का केन्द्रीय सदस्य सूर्य थापाले दुई दलबीच एकता भइरहेका बेला चिनी र पानीको जस्तो घुलनशीलता हुनुपर्नेमा नेताहरुको जुहारीले दुनियाँ हसाइरहेको बताए। ‘अहिले पानी र तेलजस्तो हुने अवस्था होइन, पार्टी एकता तल्लो तहसम्म पुग्न सकेको छैन, त्यसैले यस्तो बेला नेताहरु जिम्मेवार बन्नुपर्छ,’ उनले भने। पार्टी संक्रमणकालबाट गुज्रिरहेको हालको अवस्थामा कहीं कतैबाट उकास्ने प्रयास हुने भएकाले यस्ता विषयमा नेताहरु सतर्क रहनुपर्ने उनको भनाइ छ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












