नेकपामा घोचपेचः योगेश भट्टराई र विष्णु रिमाल बिच यसरी चुलिदैछ लाइन संघर्ष
काठमाडाैँ १५,असोज । आन्तरिक एकीकरणको प्रक्रियामा रहेको नेपाल कम्युनिस्ट पार्टीमा पूर्व एमालेभित्र आरोपप्रत्यारोप चुलिएको छ। पार्टीको आन्तरिक एकता प्रक्रियामा असन्तुष्ट नेता माधव नेपालले संसद् बैठकमा आफ्नै पार्टीले नेतृत्व गरेको सरकारको आलोचना गरेपछि सुरु भएको घोचपेच राजनीतिमा दोस्रो तहका नेतासमेत जोडिन पुगेका छन्।
संसद् बैठकमा नेता नेपालले सरकारको काम सन्तोषजनक नभएको टिप्पणी गर्दै देश डुब्न लागेको बताएका थिए। त्यसको जवाफमा संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिका पुगेका प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले भने, म केही दिनका लागि संयुक्त राष्ट्रसंघतिर आएँ, केही नेताले लौ न देश डुब्न लाग्यो, कोही त आऊ बचाऊ भनेको सुनियो । म फर्केर गइहाल्छु, त्यो समस्याको कुरा होइन ।’
घोचपेचको यही शृंखलामा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल पनि जोडिए । उनले नेता नेपाललाई लक्षित गर्दै ट्विट गरे, ‘मानिसको पतन त्यस समय सुरु हुन्छ, जब आफ्नैलाई ढाल्न पराईसँग सल्लाह लिन सुरु गरिन्छ।’ रिमालको ट्विट संसद्मा नेता नेपालले सरकारको कामलाई लिएर गरेको आलोचनातर्फ लक्षित थियो। नेता नेपालले सरकारको कामका बारेमा गरेको आलोचनालाई प्रतिपक्षीले समेत समर्थन जनाएका थिए।
रिमाल प्रधानमन्त्रीको भ्रमण टोलीमा ओलीसँग साथै छन्। रिमालको १२ असोजको ट्विटको जबाफमा नेता नेपाल निकट स्थायी समिति सदस्य योगेश भट्टराईले १३ असोजमा ट्विट गरे, ‘सत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन्। कठै दोषी चस्मा!’
नेकपाभित्र शीर्ष तहका नेताबीच घोचपेच चलिरहँदा पछिल्लो पुस्ताले त्यसलाई पछ्याउन नहुने विचार राख्ने नेताहरु पनि छन्। ओलीनिकटका केन्द्रीय सदस्य राजन भट्टराई नेतृत्व तहमा हुने यस्ता असन्तुष्टि छलफलपछि माथिल्लो तहमै टुंगिने भएकाले यस्ता विषयलाई पछिल्लो पुस्ताले पछ्याउन नहुने बताउँछन्। ‘जुन पुस्तालाई हामी सुध्रिनुपर्छ भनिरहेका छौं, त्यही पुस्ताले गरेका नकारात्मक अभ्यासलाई हामीले पछ्याउनु हुँदैन’, उनले भने।
नेतृत्व तहमा भएको घोचपेचलाई लिएर दोस्रो पुस्ता पनि आरोपप्रत्यारोपमा उत्रिएबाट पहिलो र दोस्रो पुस्ताबीच भिन्नता नै नदेखिएको उनको भनाइ छ। ‘पहिलो पुस्ताले गरिरहेका गलत अभ्यासलाई हामीले पनि पछ्यायौं भने के भिन्नता भयो र’, उनले थपे। भट्टराईले पार्टीभित्र बेलाबेलामा यस्ता असन्तुष्टि देखा पर्ने बताए । पार्टीभित्रका असन्तुष्टि पार्टीकै आधिकारिक बैठक वा फोरममा मात्र राख्नुपर्ने नियम भए पनि लोकतान्त्रिक अभ्यासअन्तर्गत कहिलेकाहीं बाहिर पनि आउने गरेको उनको भनाइ छ।
नेता नेपालनिकटका केन्द्रीय सदस्य ठाकुर गैर अहिले देखिएको विवाद कुनै व्यक्तिविशेषको भन्दा पनि समग्र पार्टीको विषय भएकाले व्यक्तिगत लाञ्छनामा उत्रिन नहुने बताउँछन्। ‘यो व्यक्तिको विषय होइन, समग्र पार्टीसँग जोडिएको विषय भएकाले यसको समाधान पनि त्यसरी नै खोजिनुपर्छ,’ गैरेले भने । हाल पार्टी स्थायी समितिको बैठक नबसेको र निर्णयहरु संस्थागत हुन नसकेको उनको भनाइ छ ।
अहिले देखिएको समस्या समाधानको एकमात्र विकल्प स्थायी समितिको बैठक भएकाले तत्काल बैठक बोलाएर समस्या समाधान गर्नुपर्ने उनले बताए। ‘शीर्ष नेताले व्यक्त गर्ने विषयले समाजलाई तरंगित गर्नु र त्यस्ता विषयमा बहस हुनु स्वाभाविक हो तर बहसमा कसरी प्रस्तुत हुने भन्ने कुरा व्यक्तिले सोच्नुपर्छ’, गैरेले भने। विधानमा व्यवस्था भएको विधिअनुसार पार्टी अघि बढेमा कुनै समस्या नआउने उनको भनाइ छ। ‘व्यक्ति होइन, विधिलाई पछ्याउने र सामूहिक नेतृत्वको अभ्यास पालना गर्दै वैधानिक निकायलाई जिम्मेवारी दिने हो भने कुनै समस्या हुँदैन,’ उनले थपे।
अर्का केन्द्रीय सदस्य सूर्य थापाले दुई दलबीच एकता भइरहेका बेला चिनी र पानीको जस्तो घुलनशीलता हुनुपर्नेमा नेताहरुको जुहारीले दुनियाँ हसाइरहेको बताए। ‘अहिले पानी र तेलजस्तो हुने अवस्था होइन, पार्टी एकता तल्लो तहसम्म पुग्न सकेको छैन, त्यसैले यस्तो बेला नेताहरु जिम्मेवार बन्नुपर्छ,’ उनले भने। पार्टी संक्रमणकालबाट गुज्रिरहेको हालको अवस्थामा कहीं कतैबाट उकास्ने प्रयास हुने भएकाले यस्ता विषयमा नेताहरु सतर्क रहनुपर्ने उनको भनाइ छ।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











