प्रदेश एकको राजधानी विवाद बल्झिदै विराटनगरको विपक्षमा छन सत्तारुढ सांसद्
काठमाडाैँ १७,असोज । प्रदेश राजधानी र नामकरणबारे टुंगो लगाउन जारी नेकपा प्रदेश संसदीय दलको बैठकमा फरक–फरक धारणा आएको छ । विराटनगरमा सोमबारदेखि जारी बैठकमा बोल्ने नेकपा सांसदले आफूलाई पायक क्षेत्रमै प्रदेश राजधानी हुनुपर्ने अडान राखेका हुन् ।
दुई दिनमा ५६ जनाले आआफ्ना धारणा राखेका छन् । मुख्यमन्त्री शेरधन राईलगायत चार जना मन्त्रीले बोलेपछि बैठक सकिनेछ । राजधानीका लागि आएका सुझावमाथि प्रदेश सरकारले थप छलफल गर्ने मुख्यमन्त्री राईले बताए । ‘हामी सबैको राय लिन्छौं’, उनले भने, ‘त्यसपछि संसद्को चालू बर्खे अधिवशनबाट दसैंअगावै राजधानी र नामको टुंगो गर्छाैं ।’
बैठकमा मोरङका सांसदले विराटनगर, पहाडी र पूर्व–पश्चिम राजमार्ग आसपास तथा उत्तरका सांसदले इटहरी राजधानीका लागि उपयुक्त हुने धारणा राखेका छन् । धनकुटा, सुनसरीको चतरा वा गोठगाउँलाई पनि राजधानी बनाउन सकिने धारणा बैठकमा आएको जनाइएको छ ।
मोरङका सांसद कुलप्रसाद साम्बाले आआफ्ना क्षेत्रगत माग केन्द्रित गरेर विचार आएको तर आफूले राजधानी विराटनगरबाट मुकाम सार्न नहुने धारणा राखेको बताए । ‘यो ठाउँको ऐतिहासिकता र महत्त्वलाई ध्यानमा राख्दै राजधानी यहाँबाट सार्नु हुँदैन’, उनले भने । प्रदेशको नाम कोसी–किरात अथवा सगरमाथा–किरात हुँदा उचित हुने सुझाव आफूले दिएको उनले सुनाए ।
सांसद टंक आङ्बोहाङले सबै विषय अहिल्यै मिलाएर लैजानुपर्ने पक्षमा आफूहरू रहेको बताए । ‘भारतमा जस्तो तेलंगना वा अरू त्यस्तै मागसहितको आन्दोलन नउठोस् भनेर नामका विषयमा पनि अहिल्यै सचेत हुन जरुरी छ’, उनले भने । सांसद लीलावल्लभ अधिकारीले इटहरी र विराटनगरसँगै धनकुटा, गोठगाउँ, बराहक्षेत्रजस्ता ठाउँका विषयमा गहन रूपले प्रस्ताव आएको जानकारी दिए ।
सहमति जुट्न नसके कार्यदल बनाई निष्कर्षमा पुग्नुपर्ने उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतको भनाइ छ । ‘बैठकमा अलग–अलग विचार र सुझाव आएका छन्’, मन्त्री कुसियतले अन्नपूर्णसँग भने, ‘कार्यदल बनाएर भए पनि निर्णयमा पुग्न सकिन्छ ।’
बैठकमा पूर्व–पश्चिम राजमार्ग आसपास र त्यसभन्दा उत्तरका सांसदले विराटनगर कुनै हालतमा राजधानी हुन नसक्ने धारणा राखेका छन् । उनीहरूले इटहरी वा नजिकैका ठाउँलाई राजधानी तोक्नुपर्ने प्रस्ताव गरेका छन् । बैठकमा यस्तो धारणा आएको पुष्टि गर्दै मुख्यमन्त्री राईले अधिक सांसद विराटनगरको विपक्षमा रहेको सुनाए । सदनमा चुनावी प्रक्रियामा गए विराटनगर राजधानी हुन नसक्ने दाबी उनले गरे ।
‘ठाउँलाई लिएर भोटिङ भयो भने विराटनगर पहिलो चरणमै आउट हुन्छ’, उनले भने, ‘झन्झटिलो चुनावी व्यवस्थाले यो विषय अझ लम्बिएर जान्छ । मोरङका एक–दुई जनाबाहेक विपक्षका अरू सांसद पनि विराटनगरको पक्षमा हुनुहुन्न ।’
सर्वसम्मत रूपमा विराटनगर नै राजधानी हुने तर व्यवस्थापिका तथा सरकारका अन्य अंग विकेन्द्रित गरिने उनले स्पष्ट गरे ।
‘सबै संरचना एकै ठाउँमा हुनुपर्छ भन्ने छैन । इटहरी र विराटनगर आधा घण्टाको दूरीमा छन्, कार्यपालिका यता भयो भने व्यवस्थापिका उता रहँदा अनौठो हुँदैन । संघीयताको मर्म पनि एकै ठाउँ भन्ने होइन, विकेन्द्रित नै हो’, उनले भने, ‘आन्दोलनको बलले मात्र यो विषय टुंगिने होइन । धनकुटा, इटहरी वा विराटनगर सबैतिर आन्दोलन उठ्ने हो भने त्यसलाई थेग्न सकिँदैन ।’
उनले सरकारले सर्वसम्मत रूपमा विराटनगरलाई नै राजधानी तोक्ने तर अरू अड्डा विकेन्द्रित गरिने जानकारी दिए । विराटनगरबाहिर बस्ने प्रदेशका ४५ लाख जनसंख्याको अपेक्षालाई पनि सम्बोधन गर्न जरुरी रहेको उनको भनाइ छ ।
बृहत्तर विराटनगरसम्बन्धी सरकारको योजना पनि नयाँ ठाउँको विकासका लागि भएको उनले सुनाए । ‘हामी एक–डेढ सय बिघा जग्गाको खोजीमा छौं’, उनले भने, ‘त्यो प्राप्त हुनासाथ नयाँ स्मार्ट सिटी तथा सरकारका निकाय त्यहीं एकै ठाउँ राख्ने योजना पनि छ ।’ तर, सांसदले भने प्रदेशका कार्यालय विकेन्द्रित गर्दा सास्ती हुने धारणा राखेका छन् ।
उनले मन्त्रीहरूले नाम र राजधानीको विषयमा बाहिर अभिव्यक्ति दिँदा परिस्थिति बिग्रिने भन्दै यसबारे नबोल्न सचेत गराए । आन्तरिक मामिलामन्त्री हिक्मत कार्की र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो राजधानी विराटनगर हुनुपर्ने पक्षमा छन् ।
मन्त्रीद्वय जीवन घिमिरे र जगदीश कुसियत मौन छन् । कार्की नाम कोसी वा सगरमाथा हुनुपर्ने पक्षमा छन् । आङ्बो र मुख्यमन्त्री राई नाममा किरात हुनुपर्ने पक्षमा देखिएका छन् । प्रदेश १ मा नेकपा दुईतिहाइ बहुमतसहित सरकारमा छ ।
Comments
अरु समाचार
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
कोशी प्रदेश : चार महिनामा लैङ्गिक हिंसाका २८६ मुद्दा दर्ता
झापा । कोशी प्रदेशमा चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक अवधिमा लैङ्गिक हिंसाका २८६ वटा मुद्दा दर्ता भएको प्रहरीले...
-
फक्ताङलुङमा घाँस काट्ने क्रममा लडेर एक जनाकाे मृत्यु !
काठमाडाैं । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय बलबहादुर...
-
पाख्रिबासमा माइक्रोबस दुर्घटना एकजनाकाे मृत्यु, १३ जना घाइते !
काठमाडौं । धनकुटामा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट संखुवासभाको सदरमुकाम खाँदवारी जाँदै गरेको बा...
-
‘सम्झना टोल विकास संस्था’ को साधारणसभा सम्पन्न, विकासप्रेमी केदार कार्की पुनः अध्यक्षमा चयन
विराटनगर । विराटनगर महानगरपालिका वडा नं ५ स्थित सम्झना टोलविकास संस्थाको २६ औं वार्षिक साधारणसभाले केदार कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको...












