प्रदेश एकको राजधानी विवाद बल्झिदै विराटनगरको विपक्षमा छन सत्तारुढ सांसद्
काठमाडाैँ १७,असोज । प्रदेश राजधानी र नामकरणबारे टुंगो लगाउन जारी नेकपा प्रदेश संसदीय दलको बैठकमा फरक–फरक धारणा आएको छ । विराटनगरमा सोमबारदेखि जारी बैठकमा बोल्ने नेकपा सांसदले आफूलाई पायक क्षेत्रमै प्रदेश राजधानी हुनुपर्ने अडान राखेका हुन् ।
दुई दिनमा ५६ जनाले आआफ्ना धारणा राखेका छन् । मुख्यमन्त्री शेरधन राईलगायत चार जना मन्त्रीले बोलेपछि बैठक सकिनेछ । राजधानीका लागि आएका सुझावमाथि प्रदेश सरकारले थप छलफल गर्ने मुख्यमन्त्री राईले बताए । ‘हामी सबैको राय लिन्छौं’, उनले भने, ‘त्यसपछि संसद्को चालू बर्खे अधिवशनबाट दसैंअगावै राजधानी र नामको टुंगो गर्छाैं ।’
बैठकमा मोरङका सांसदले विराटनगर, पहाडी र पूर्व–पश्चिम राजमार्ग आसपास तथा उत्तरका सांसदले इटहरी राजधानीका लागि उपयुक्त हुने धारणा राखेका छन् । धनकुटा, सुनसरीको चतरा वा गोठगाउँलाई पनि राजधानी बनाउन सकिने धारणा बैठकमा आएको जनाइएको छ ।
मोरङका सांसद कुलप्रसाद साम्बाले आआफ्ना क्षेत्रगत माग केन्द्रित गरेर विचार आएको तर आफूले राजधानी विराटनगरबाट मुकाम सार्न नहुने धारणा राखेको बताए । ‘यो ठाउँको ऐतिहासिकता र महत्त्वलाई ध्यानमा राख्दै राजधानी यहाँबाट सार्नु हुँदैन’, उनले भने । प्रदेशको नाम कोसी–किरात अथवा सगरमाथा–किरात हुँदा उचित हुने सुझाव आफूले दिएको उनले सुनाए ।
सांसद टंक आङ्बोहाङले सबै विषय अहिल्यै मिलाएर लैजानुपर्ने पक्षमा आफूहरू रहेको बताए । ‘भारतमा जस्तो तेलंगना वा अरू त्यस्तै मागसहितको आन्दोलन नउठोस् भनेर नामका विषयमा पनि अहिल्यै सचेत हुन जरुरी छ’, उनले भने । सांसद लीलावल्लभ अधिकारीले इटहरी र विराटनगरसँगै धनकुटा, गोठगाउँ, बराहक्षेत्रजस्ता ठाउँका विषयमा गहन रूपले प्रस्ताव आएको जानकारी दिए ।
सहमति जुट्न नसके कार्यदल बनाई निष्कर्षमा पुग्नुपर्ने उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतको भनाइ छ । ‘बैठकमा अलग–अलग विचार र सुझाव आएका छन्’, मन्त्री कुसियतले अन्नपूर्णसँग भने, ‘कार्यदल बनाएर भए पनि निर्णयमा पुग्न सकिन्छ ।’
बैठकमा पूर्व–पश्चिम राजमार्ग आसपास र त्यसभन्दा उत्तरका सांसदले विराटनगर कुनै हालतमा राजधानी हुन नसक्ने धारणा राखेका छन् । उनीहरूले इटहरी वा नजिकैका ठाउँलाई राजधानी तोक्नुपर्ने प्रस्ताव गरेका छन् । बैठकमा यस्तो धारणा आएको पुष्टि गर्दै मुख्यमन्त्री राईले अधिक सांसद विराटनगरको विपक्षमा रहेको सुनाए । सदनमा चुनावी प्रक्रियामा गए विराटनगर राजधानी हुन नसक्ने दाबी उनले गरे ।
‘ठाउँलाई लिएर भोटिङ भयो भने विराटनगर पहिलो चरणमै आउट हुन्छ’, उनले भने, ‘झन्झटिलो चुनावी व्यवस्थाले यो विषय अझ लम्बिएर जान्छ । मोरङका एक–दुई जनाबाहेक विपक्षका अरू सांसद पनि विराटनगरको पक्षमा हुनुहुन्न ।’
सर्वसम्मत रूपमा विराटनगर नै राजधानी हुने तर व्यवस्थापिका तथा सरकारका अन्य अंग विकेन्द्रित गरिने उनले स्पष्ट गरे ।
‘सबै संरचना एकै ठाउँमा हुनुपर्छ भन्ने छैन । इटहरी र विराटनगर आधा घण्टाको दूरीमा छन्, कार्यपालिका यता भयो भने व्यवस्थापिका उता रहँदा अनौठो हुँदैन । संघीयताको मर्म पनि एकै ठाउँ भन्ने होइन, विकेन्द्रित नै हो’, उनले भने, ‘आन्दोलनको बलले मात्र यो विषय टुंगिने होइन । धनकुटा, इटहरी वा विराटनगर सबैतिर आन्दोलन उठ्ने हो भने त्यसलाई थेग्न सकिँदैन ।’
उनले सरकारले सर्वसम्मत रूपमा विराटनगरलाई नै राजधानी तोक्ने तर अरू अड्डा विकेन्द्रित गरिने जानकारी दिए । विराटनगरबाहिर बस्ने प्रदेशका ४५ लाख जनसंख्याको अपेक्षालाई पनि सम्बोधन गर्न जरुरी रहेको उनको भनाइ छ ।
बृहत्तर विराटनगरसम्बन्धी सरकारको योजना पनि नयाँ ठाउँको विकासका लागि भएको उनले सुनाए । ‘हामी एक–डेढ सय बिघा जग्गाको खोजीमा छौं’, उनले भने, ‘त्यो प्राप्त हुनासाथ नयाँ स्मार्ट सिटी तथा सरकारका निकाय त्यहीं एकै ठाउँ राख्ने योजना पनि छ ।’ तर, सांसदले भने प्रदेशका कार्यालय विकेन्द्रित गर्दा सास्ती हुने धारणा राखेका छन् ।
उनले मन्त्रीहरूले नाम र राजधानीको विषयमा बाहिर अभिव्यक्ति दिँदा परिस्थिति बिग्रिने भन्दै यसबारे नबोल्न सचेत गराए । आन्तरिक मामिलामन्त्री हिक्मत कार्की र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो राजधानी विराटनगर हुनुपर्ने पक्षमा छन् ।
मन्त्रीद्वय जीवन घिमिरे र जगदीश कुसियत मौन छन् । कार्की नाम कोसी वा सगरमाथा हुनुपर्ने पक्षमा छन् । आङ्बो र मुख्यमन्त्री राई नाममा किरात हुनुपर्ने पक्षमा देखिएका छन् । प्रदेश १ मा नेकपा दुईतिहाइ बहुमतसहित सरकारमा छ ।
Comments
अरु समाचार
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...
-
व्यवहारिक ज्ञान दिन एभरेष्ट स्कुल सक्रिय, वालवालिकाको सीप देख्दा अभिभावक दंग
विराटनगर । आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन्...
-
संखुवासभामा साठ्ठी मुरी धान फलाउँदा तीस हजार पुरस्कार
काठमाडौं । सङ्खुवासभाको पाँचखपन नगरपालिकामा ६० मुरी धान फलाउने किसान सम्मानित भएका छन् । पाँचखपन नगरपालिका –६ का कृषक भिम...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...











