सामाजिक विकास मन्त्री सुदर्शन बरालद्वारा प्रदेश ५ मा शिक्षा विकास निर्देशनालय स्थापना
बुटवल१८, असोज। प्रदेश ५ मा शिक्षा विकास निर्देशनालय स्थापना भएको छ । सामाजिक विकास मन्त्रालयको भवनमा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री सुदर्शन बरालले ब्यानर खोलेर निर्देशनालयको उद्घाटन गरे ।
मन्त्री बरालले आफ्नो मन्त्रालयको मुख्य काम मानिएको शिक्षा र यसको गुणस्तर सहितको विकासका लागि अब सहज हुने विश्वास ब्यक्त गरे । उनले शिक्षाबिना प्रदेश र देशकै विकास नहुने भएकाले बजेटमा वृद्धि गरी गुणस्तरीय शिक्षामा जोड दिइएको बताए ।
‘पालिकामा रहेका सबै विद्यालयहरुमा एकै किसिमको पाठ्यक्रम, पाठ्यपुस्तक र ड्रेसकोड बनाउने योजनामा छौं, यसले कमिसन खाने परम्परा पनि तोडिन्छ भने शिक्षाको गुणस्तरमा प्रभावकारिता बढ्छ’ मन्त्री बरालले भने ।
गुणस्तरीय शिक्षाका नाममा बाषिर्क २६ अर्ब बाहिरी मुलुकमा जाने गरेको भन्दै मन्त्री बरालले यसलाई रोक्नका लागि आफ्नो मन्त्रालयले गम्भीर ढंगले सोचिरहेकोे उल्लेख गरे ।
‘अहिले सिरानी हालेर सुत्ने जति सर्टिफिकेटको थुप्रो छ तर पनि हामी केही नभएजस्तो देखिन्छौं,अब प्राविधिक, सीपमूलक र रोजगारमूलक शिक्षामा जोड दिनुपर्छ’ उनले भने ।
माध्यमिक तहको शिक्षामा नया प्रयोगका लागि दुर्गममा रहेका शिक्षकहरुका लागि अध्ययन विधिका लागि एप बनाउने बारेमा आफूहरुले तयारी थालेको उनको भनाइ छ ।
निर्देशनालयमा ३५ कर्मचारीको टुंगो लागेको र अन्य कर्मचारी छिटै आउने निर्देशनालयका निर्देशक जितबहादुर शाहले बताए । अहिले केन्द्र सरकारले निर्देशनालयमा तत्काललाई निर्देशक मात्रै तोकेको छ ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












