सामाजिक विकास मन्त्री सुदर्शन बरालद्वारा प्रदेश ५ मा शिक्षा विकास निर्देशनालय स्थापना
बुटवल१८, असोज। प्रदेश ५ मा शिक्षा विकास निर्देशनालय स्थापना भएको छ । सामाजिक विकास मन्त्रालयको भवनमा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री सुदर्शन बरालले ब्यानर खोलेर निर्देशनालयको उद्घाटन गरे ।
मन्त्री बरालले आफ्नो मन्त्रालयको मुख्य काम मानिएको शिक्षा र यसको गुणस्तर सहितको विकासका लागि अब सहज हुने विश्वास ब्यक्त गरे । उनले शिक्षाबिना प्रदेश र देशकै विकास नहुने भएकाले बजेटमा वृद्धि गरी गुणस्तरीय शिक्षामा जोड दिइएको बताए ।
‘पालिकामा रहेका सबै विद्यालयहरुमा एकै किसिमको पाठ्यक्रम, पाठ्यपुस्तक र ड्रेसकोड बनाउने योजनामा छौं, यसले कमिसन खाने परम्परा पनि तोडिन्छ भने शिक्षाको गुणस्तरमा प्रभावकारिता बढ्छ’ मन्त्री बरालले भने ।
गुणस्तरीय शिक्षाका नाममा बाषिर्क २६ अर्ब बाहिरी मुलुकमा जाने गरेको भन्दै मन्त्री बरालले यसलाई रोक्नका लागि आफ्नो मन्त्रालयले गम्भीर ढंगले सोचिरहेकोे उल्लेख गरे ।
‘अहिले सिरानी हालेर सुत्ने जति सर्टिफिकेटको थुप्रो छ तर पनि हामी केही नभएजस्तो देखिन्छौं,अब प्राविधिक, सीपमूलक र रोजगारमूलक शिक्षामा जोड दिनुपर्छ’ उनले भने ।
माध्यमिक तहको शिक्षामा नया प्रयोगका लागि दुर्गममा रहेका शिक्षकहरुका लागि अध्ययन विधिका लागि एप बनाउने बारेमा आफूहरुले तयारी थालेको उनको भनाइ छ ।
निर्देशनालयमा ३५ कर्मचारीको टुंगो लागेको र अन्य कर्मचारी छिटै आउने निर्देशनालयका निर्देशक जितबहादुर शाहले बताए । अहिले केन्द्र सरकारले निर्देशनालयमा तत्काललाई निर्देशक मात्रै तोकेको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












