‘चिनीको मूल्य घटाउन प्रधानमन्त्रीको आदेश चाहिन्छ’
काठमाडाैँ २१,असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले चिनीको बजार मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न सार्वजनिक लेखा समितिले दिएको निर्देशन लागू गर्न नसक्ने स्पष्ट पारेका छन् ।
यादवले समितिले दिएको निर्देशन जस्तो चिनीको बजारमूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न नसक्ने र यसको लागि प्रधानमन्त्रीको लिखित आदेश दिनुपर्ने पनि बताए । उनले तत्कालका लागि ७० रुपैयाँभन्दा कममा मात्र चिनी किनबेच गर्न सबैलाई आग्रह गरे ।
यादवले लेखा समितिले निर्देशन दिएका भोलिपल्टै अथात शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी चिनीको बजार मूल्य घटाउन दिएको निर्देशन लागू गर्न नसक्ने बताएका हुन् । लेखा समितिप्रति आक्रोशित देखिएका मन्त्री यादवले तरकारी र दाल चामलको भाउ तोकिदिन समितिसँग व्यंग्य पनि गरेका छन् । समितिको बैठकमा मन्त्रीलाई नबोलाई सचिवलाई मात्र बोलाएको भन्दै उनले समितिका सदस्य प्रति आक्रोश पनि व्यक्त गरे । पत्रकार सम्मेलन भरी पत्रकारलाई गाली गर्दै समय बिताएका उद्योग मन्त्री यादवले भ्रष्टाचार गरेको आरोप लगाउने तर प्रमाण नदिने लाई पनि कारबाही हुनुपर्ने माग गर्नुभयो । मन्त्री यादवले आफूले भ्रष्टाचार गरेको भए अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने बताए । हाल बजारमा चिनी ५९ रुपैयाँदेखि ८० रुपैयाँसम्म पर्ने गरेको छ ।
Comments
अरु समाचार
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











