‘चिनीको मूल्य घटाउन प्रधानमन्त्रीको आदेश चाहिन्छ’
काठमाडाैँ २१,असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले चिनीको बजार मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न सार्वजनिक लेखा समितिले दिएको निर्देशन लागू गर्न नसक्ने स्पष्ट पारेका छन् ।
यादवले समितिले दिएको निर्देशन जस्तो चिनीको बजारमूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न नसक्ने र यसको लागि प्रधानमन्त्रीको लिखित आदेश दिनुपर्ने पनि बताए । उनले तत्कालका लागि ७० रुपैयाँभन्दा कममा मात्र चिनी किनबेच गर्न सबैलाई आग्रह गरे ।
यादवले लेखा समितिले निर्देशन दिएका भोलिपल्टै अथात शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी चिनीको बजार मूल्य घटाउन दिएको निर्देशन लागू गर्न नसक्ने बताएका हुन् । लेखा समितिप्रति आक्रोशित देखिएका मन्त्री यादवले तरकारी र दाल चामलको भाउ तोकिदिन समितिसँग व्यंग्य पनि गरेका छन् । समितिको बैठकमा मन्त्रीलाई नबोलाई सचिवलाई मात्र बोलाएको भन्दै उनले समितिका सदस्य प्रति आक्रोश पनि व्यक्त गरे । पत्रकार सम्मेलन भरी पत्रकारलाई गाली गर्दै समय बिताएका उद्योग मन्त्री यादवले भ्रष्टाचार गरेको आरोप लगाउने तर प्रमाण नदिने लाई पनि कारबाही हुनुपर्ने माग गर्नुभयो । मन्त्री यादवले आफूले भ्रष्टाचार गरेको भए अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने बताए । हाल बजारमा चिनी ५९ रुपैयाँदेखि ८० रुपैयाँसम्म पर्ने गरेको छ ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












