पीएसजीको जितमा एम्बाप्पेको १३ मिनेटमै ४ गोल
काठमाडौं २२,असोज । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलमा लियोनलाई ५–० गोलको भारी अन्तरले पराजित गरेको छ ।
आफ्नै घरेलु मैदानमा भएको खेलमा लियोनमाथि पीएसजीले शानदार जित हात पा¥यो । पीएसजीको जितमा किलियन एम्बाप्पे चम्किए । उनले ह्याट्रिक सहित ४ गोल गरे । त्यस्तै, एक गोल भने नेयमारको नाममा रह्यो ।
पहिलो हाफमा १–० को अग्रता लिएको पीएसजीले दोस्रो हाफमा ४ गोल गर्न सफल भएको थियो । खेलको नवौं मिनेटमा नै नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।
किम्पेम्बेले ३२ औ मिनेटमा रातो कार्ड मैदान बाहिरिएपछि पीएसजी १० खेलाडीमा सिमित बनेको थियो । यता, टोसेटले पहिलो हाफको अन्तिम समयमा डबल पहेँलो कार्ड खादै रातो कार्ड पाएपछि लियोन पनि १० खेलाडीमा समेटिएको थियो ।
एम्बाप्पेले १३ मिनेटभित्र ४ गोल गर्न सफल भए । चमात्कारिपूर्ण प्रदर्शन गरेका एम्बाप्पेले खेलको ६१औ मिनेटमा गोल गर्दै पीएसजीलाई दोब्बर अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटपछि अर्थात खेलको ६६ औं मिनेटमा गोल गर्दै पीएसजीलाई तेब्बर अग्रता दिलाए ।
खेलको ६९औं मिनेटमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पूरा गरेका थिए । त्यसपछि खेलको ७४ औ मिनेटमा गोल गर्दै एम्बाप्पेले चार गोल गर्दै पीएसजीलाई ५–० गोलको जित दिलाएका हुन् ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












