नेविसंघको उमेर हदको तरगं अखिलसम्म एकीकरणबाटै हदबन्दी तोक्नु पर्नेः उपाध्यक्ष पुन
काठमाडाैँ २२,असोज । नेपाली कांग्रेसले विवादका बीच आफ्नो विद्यार्थी संगठन नेविसंघमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेपछि नेकपा निकटका विद्यार्थी संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीभित्र पनि उमेरको बहसले पुनर्जीवन पाएको क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले बताएका छन ।
४५ वर्ष उमेर कटिसकेका अध्यक्षले नेतृत्व गरेको कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लगाइने भएपछि सत्तारुढ नेकपाका विद्यार्थी संगठनमा उमेरको बहस पुनः शुरु भएको छ । यसअघि तत्कालिन एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा ३० वर्षे उमेर हद लगाउने बहस चले पनि कार्यान्वयन भएको थिएन ।
सर्वोच्च अदालतको आदेश बमोजिम क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनमा २८ वर्षभन्दा माथिकाले चुनाव लड्न नपाउने व्यवस्था कार्यन्वयन भइसकेपछि विद्यार्थी संगठनहरुमा उमेरहदको बहस चलेको थियो । तर नेतृत्वका दाबेदार अधिकांश नेताहरु ३५ वर्षभन्दा माथिका हुने गरेकाले विद्यार्थीको नेतृत्वमा उमेर हद लगाउन कठिन भएको छ ।
उनले सकेसम्म दुई संगठनको एकीकरणबाटै उमेरको हद लगाउन पार्टी नेतृत्वलाई सुझाव दिएका छन् ।
अनेरास्ववियुमा उमेर हद र शैक्षिक योग्यताको बहस ३ वर्षअघिनै भएको थियो । तर तत्कालिन एमालेका अध्यक्ष केपी ओलीले विद्यार्थी राजनीति लोकसेवा पास गर्नका लागि नभएकाले उमेर र शैक्षिक योग्यताको बन्देज लगाउन नपर्ने भनेपछि अखिलमा उमेर हद लागेन ।
उमेर र शैक्षिक योग्यताको बहस अहिले पनि जारी रहेको र पार्टी एकीकरणपछि दुई विद्यार्थी संगठन एकता हुँदै गर्दा उमेर हद लगाउन सकिने अनेरास्ववियुकी सचिव आरती लामा बताउँछिन् । विद्यार्थी राजनीतिमा उमेर हद जरुरी भइसकेकाले आफूहरु पुनः यो बहसमा उत्रिएका लामाको भनाइ छ ।
उनले भनिन्-युवाको परिभाषा ४० वर्ष भनिएको छ । युवा संगठनमा ४० वर्षभन्दा माथिकाले बस्न नपाउने छ तर विद्यार्थीमा ४० कटेका पनि नेतृत्वमा छन् । म आफैं ३२ वर्ष हुन लागेँ, म नेतृत्वमा रहन्छु कि रहन्न भन्ने दोस्रो कुरा हो । तर विद्यार्थी संगठनमा उमेरको हद तोकिनुपर्छ ।
अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुन र अनेरास्ववियुकी उपाध्यक्ष सुनीता बरालले पनि संगठन एकीकरण गर्दानै उमेर हद लगाएर जान सकिने सुझाव नेतृत्वलाई दिएका छन् । यदि एकीकरणकै बेला उमेर हद लागेमा अहिले दुवै संगठनमा रहेका अधिकांश नेता बिदा हुनेछन् । अखिलमा उमेर हद ३२ कि ३५ वर्ष भन्ने बहस चलेको छ ।
३० देखि ३५ वर्षभित्र विद्यार्थी राजनीतिबाट विदा दिनुपर्ने विषय एकीकरणको बेलादेखि अर्को महाधिवेशनसम्म बहसमै रहने अखिलका नेताहरुले बताएका छन् । तर उमेर हदबाट अब विद्यार्थी संगठन पछि फर्किन नसक्ने क्रान्तिकारीका उपाध्यक्ष पुनले बताए ।
एमाले माओवादी एकीकरण भए पनि भातृ संगठनको एकीकरण भएको छैन । अनेरास्ववियु र अखिल क्रान्तिकारीभित्र दुई संगठन एकीकरणकै बेला उमेर हद लगाउने कि अर्को महाधिवेशनबाट लगाउने भन्ने दुईथरी धारणा छन् । अध्यक्षका दाबेदार रञ्जित तामाङ, ऐन महरलगायतले संक्रमणकालमा उमेर हद लगाउने भन्दा पनि एकता अधिवेशनबाट छलफल हुनुपर्ने तर्क गरेका छन् ।
युवासम्बन्धी राष्ट्रिय नीति तय गर्ने राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल पनि विद्यार्थी संगठनमा उमेरको हद लगाइनुपर्ने पक्षमा छन् । नेपालको सन्दर्भमा २५ वर्षभित्र अधिकांश विद्यार्थीले स्नातकोत्तर तहको पढाइ सिध्याउने भएकाले विद्यार्थी राजनीति गर्नेको उमेर हद ३० वर्षभन्दा माथि नराख्न हुने उनको सुझाव छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












