भुटानविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल
काठमाडाैँ २३,असोज । मलेसियामा जारी आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ अन्तर्गत चौथो खेलमा नेपालले आज भुटानको सामना गर्दैछ। अघिल्ला तीन खेलमा लगातार जीत निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपालले चौथो खेल भुटानसँग खेल्न लागेको हो।
युकेएम वाईएसडी ओभलमा भुटानले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ।
तुलनात्मक कमजोर टिम भुटानविरूद्ध नेपाललाई जित निकाल्न गार्हो पर्नेछैन। अघिल्ला नतिजा हेर्दा नेपालले भुटानलाई सहजै हराउने देखिएको छ। जारी प्रतियोगितामा भुटान ३ खेलबाट २ अंकसहित पाँचौ स्थानमा छ। छनोटमा नेपाल ३ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ।
नेपालले भुटानविरुद्ध अहिलेसम्म कुनै पनि खेल गुमाउनु परेको छैन। नेपालले भुटानविरुद्धको पाँच भेटमा चार जित निकालेको छ। एक खेल वर्षाको कारण नतिजाबिहिन बनेको थियो।
नेपालले पछिल्लो पटक भुटानसँग सन् २००६ मा खेलेको थियो। नेपालले उक्त खेलमा १८१ रनले जित निकालेको थियो। मलेसियामै भएको एसीसी ट्रफीपछि नेपालले १२ वर्षपछि भुटानसँग खेल्न लागेको हो।
यस्तै नेपालले सन् २००३ को एसीसी इमार्जिङ टिम्स कपमा भुटानलाई ३५३ रनले पराजित गर्दा सन् २००४ एसीसी ट्रफीमा ९ विकेटले हराएको थियो । त्यस्तै सन् २००४ कै एसीसी ट्रफीको प्लेअफमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको थियो।
सन् २०२० मा अस्ट्रेलियामा हुने टी-२० विश्वकप छनोटको लक्ष्यमा रहेका ६२ देशहरू यतिबेला विभिन्न छनोट चरण खेलिरहेका छन्। यसै अन्तर्गत एशिया उपक्षेत्रीय प्रतियोगिता भइरहेको हो।
छनोट खेलिरहेका टिमले सन् २०२० को विश्वकपमा पुग्न विभिन्न ३ वटा छनोट चरण खेल्नुपर्नेछ।
नेपालले अहिले खेलिरहेको सब रिजनमा मलेसिया, भुटान, म्यानमार, चीन, सिङापुर, थाइल्यान्ड रहेका छन्। यसबाट शीर्ष ३ टिमले एशियन रिजन छनोट खेल्नेछन्।
एसियन सब रिजनल छनोटमा रहेका ए र बी गरी आउने ६ टिमहरू बिच एसियाली क्षेत्रीय छनोट हुनेछ। यसबाट २ टिम मात्र टी-२० विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा पुग्नेछन्। हाल एसियन सब रिजनल ‘ए’ बाट युएई, कुवेत, कतार एशियाली क्षेत्रीय छनोटमा पुगिसकेका छन्।
एसियाली छनोटबाट आएका २ टिमले अन्य क्षेत्रीय छनोटबाट आएका ६ टिम र यही वर्षको डिसेम्बरसम्म आइसीसी बरियतामा ११ देखि १६ मा पर्ने टिम गरेर कुल १४ टिम बिच ग्लोबल छनोट हुनेछ।
जसबाट शीर्ष ६ टिमले विश्वकप स्थान बनाउनेछन्। नेपालले अन्तिम छनोटमा शीर्ष ६ मा पर्न सकेमा दोस्रो पटक टी-२० विश्वकप खेल्नेछ। यसअघि बंगलादेशमा सन् २०१४ मा भएको टी ट्वान्टी विश्वकप खेलेको थियो।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












