भुटानविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल
काठमाडाैँ २३,असोज । मलेसियामा जारी आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ अन्तर्गत चौथो खेलमा नेपालले आज भुटानको सामना गर्दैछ। अघिल्ला तीन खेलमा लगातार जीत निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपालले चौथो खेल भुटानसँग खेल्न लागेको हो।
युकेएम वाईएसडी ओभलमा भुटानले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ।
तुलनात्मक कमजोर टिम भुटानविरूद्ध नेपाललाई जित निकाल्न गार्हो पर्नेछैन। अघिल्ला नतिजा हेर्दा नेपालले भुटानलाई सहजै हराउने देखिएको छ। जारी प्रतियोगितामा भुटान ३ खेलबाट २ अंकसहित पाँचौ स्थानमा छ। छनोटमा नेपाल ३ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ।
नेपालले भुटानविरुद्ध अहिलेसम्म कुनै पनि खेल गुमाउनु परेको छैन। नेपालले भुटानविरुद्धको पाँच भेटमा चार जित निकालेको छ। एक खेल वर्षाको कारण नतिजाबिहिन बनेको थियो।
नेपालले पछिल्लो पटक भुटानसँग सन् २००६ मा खेलेको थियो। नेपालले उक्त खेलमा १८१ रनले जित निकालेको थियो। मलेसियामै भएको एसीसी ट्रफीपछि नेपालले १२ वर्षपछि भुटानसँग खेल्न लागेको हो।
यस्तै नेपालले सन् २००३ को एसीसी इमार्जिङ टिम्स कपमा भुटानलाई ३५३ रनले पराजित गर्दा सन् २००४ एसीसी ट्रफीमा ९ विकेटले हराएको थियो । त्यस्तै सन् २००४ कै एसीसी ट्रफीको प्लेअफमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको थियो।
सन् २०२० मा अस्ट्रेलियामा हुने टी-२० विश्वकप छनोटको लक्ष्यमा रहेका ६२ देशहरू यतिबेला विभिन्न छनोट चरण खेलिरहेका छन्। यसै अन्तर्गत एशिया उपक्षेत्रीय प्रतियोगिता भइरहेको हो।
छनोट खेलिरहेका टिमले सन् २०२० को विश्वकपमा पुग्न विभिन्न ३ वटा छनोट चरण खेल्नुपर्नेछ।
नेपालले अहिले खेलिरहेको सब रिजनमा मलेसिया, भुटान, म्यानमार, चीन, सिङापुर, थाइल्यान्ड रहेका छन्। यसबाट शीर्ष ३ टिमले एशियन रिजन छनोट खेल्नेछन्।
एसियन सब रिजनल छनोटमा रहेका ए र बी गरी आउने ६ टिमहरू बिच एसियाली क्षेत्रीय छनोट हुनेछ। यसबाट २ टिम मात्र टी-२० विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा पुग्नेछन्। हाल एसियन सब रिजनल ‘ए’ बाट युएई, कुवेत, कतार एशियाली क्षेत्रीय छनोटमा पुगिसकेका छन्।
एसियाली छनोटबाट आएका २ टिमले अन्य क्षेत्रीय छनोटबाट आएका ६ टिम र यही वर्षको डिसेम्बरसम्म आइसीसी बरियतामा ११ देखि १६ मा पर्ने टिम गरेर कुल १४ टिम बिच ग्लोबल छनोट हुनेछ।
जसबाट शीर्ष ६ टिमले विश्वकप स्थान बनाउनेछन्। नेपालले अन्तिम छनोटमा शीर्ष ६ मा पर्न सकेमा दोस्रो पटक टी-२० विश्वकप खेल्नेछ। यसअघि बंगलादेशमा सन् २०१४ मा भएको टी ट्वान्टी विश्वकप खेलेको थियो।
Comments
अरु समाचार
-
फिफा विश्वकप: सर्वाधिक गोलको रेकर्ड मेस्सीको नाममा, अष्ट्रियालाई हराउन दुई गोल निर्णायक
काठमाडौं । अर्जेन्टिनाका कप्तान Lionel Messi ले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा दर्ज गरेका...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...











