टी–२० विश्वकप छनोट :नेपालको फराकिलो जित, भुटान ३३ रनमा समेटियो
काठमाडाैँ २३,असोज । आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एशिया छनोट समूह ‘बी’ मा नेपालले लगातार चौथो खेलमा जित हात पारेको छ। प्रतियोगिताको शीर्ष स्थानमा रहेको नेपालले मंगलबार भएको खेलमा भुटानलाई १ सय १७ रनले पराजित गरेको हो।
नेपालले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको भुटान १६.४ ओभरमा ३३ रनमा अलआउट भयो। भुटानका लागि तेन्जिङ वाङचुक जुनियरले सबैभन्दा बढी ११ रन बटुले। उनले १९ बलमा २ चौका हिर्काए। अन्य ब्याट्सम्यान नेपाली बलरसामू निरीह सावित हुँदा दोहोरो अंकमा रन जोड्न नपाइआउट भए। भुटानका सुरुवाती ४ ब्याट्सम्यान शून्य रनमा पेभिलियन फर्केका थिए।
भुटानको इनिङ ध्वस्त पार्ने क्रममा नेपालका सन्दीप लामिछाने र ललितनारायण राजवंशीले ३–३ विकेट लिए। ललितले पहिलो ओभरमै २ विकेट लिएका थिए। उनले ४ ओभरमा २ मेडन राख्दा ४ रन मात्र खर्चिए। सन्दीपले पनि ४ ओभरमा २ मेडन ओभर फ्याँक्दा ६ रन खर्चिए। बसन्त रेग्मीले २ विकेट लिए। उनले ४ ओभरमा १ मेडन राख्दा ७ रन खर्चिए। दीपेन्द्रसिंह ऐरी र शरद भेषवाकरले १–१ विकेट लिए
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५० रन जोड्यो। नेपालका लागि ओपनर प्रदीप ऐरीले सबैभन्दा बढी नटआउट ७५ रन जोडे। उनले ६८ बलमा ६ चौका र २ छक्का प्रहार गरे। अर्का ओपनर विनोद भण्डारी शून्य रनमा आउट हुँदा अनिलकुमार साहले २७ रनको योगदान दिए। उनले २१ बलमा २ चौका र १ छक्का हिर्काए। आरिफ शेखले १५ बलमा १३ रन र दीपेन्द्रसिंह ऐरीले १० बलमा १५ रन जोडे। करण केसीले ५ बलमा नटआउट १० रन जोडे।
यसअघि नेपालले म्यानमार, मलेसिया र थाइल्यान्डलाई हराएको थियो। छनोट प्रतियोगिताअन्तर्गत बाँकी खेलमा नेपालले २४ गते चीन र २६ गते सिङ्गापुरसँग खेल्नेछ।
असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यानमार र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन्।
यसअघि एशियाको पश्चिम क्षेत्रीय छनोटबाट युएई, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन्। दोस्रो चरणमा युएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने तीन टोली गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ। ६ टोली बीचको प्रतिस्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन्।
अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र तीमध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन्।

टी–२० विश्वकप छनोट : नेपालले भुटानलाई दियो १५१ रनको लक्ष्य
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...












