अन्ततः प्रचण्डले वामदेवलाई सदनमा भित्रयाएरै छाडे, रामवीरले दिँदैछन काठमाडाैं ७ बाट राजीनामा
काठमाडाैँ २३,असोज । नेकपाका सांसद रामवीर मानन्धरले पार्टीसमक्ष राजीनामा बुझाएपछि नेता वामदेव गौतम सोही ठाउँबाट चुनाव लड्ने पक्कापक्की भएको छ।
अध्यक्ष प्रचण्डको चासो र वामदेवको सदन छिर्ने चाहनाको अर्थ के हुन सक्छ? राजनीतिक वृत्तमा प्रश्नसहितको चर्चा सुरु भएको छ। नेता गौतमलाई सदन छिराउन खासगरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अग्रसरता कहिँकतै छिपेको छैन।
नेकपाभित्र एक थरीको अनुमान छ, एमाले–माओवादी एकिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता वामदेवलाई सदनभित्र लगेर अध्यक्ष प्रचण्डले पार्टीभित्रको शक्ति सन्तुलन कायम राख्ने राजनीतिक अभ्यास गरिरहेका छन्। अलग अलग दलमा हुँदा पनि प्रचण्ड र वामदेवको व्यक्तिगत सम्बन्ध पनि राम्रो मानिथ्यो। यतिसम्म कि, माओवादी शान्ति प्रक्रियामा आएपछि यही सम्बन्ध र भेटघाटका आधारमा वामदेव माओवादी छिर्दैछन् भन्ने ‘गसिप’ पनि राजनीतिक हाटबजारमा राम्ररी नै चलेको हो।
‘प्रचण्ड र वामदेवको सम्बन्ध अलिक बाक्लो नै हो, एकिकृत दलको तल्लो तहसम्मको एकिकरणको प्रक्रिया र माथिल्लो तहमा चल्दैरहेको शक्ति संघर्षका लागि यो सामिप्यताको अर्थ छ’ नेकपाभित्र अध्यक्ष प्रचण्डसँग नजिक मानिएका एक नेताको विश्लेषण छ, ‘अध्यक्ष प्रचण्ड वामदेवलाई गुन लगाउन र आफू नजिक रहेको देखाउन चाहन्छन्।’
वामदेवलाई सदन लैजानका लागि यसअघि डोल्पा, दैलेख, बैतडी, बाँके र नवलपरासीलगायतका जिल्लाका सांसदलाई राजीनामा गराउने प्रयास भएको थियो तर उनीहरुले राजीनामा गर्न अस्वीकार गरेका थिए। काठमाडौं–७ का रामवीर मानन्धरले भने गौतमका लागि सिट खाली गर्न राजी गराउन पनि अध्यक्ष प्रचण्डको भूमिका रहेको बताइएको छ।
‘दुई नेताहरुबीच यो विषयमा पटक पटक भेटवार्ता र छलफल भएको हो’ प्रचण्ड नजिकका ती नेताले भने, ‘वामदेवलाई काठमाडौबाट नै उठाएर जिताउन सकिन्छ भन्ने विश्लेषण अध्यक्ष प्रचण्डको छ।’ पछिल्लो निर्बाचनमा काठमाडौं– ७ बाट १८ हजार १ सय २ मत प्राप्त गरी मानन्धर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका बिक्रम थापाले १० हजार ७९ मत पाएका थिए।
मतान्तर धेरै भएको क्षेत्र भएकाले यहाँबाट वामदेवलाई जिताउन सकिने आंकलन प्रचण्डको छ।
सरकार दिनप्रतिदिन अलोकप्रिय हुँदै जानु र दलभित्रका गुटीय संरचनाहरुमा फेरवदलका संकेत देखिँदै जानुले सांसद बनेको खण्डमा वामदेवको भूमिका सरकारमा सहभागीसम्मको हुनसक्ने अनुमान सम्भावनाहिन लाग्दैन। ‘दुई अध्यक्ष रहेको पार्टीको आगामी महाधिवेशनसम्मलाई सोचेर प्रचण्डले नेता वामदेवलाई आफ्नो खेमाको एक महत्वपूर्ण ‘पीलर’ बनाउन चाहेका हुन्’ नेकपाका अर्का एक नेता भन्छन्, ‘प्रचण्ड पार्टीभित्र बलियो हुने आधारहरु जोहो गर्दैछन्।’
पार्टीभित्र पूर्वमाओवादी नेताहरुको साथ जोगाउँदै त्यसमा वामदेव खेमा पनि जोड्न सकियो भने आफू बलियो नेता हुने प्रचण्डको यस्तो अभ्यासलाई राजनीतिक रुपमा स्वभाविक पनि ठानिएको छ।
सम्बन्धित सामाचार, यो पनि पढ्नुहोस ।
अन्तत वामदेवले काठमाडौँ ७ बाट चुनाव लड्ने भए , रामवीरले राजीनामा दिँदै
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











