अन्ततः प्रचण्डले वामदेवलाई सदनमा भित्रयाएरै छाडे, रामवीरले दिँदैछन काठमाडाैं ७ बाट राजीनामा
काठमाडाैँ २३,असोज । नेकपाका सांसद रामवीर मानन्धरले पार्टीसमक्ष राजीनामा बुझाएपछि नेता वामदेव गौतम सोही ठाउँबाट चुनाव लड्ने पक्कापक्की भएको छ।
अध्यक्ष प्रचण्डको चासो र वामदेवको सदन छिर्ने चाहनाको अर्थ के हुन सक्छ? राजनीतिक वृत्तमा प्रश्नसहितको चर्चा सुरु भएको छ। नेता गौतमलाई सदन छिराउन खासगरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अग्रसरता कहिँकतै छिपेको छैन।
नेकपाभित्र एक थरीको अनुमान छ, एमाले–माओवादी एकिकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता वामदेवलाई सदनभित्र लगेर अध्यक्ष प्रचण्डले पार्टीभित्रको शक्ति सन्तुलन कायम राख्ने राजनीतिक अभ्यास गरिरहेका छन्। अलग अलग दलमा हुँदा पनि प्रचण्ड र वामदेवको व्यक्तिगत सम्बन्ध पनि राम्रो मानिथ्यो। यतिसम्म कि, माओवादी शान्ति प्रक्रियामा आएपछि यही सम्बन्ध र भेटघाटका आधारमा वामदेव माओवादी छिर्दैछन् भन्ने ‘गसिप’ पनि राजनीतिक हाटबजारमा राम्ररी नै चलेको हो।
‘प्रचण्ड र वामदेवको सम्बन्ध अलिक बाक्लो नै हो, एकिकृत दलको तल्लो तहसम्मको एकिकरणको प्रक्रिया र माथिल्लो तहमा चल्दैरहेको शक्ति संघर्षका लागि यो सामिप्यताको अर्थ छ’ नेकपाभित्र अध्यक्ष प्रचण्डसँग नजिक मानिएका एक नेताको विश्लेषण छ, ‘अध्यक्ष प्रचण्ड वामदेवलाई गुन लगाउन र आफू नजिक रहेको देखाउन चाहन्छन्।’
वामदेवलाई सदन लैजानका लागि यसअघि डोल्पा, दैलेख, बैतडी, बाँके र नवलपरासीलगायतका जिल्लाका सांसदलाई राजीनामा गराउने प्रयास भएको थियो तर उनीहरुले राजीनामा गर्न अस्वीकार गरेका थिए। काठमाडौं–७ का रामवीर मानन्धरले भने गौतमका लागि सिट खाली गर्न राजी गराउन पनि अध्यक्ष प्रचण्डको भूमिका रहेको बताइएको छ।
‘दुई नेताहरुबीच यो विषयमा पटक पटक भेटवार्ता र छलफल भएको हो’ प्रचण्ड नजिकका ती नेताले भने, ‘वामदेवलाई काठमाडौबाट नै उठाएर जिताउन सकिन्छ भन्ने विश्लेषण अध्यक्ष प्रचण्डको छ।’ पछिल्लो निर्बाचनमा काठमाडौं– ७ बाट १८ हजार १ सय २ मत प्राप्त गरी मानन्धर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका बिक्रम थापाले १० हजार ७९ मत पाएका थिए।
मतान्तर धेरै भएको क्षेत्र भएकाले यहाँबाट वामदेवलाई जिताउन सकिने आंकलन प्रचण्डको छ।
सरकार दिनप्रतिदिन अलोकप्रिय हुँदै जानु र दलभित्रका गुटीय संरचनाहरुमा फेरवदलका संकेत देखिँदै जानुले सांसद बनेको खण्डमा वामदेवको भूमिका सरकारमा सहभागीसम्मको हुनसक्ने अनुमान सम्भावनाहिन लाग्दैन। ‘दुई अध्यक्ष रहेको पार्टीको आगामी महाधिवेशनसम्मलाई सोचेर प्रचण्डले नेता वामदेवलाई आफ्नो खेमाको एक महत्वपूर्ण ‘पीलर’ बनाउन चाहेका हुन्’ नेकपाका अर्का एक नेता भन्छन्, ‘प्रचण्ड पार्टीभित्र बलियो हुने आधारहरु जोहो गर्दैछन्।’
पार्टीभित्र पूर्वमाओवादी नेताहरुको साथ जोगाउँदै त्यसमा वामदेव खेमा पनि जोड्न सकियो भने आफू बलियो नेता हुने प्रचण्डको यस्तो अभ्यासलाई राजनीतिक रुपमा स्वभाविक पनि ठानिएको छ।
सम्बन्धित सामाचार, यो पनि पढ्नुहोस ।
अन्तत वामदेवले काठमाडौँ ७ बाट चुनाव लड्ने भए , रामवीरले राजीनामा दिँदै
Comments
अरु समाचार
-
‘नेपालको व्यापार, पर्यटन र लगानी सम्भावनाबारे ल्हासामा प्रवर्द्धनात्मक कार्यक्रम’
ल्हासा। नेपाली महावाणिज्यदूतावास, ल्हासाको आयोजनामा नेपालको व्यापार, पर्यटन तथा लगानीका सम्भावनाबारे जानकारी गराउने उद्देश्यले ल्हासास्थित सांग्रिला होटलमा विशेष कार्यक्रम सम्पन्न...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
प्रमुख कम्युनिस्ट नेताहरू आइतबार एउटै मञ्चमा देखिने, विद्या भण्डारी प्रमुख अतिथि
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीको प्रमुख आतिथ्यमा आयोजना हुने विशेष कार्यक्रममा नेपालका प्रमुख कम्युनिस्ट नेताहरू आइतबार एउटै मञ्चमा देखिने भएका...
-
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत, अन्य चर्चित नेताले कति ल्याए ?
काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीको खुल्ला केन्द्रीय सदस्यका लागि भएको मतदानमा डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत ल्याएका छन् । पार्टीका...
-
ई-पासपोर्ट प्रकरणमा भन्दै नभनेको विषयलाई मिडिया ट्रायल गरियो: महेश बस्नेत
काठमाडौं । नेकपा (एमाले)का सचिव महेश बस्नेतले ई-पासपोर्ट छपाइसम्बन्धी करिब ७ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का प्रकरणमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष...
-
राहदानी छपाइ प्रकरणमा थुनछेक बहस आजदेखि
काठमाडौँ । विद्युतीय राहदानी छपाइ प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी मुद्दामा अदालतमा उपस्थित गराइएका सात प्रतिवादीको विशेष अदालतमा बयान प्रक्रिया सम्पन्न...
-
एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्न अदालतले दियो अनुमति
काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ...
-
उपाध्यक्ष पौडेल पक्राउ गैरन्यायिक भएको एमालेको निष्कर्ष, तत्काल रिहाइ गर्न माग
काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैरन्यायिक भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको संसदीय...
-
उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी...











