विभेद जितेको बस्ती, ब्राम्हण दलितको सामूहिक जमरा
काठमाडौँ । हामी केही समयअघिसम्म विभेदका धेरै घटना पाउँथ्यौं । अहिले पनि कतिपय स्थानमा विभेद र छुवाछुतका घटना हुने गर्छन् । तर, नेपालमै यस्तो ठाउँ पनि छ जहाँ विभेद भेटिन्न ।
हो, नुवाकोटको बेलकोटगढीस्थित निरन्जना भगवती मन्दिरमा स्थानीयले सामूहिक जमरा राख्छन् । बडादशैंको पहिलो दिन, सो मन्दिरमा त्यस्तै दृश्य देखियो । कोतघरभित्र लहरै टपरी । हरेक टपरीमा छरिएका जमरा । त्यो पनि सबै जातजाति मिलेर । त्यहाँ न छुवाछूत छ, न त भेदभाव नै ।
बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना देवीथानमा वर्षौंदेखि यो परम्परा बसेको छ । बुधबार बढादशैंको पहिलो दिन यहाँ सामूहिक जमरा राख्नेको भीड थियो । दलित, गैरदलित सबै दशैंको स्वागत गर्न र जमरा राख्ने रौनकमा देखिन्थे ।
सो मन्दिरमा ब्राह्मण, क्षत्री, मगर, नेवार, विश्वकर्मा, नेपाली, मिजारलगायतले सामूहिक रूपमा जमरा राख्दै आएका छन् । ‘यसपल्ट पनि सबै मिलेर जमरा राखियो,’ पुजारी महेश पौडेलले भने, ‘पुस्तौंदेखि यसरी नै राख्दै आएका छौं । अन्त दलित र गैरदलितबीच छुवाछूतका विभिन्न घटना हुने गरे पनि यहाँ कहिल्यै त्यस्तो भेदभाव हुँदैन ।’
सामूहिक जमरा राख्ने यो प्रचलनले समाजमा समानता र आपसी मेलमिलापको सन्देश दिने स्थानीयको भनाई छ । काठमाडौंको हनुमानढोका दरबारमा राखिने विधि अनुसार नै यहाँ पनि जमरा राखिन्छ । बेलकोटगढीका मगर समुदायले निरञ्जना भगवतीलाई आफ्नो कुलदेवीका रूपमा पुज्नेगर्छन् ।
यसपटक सो मन्दिरमा १८ दलित परिवार र १ सय १८ गैरदलित परिवारले सामूहिक जमरा राखेका छन् ।
हामीले यो स्टोरी हाम्रो कथा अनलाइनबाट साभार गरेका हौं ।
फाइल फोटो
Comments
अरु समाचार
-
भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षाहरू स्थगित गर्न निर्देशन
काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएको भन्दै सरकारले आगामी भदौ १३ गतेदेखि सञ्चालन हुने गरी तय भएका...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...
-
रसुवा बाढीमा ३३ देशका ६४४ जना सम्पर्कविहीन, सबैभन्दा बढी भारतीय
काठमाडौं । रसुवा बाढीमा परेर ३३ देशका ६४४ जना सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार बेपत्ता हुनेमा नेपाली तथा विदेशी...
-
रसुवागढी भन्सारका १५ कर्मचारी अझै सम्पर्कविहीन (नामसहित)
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी बेपत्ता भएका छन्। भन्सार विभागका सूचना...
-
रसुवागढी भन्सार यार्डबाट बगे सयौँ ईभी र अर्बौं रुपियाँका सामान
काठमाडौं । रसुवाको टिमुरेस्थित रसुवागढी भन्सार क्षेत्रमा बुधबार बिहान आएको विनाशकारी बाढीले अर्बौं रुपैयाँ मूल्यका आयातित सामानसँगै सयौँ विद्युतीय सवारीसाधन...
-
बाढीको मौका छोपेर हवाई भाडा बढाउन नपाइने, प्राधिकरणले दियो कडा निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशमा बाढी तथा प्राकृतिक विपत्तिको अवस्था रहेकाले हवाई भाडा नबढाउन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिएको...
-
बाढी अपडेटः ९५ जनाको शव फेला, ६३ घाइते
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज (बुधबार) बिहान आएको भीषण बाढीमा परेर ज्यान गुमाएका ९५ जनाको शव फेला परेको छ।...
-
रसुवा बाढी अपडेटः ४४ सेनासहित ८५ सुरक्षाकर्मी र २६ बैंक कर्मचारी सम्पर्कविहीन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको अचानकको बाढीका कारण ४४ जना नेपाली सेनासहित ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। सैनिक...
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...












